-->
जनमुक्ति लेप्चा अर्गनाइजेसन गठन ...... इल्टा ‘इन्डीजेनस  तृणमूल एसोसिएसन’ जस्तो भएको छ – दावा लेप्चा

जनमुक्ति लेप्चा अर्गनाइजेसन गठन ...... इल्टा ‘इन्डीजेनस तृणमूल एसोसिएसन’ जस्तो भएको छ – दावा लेप्चा

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 6 अगस्त। गोर्खा जनमुक्ति मोर्चाको भातृ संगठनको रूपमा आज जनमुक्ति लेप्चा अर्गनाइजेसन गठन गरिएको छ। यहाँको गोजमुमो पार्टी कार्यलयमा लेप्चा समुदायका मानिसहरूलाई लिएर बसेको सभामा उक्त अर्गनाइजेसन गठन गरिएको हो।
गोजमुमो कालेबुङ महकुमा समितिका अध्यक्ष नोर्देन लामाको अध्यक्षतामा सम्पन्न सभामा कालेबुङका विभिन्न क्षेत्रबाट लगभग एकसय भन्दा अधिक लेप्चा समुदायका मानिसहरूको विशेष उपस्थिति रहेको थियो। सभामा चर्चा परिचर्चा पछि पार्टीको भातृसंगठनको रूपमा उक्त लेप्चा अर्गनाइजेसन गठन गरिएको हो। नवगठित अर्गनाइनेसनका अध्यक्षको रूपमा सभासद दावा लेप्चालाई चयन गरिएको छ भने उपाध्यक्ष रुबेन लेप्चा, सचिव छोदेन सिमिक, सह-सचिव इम्मानुएल लेप्चा अनि अगस्टिन लेप्चा, कार्यकारी अध्यक्ष दानिलय लेप्चा लगायत 25 जनाको कार्यकारी सदस्यलाई सर्वसहमतिले चयन गरेको छ।
पार्टीको भातृ संगठनको रूपमा गठन गरिएको अर्गनाइजेसनबारे बोल्दै सभासद् दावा लेप्चाले आजसम्म अन्योलमा परिरहेका लेप्चाहरूलाई सँगै लिएर हिँड्ने उद्देश्यले सङ्गठन गठन गरिएको बताएका छन्।
उनी अनुसार लेप्चा समुदायका निम्ति गठन गरिएको माइल्याङ लेप्चा विकास बोर्ड केवल बङ्गालको सोसाइटी रेजिस्ट्रेसन एक्ट अन्तर्गत बनिएको एउटा सङ्गठन हो। जुन सङ्गठनले जीटीएको स्वीकृतिबिना पहाडमा कुनै पनि काम गर्न सक्दैन। 
“लेप्चा समुदायहरू जबसम्म यहाँको व्यवस्थामा पस्दैनन्उनीहरूको विकास सम्भव छैन। किनभने माइल्याङ लेप्चा बोर्डसित विकासमूलक कार्यहरू गर्ने क्षमता छैन। बोर्डले काम गर्नपर्ने जीटीएको अनुमोदन आवश्यक छ” सभासद दावा लेप्चाले भने। 
उनले लेप्चाहरूको मूल संगठन इन्डीजेनस लेप्चा ट्राइबल एसोसिएसन (इल्टा) अहिलेघरी इन्डीजेनस तृणमूल एसोसिएसन बनेको आरोप लगाए। 
यसक्रममा हाल लेप्चा बिकास बोर्डले केवल मनपराएका मानिसहरूको काम मात्र भइरहेको लेप्चाले अरोप लगाएका छन्। आजपनि लेप्चा समुदायहरू ग्रामीण स्तरका अभेक ठाउँहरूमा बसोबासो गरिरहेको अनि माइलल्याङ लेप्चा बिकास बोर्डबाट सर्वाङ्गिन विकास सम्भव नहुने दाबी गरे।
“आदिम जाति लेप्चाहरू जीटीए क्षेत्रकै बासिन्दाहरू हुन्। आज आएर आदिम जाति लेप्चाहरू यहाँकै आफ्नै सरकारमा छ कि छैन भन्ने भ्रम सिर्जना भएको छ। जसको कारण यहाँको क्षेत्रिय व्यवस्थाभित्र लेप्चाहरूलाई समवेश गरेर अघि बढाउन यो संगठन गठन गरिएको हो” दावा लेप्चाले भने। 
हाल बङ्गाल सरकारले गठन गरिदिएको लेप्चा बिकास बोर्डले सम्पूर्ण लेप्चाहरूको बिकास सम्भव नहुने दाबी गर्दै जीटीएको व्यवस्थाभित्र समावेश गरेर उनीहरूको सर्वाङ्गिन बिकास गर्ने सोंच बनाएको दाबी गरे। 
“लेप्चा बिकास बोर्ड सोसाइटी रेजिस्ट्रेसन एक्ट अन्तर्गत गठन भएको व्यवस्था हो। यसले एउटा बाटो निर्माण गर्नै परे पनि जीटीएको अनुमति चाहिन्छ” लेप्चाले अझ भने। हाल लेप्चाहरूको दिनोदिन उन्नतीको साटो अधोगति भएको दाबी गर्दै इल्टाले केवल आफ्नो स्वार्थको निम्ति कार्य गरेको आरोप लगाए। 
‘शुरूमा इल्टामा लेप्चा समुदायहरूले आफ्नो अविभावक सङ्गठनको रूपमा लिइरहेको थियो। तर केही क्रियाकलापहरूपछि इल्टाको अनुहार छुट्टिएका कारण लेप्चा समुदायहरूको इल्टाप्रतिको विश्वास हराउँदै गएको हो। उनीहरूले हाल तृणमूलको संगठनको रूपमा कार्य गरेको कारण लेप्चाहरू असुरक्षित बनिरहेको छ। किनभने गोर्खाल्याण्डको बिरोध गर्ने तृणमूल मात्र हो अनि इल्टाले तृणमूलको संगठनको रूपमा काम गरेको कारण लेप्चाहरू असुरक्षित भएको हो” दावा लेप्चाले स्पष्ट भने। 
उनले आज गठन गरिएको कमिटिलाई अनुमोदनको निम्ति मोर्चा अध्यक्ष बिमल गुरूङ दार्जीलिङ आएपछि जाने जानकारी गर्दाउँदै पार्टीले अनुमोदन गरेपछि भविष्यमा धेरै कार्य गर्ने थप बताएका छन्। 

Related Posts

0 Response to "जनमुक्ति लेप्चा अर्गनाइजेसन गठन ...... इल्टा ‘इन्डीजेनस तृणमूल एसोसिएसन’ जस्तो भएको छ – दावा लेप्चा"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.