घरभित्रको समस्या बोकेर न्यायलय जाने आवश्यक्ता थिएन – भूपेन्द्र लेप्चा
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 3 अगस्त। लेप्चा पारा शिक्षकवर्गलाई लेप्चा भाषी पाठशालाहरूमा तैनाथ गरिने शिक्षा विभागबाट पत्र आएपछि यता 109 दिन देखि जारी राखेको धर्ना फिर्ता लिएको छ भने अर्कोतर्फ हिल तृणमूल कङ्ग्रेसले यसलाई जीटीएको प्रशासनलाई पूर्ण विफल बनेको दाबी गरेको छ।
आन्दोलनरत लेप्चा पारा शिक्षकवर्गले धर्ना फिर्ता लिएको केही समय पछि पत्रकार सम्मेलनको आयोजना गरेर हिल तृणमूल कङ्ग्रेसले धर्नाकारी लेप्चा पारा शिक्षकवर्गलाई बधाई दिए।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तृणमूल कङ्ग्रेस नेता छेवाङ भोटियाले सरकारले समस्याको समाधान चाहेकै कारण धरनाकारीहरूको समस्या समाधान भएको दाबी गर्दै तृणमूललाई पहाड़को अभिभावक रहेको दाबी गरे।
“धरनाकारीहरूले जुन आँट देखाए त्यसकै परिणाम अनुरूप उनीहरूले आफ्नो अधिकार प्राप्त गरेका छन्। पहाड़मा बेकारी समस्या जटिल बन्दै गइरहेको छ। यस्तोमा धरनाकारीहरूको समस्या समाधान हुँदा पहाड़को बेरोजगार समस्या पनि हल भएको छ” छेवाङ भोटियाले भने।
यसक्रममा भोटियाले जीटीएलाई विफल बनेको आरोप लगाउँदै राज्यले नै पहाड़को निम्ति काम गर्ने ठोकुवा गरे। तिनले हालमा लेप्चा पारा शिक्षकवर्गको समस्या अस्थायी रूपमा समाधान बताउँदै सरकारले उनीहरूको स्थायी रूपमा समस्या समाधान गर्ने दाबी समेत गरेका छन्। उक्त समस्यालाई स्थायी समाधानको निम्ति आफूहरूले पहल गर्ने पनि भोटियाले दाबी गरे।
अर्कोतिर पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै तृणमूल जिल्ला युवा अध्यक्ष भूपेन्द्र लेप्चाले प्रशासनिक रूपमा जीटीए विफल भएको आरोप लगाएका छन्। उनले लेप्चा पारा शिक्षकवर्गको समस्या घरभित्रको रहेको बताउँदै यसलाई जीटीएको प्रशासनले समाधान गर्नपर्ने थियो भनि जनाए। जीटीएले घरभित्रको समस्यालाई समाधान गर्नको साटो उल्टै जटिल बनाउने कार्य गरेको पनि लेप्चाले आरोप लगाए।
“धरनाकारीहरूको समस्याको समाधान क्षेत्रीय प्रशासनले गर्नुपर्ने हो। यो घरभित्रको समस्या थियो, जसको निम्ति अदालत जानुपर्ने कुनै जरूरत थिएन। किनकि बेरोजगार समस्या भनेको पहाड़कै समस्या हो। यसको समाधान हुन लाग्दा उल्टो अदालत जानु भनेको जनतालाई यातना दिनु मात्रै हो” – भूपेन्द्र लेप्चाले जीटीए प्रति कटाक्ष गर्दै भने। आज पारा शिक्षकवर्गले धर्ना प्रदर्शन गरेर आफ्नो अधिकार प्राप्त गरेको दाबी गर्दै उनीहरूको जीतले क्षेत्रीय प्रशासनमाथि पनि राज्य सरकार छ भन्ने कुरा स्पष्ट बनेको भूपेन्द्र लेप्चाले ठोकुवा गरे।
0 Response to "घरभित्रको समस्या बोकेर न्यायलय जाने आवश्यक्ता थिएन – भूपेन्द्र लेप्चा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.