-->
लेप्चा भाषी पाठशालाहरूमा पारा शिक्षक तैनाथ गर्ने सरकारको निर्देश 109 दिनपछि लेप्चा पारा शिक्षकवर्गले फिर्ता लिए धर्ना

लेप्चा भाषी पाठशालाहरूमा पारा शिक्षक तैनाथ गर्ने सरकारको निर्देश 109 दिनपछि लेप्चा पारा शिक्षकवर्गले फिर्ता लिए धर्ना

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 3 अगस्त। नियुक्ति पत्र प्राप्त गरेर पनि आफ्नो कार्यमा जान नसकेका लेप्चा पारा शिक्षकवर्गले अन्तत: 109 दिन धर्ना बसेर आफ्नो धर्ना फिर्ता लिएका छन्। 
उनीहरूले पश्चिम बङ्गाल शिक्षा विभागबाट अन्तरिम व्यवस्थाको पत्र प्राप्त गरेपछि आजदेखि आफ्नो धर्ना कार्यक्रमलाई फिर्ता लिएको हो। पश्चिम बङ्गाल शिक्षा विभागका सचिव ए.रोयले पठाएको पत्रमा 46 जना लेप्चा पारा शिक्षकवर्गलाई पश्चिम बङ्गाल जनजाति बिकास विभाग अधिनस्थ, मायलल्याङ लेप्चा बिकास बोर्डद्वारा सञ्चालित लेप्चा भाषी पाठशाला अनि रात्री पाठशालाहरूमा कार्य गर्नका निम्ति विभागबाट कुनै आपत्ति नरहेको पत्रमा स्पष्ट लेखेको छ। 
सरकारद्वारा नियुक्ति पाएका लेप्चा पारा शिक्षकवर्गको समस्या समाधानको निम्ति लेप्चा विकास बोर्डले पठाएको पत्रको प्रतिउत्तर दिँदै विभागले पठाएको पत्रमा उक्त 46 जना लेप्चा पारा शिक्षकवर्गलाई लेप्चा भाषी पाठशाला अनि रात्री पाठशालाहरूम्मा नियुक्ति गर्न सकिने पत्र सङ्ख्या 630-SE/EE/10M-108/15 मार्फत स्पष्ट पारेको छ। पश्चिम बङ्गाल शिक्षा विभागबाट आधिकारिक पत्र प्राप्त गरेपछि आखिरमा उनीहरूले हर्ष व्यक्त गर्दै 109 दिन देखि जारी राखेको धर्नालाई खुशीसाथा फिर्ता लिएका छन्। 
विभागबाट समस्या समाधानको पत्र प्राप्त गरेपछि 46 जना लेप्चा पारा शिक्षकवर्गमा खुशीको लहर छाएको छ। यस अघि शिक्षा विभाग गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनमा हस्तानतरण भएको विभाग हो भन्दै जीटीएले नियुक्ति पाएका 46 लेप्चा पारा शिक्षकवर्गलाई आफ्नो कार्यमा तैनाथ हुनबाट रोक लगाएको थियो। यसका साथै जीटीएले पश्चिम बङ्गाल सरकारले जीटीएमा हस्तक्षेप गरेको आरोप लगाउँदै कोलकोता उच्च न्यायलयमा मुद्दा समेत दर्ता गरेपछि लेप्चा पारा शिक्षकवर्गले नियुक्ति पत्र पाएर पनि आफ्नो कार्यमा जान सकेका थिएनन्। यस समबन्धमा मुद्दा न्यायलयमा पुगेपछि न्यायालयको निर्णय नआएसम्म उनीहरूलाई शिक्षा विभागले बैकल्पिक व्यवस्था मिलाएको भन्दै सरकार प्रति आभार व्यक्त गरेको छ। 
धर्ना कार्यक्रमलाई फिर्ता लिएपछि आन्दोनरत शिक्षकहरूको पक्षमा पिटर लेप्चाले आफुहरूलाई कसैले नवान्नमा धर्ना दिनु भनी सुझाउ दिएको अनि कसैले लालकोठीमा गएर धर्ना दिने सल्लाह दिएको बताए। यद्यपी बङ्गालभित्र कुनैपनि ठाउँमा धर्ना प्रदर्शन गरेर आफ्नो माग राख्नसकिन्छ भन्ने आफूहरूको विश्वास रहेको कारण नै यसरी न्यायको निम्ति धर्ना गरेको जानकारी गराए। 
सोही धर्नाको प्रतिफलस्वरूप आफूहरूको माग पुरा भएको अनि लेप्चा पारा शिक्षकवर्गले न्याय पाएको तिनले दाबी गरे। यसक्रममा पिटर लेप्चाले जानकारी दिँदै अब आफूहरूले लेप्चाभाषी पाठशाला अनि रात्रीकालिन लेप्चा पाठशालाहरूमा अध्यापन गर्ने बताएका छन्। 
सरकारले मिलाएको यस अन्तरिम व्यवस्थापछि सर्वशिक्षा मिसन अन्तर्गत अगस्त महिनादेखिको वेतन पनि पाउने निश्चित बनेको पिटर लेप्चाले अझ जानकारी गराए। उनले आजसम्म लेप्चा समुदायको मूल सङ्गठन इण्डिजेनस् लेप्चा ट्राइबल एसोशिएसन(इल्टा)ले आन्दोलरत शिक्षककहरूको पक्षमा काम गरिररेको जानकारी गराउँदै ईल्टाकै प्रयासमा उनीहरूले न्याय पाएको पनि बताएका छन्। 
अर्कोतर्फ पश्चिम बङ्गाल शिक्षा विभागबाट 46 लेप्चा पारा शिक्षकवर्गलाई लेप्चा भाषी पाठशाला अनि रात्रीकालिन पाठशालाहरूमा तैनाथ गरिने आदेश आए पनि दार्जीलिङ जिल्ला अन्तर्गत लेप्चा विकास बोर्ड अधिनस्थ कतिवटा लेप्चा भाषी पाठशालाहरू छन् ? भन्ने कुरा स्पष्ट भएको छैन। किनभने केही वर्ष अघि मात्र गठन भएको लेप्चा विकास बोर्ड अधिनस्थ लेप्चा भाषी पाठशाला दार्जीलिङ पहाडभरी कहीँ कतै सञ्चालन भएको थाह लागेको छैन। यद्यपी लेप्चा भाषी पाठशालाहरूको संन्चालन इल्टा अधिनस्थ विभिन्न सेजुमहरुले धेरै वर्ष अघिदेखि गरिरहेको छ । यस्ता पाठशालाहरुको सूचि लेप्चा विकास बोर्डसित रहेको पिटर लेप्चाले बताएका छन्।

0 Response to "लेप्चा भाषी पाठशालाहरूमा पारा शिक्षक तैनाथ गर्ने सरकारको निर्देश 109 दिनपछि लेप्चा पारा शिक्षकवर्गले फिर्ता लिए धर्ना"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.