
जनतालाई सुद्ध पानी वितरण गरिरहेको पीएचई विभागको दाबी
![]() |
Photo Courtesy: Navaratan Jai Khawas FB |
डी के वाइबा, कालिमन्युज, कालेबुङ 6 अगस्त। कालेबुङका जनतालाई पिउन योग्यको पानी वितरण नगरेको विवादमा फसेको जनस्वास्थ्य अभियन्ता विभागले जनतालाई विषाक्त पानी वितरण नगरेको स्पष्टिकरण दिएको छ। जनस्वास्थ्य अभियन्ता विभागका कार्यकारी अभियन्ता अनिल छेत्रीले आफ्नो स्पष्टिकरण दिँदै हाल विभागले सुद्ध पानी वितरण गरिरहेको दाबी गरेका छन्। कालेबुङ शहरमा वितरण हुने पिउने पानीको स्रोत भलपैह्रोले क्षतिग्रस्त बनाएको स्पष्टिकरण दिँदै ग्रेफले बाटो फराकिलो बनाउँने कार्य गरेको कारण वर्षा हुन साथै सबै लेदो पानीको स्रोतमा पस्ने गरेको तिनले बताए।
“पानी धमिलो लेदोयुक्त स्रोतबाट आउँदै थियो। यसक्रममा पहिला पानी जनतालाई वितरण नगर्ने निर्णय गरेका थियौँ। यद्यपी पानी अतिनै आवश्यक भएको कारण जनतालाई यसबारे जानकारी गराएर पानी वितरण गरेका हौँ” कार्यकारी अभियन्ता अनिल छेत्रीले स्पष्टिकरण दिए। हाल विभागले वितरण गरेको पानी सुद्ध रहेको दाबी गर्दै संघ संस्थाले पानी सुद्ध छैन भन्ने लगाएको आरोप झूटो हो भनि दाबी गरे।
“पानी धमिलो लेदोयुक्त स्रोतबाट आउँदै थियो। यसक्रममा पहिला पानी जनतालाई वितरण नगर्ने निर्णय गरेका थियौँ। यद्यपी पानी अतिनै आवश्यक भएको कारण जनतालाई यसबारे जानकारी गराएर पानी वितरण गरेका हौँ” कार्यकारी अभियन्ता अनिल छेत्रीले स्पष्टिकरण दिए। हाल विभागले वितरण गरेको पानी सुद्ध रहेको दाबी गर्दै संघ संस्थाले पानी सुद्ध छैन भन्ने लगाएको आरोप झूटो हो भनि दाबी गरे।
“एनजीओहरूले विभागलाई नसोधी कहाँबाट पानीको नमूना ग्रहण गर्दैछन् त्यो हामीलाई थाह छैन। उनीहरूले के गर्न चाहेका हुन् त्यो पनि हामीलाई थाह छैन। विभागले वितरण गरेको पानी पूर्णरूपले सुद्ध छ। अरूले भनेको कुराहरू सबै झुटो हो। यसमा जनताले विश्वास गर्न हुँदैन” अनिल छेत्रीले भने। आफूहरूले जनतालाई वितरण गरेको पानी धमिलो हुँदा उक्त पानी पिउने योग्यको छैन भनि सूचित गरेको दाबी गर्दै हाल स्वच्छ पानी वितरण भएको पनि दाबी गरे।
उनले पानी सुद्धिकरण कार्यको निम्ति विभागले अतिरिक्त सुद्धिकरण घर निर्माण गर्ने बताउँदै हाल सुद्धिकरण घरमा केवल 80 प्रतिशत मात्र सुद्धिकरण हुने गरेको पनि तिनले स्पष्टिकरण दिए। तिनले पानीमा रहेका विषाक्त जीवानुहरू मार्ने दवाई नेउराले दिने गरेको बताउँदै आफूहरूसँग जीवानु मार्ने दावाई आफूहरूसँग नभएको पनि स्पष्ट पारे। उनले पानी सुद्ध छ छैन भन्ने विषयमा जाँचको निम्ति विभागले पठाएको बताउँदै यसको रिपोर्ट आएपछि सार्बजनिक गर्ने पनि प्रतिश्रुती दिएका छन्।
हाल आफूहरूसँग अतिरिक्त कर्मचारीको आवश्यक परेको बताउँदै विभागमा कर्मचारीको कमी रहेको पनि जानकारी गराए। जनतालाई पानी सर्वराह गर्ने जनस्वस्थ्य अभियन्ता विभागले पानीको लाइन मरमत गर्न जहिले पनि पर्याप्त धनराशी नरहेको दाबी गरेको सन्दर्भमा प्रश्न गर्दा जनस्वास्थ्य विभाग जीटीए अधिनस्थ रहेको कारण जीटीए मार्फत पारित गर्ने प्रक्रिया अलिक लामो रहेको कारण विभागमा पैसा पर्याप्त नरहेको स्पष्टिकरण दिए।
हाल विभागमा मोठ 6 करोड धनराशी आएको अनि यसले मोठ तीनवटा काम गर्दै गरेको जानकारी दिएका छन्। तिनले पानी सुद्ध नभएको आरोप लगाउने संघ संस्थाहरूको नाउँ नलिई यदि पानीको स्रोत हेर्नका निम्ति अथवा पानी मैला किन छ भनेर हेर्नलाई सुटुक्क जानको सट्टा विभागलाई सूचित गरेर गए विभागीय कर्मीले यसबारे तत्काल स्पष्टिकरण दिने पनि जानकारी गराए।
0 Response to "जनतालाई सुद्ध पानी वितरण गरिरहेको पीएचई विभागको दाबी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.