-->
पत्रकार निखोज- तृणमूल पार्टी कार्यकर्ताहरुले अपहरण गरेको आरोप- घटनाको विरोधमा बन्द पालन

पत्रकार निखोज- तृणमूल पार्टी कार्यकर्ताहरुले अपहरण गरेको आरोप- घटनाको विरोधमा बन्द पालन

राजेश शर्मा, कालिमन्युज, जयगाउँ 3 अगस्त । गणतंत्रको चौथो स्तम्भ मानिने पत्रकारिता र पत्रकारितासंग संलग्नपत्रकारको अवस्था यस घडी संकटमा देखिन्छ। देशमा मात्रै होइन पश्चिम बंगाल राज्यमा पनि पत्रकारहरु सुरक्षित छैनन।
गत आइतबार रातीदेखी अलिपूरद्वारको बिरपाड़ा क्षेत्रका उत्तर बंगाल दैनिक समाचार पत्रका अलिपूरद्वार क्षेत्रबाट पत्रकार चयन सरकार निखोज भएका छन। अचानक आइतबार राती 9 बजे देखी निखोज भएका सरकारको आज सम्म कुनै अत्तो पत्तो छैन ।
पत्रकार चयन सरकारले केही दिन अघिमात्र अलिपूरद्वारको कलेजमा भैरहेको भ्रष्टचारबारे एउटा विशेष समाचार प्रेषण गरेका थिए। तृणमूल सरकारको कतिपय नेता र सदस्यहरु यसमा लिप्त भएको उल्लेख गरिएको थियो। उक्त खबर प्रकाशित भएपछि अलिपूरद्वारको विवेकान्द महाविध्यालयका केही छात्रहरुले तिनलाई मारने धमकी दिदै अभद्र व्यवहार मात्रै गरेनन तर तिनको घरमा समेत हमला गरेका थिए । 
घटनाको विरोधमा पत्रकार चयन सरकारले उनिहरुको नाम उल्लेख गर्दै अलिपूरद्वार पुलिस समक्ष एक प्राथमिकि दर्ता गरेको थियो तर गत आइतबारसम्म पनि कसैलाई पक्राउ नगर्दा तिनई सोम्बारदेखित भोक हडताल गर्ने तैयारी गर्दै थिए । अचानक आइतबार रातिदेखि तिनी निखोज भएको र तिनको दुवै मोबाइल बन्द रहेकोले तिनको अपहरण भएको आशंका गरिएको छ। अनि यसमा शंकाको सुइ तृणमूल तर्फ घुमेकोछ । 
घटनाको विरोध गर्दै अलिपूरद्वारका पत्रकारहरु अनि विभिन्न राजनैतिक पार्टीहरुले गत सोमबार प्रदर्शन साथ अलिपूरदवार बन्द पालन गरे। अलिपूरद्वारदेखी 6 किलो मिटर टाड़ा सलसलाबारीमा तिनको मोटर साइकल र तिनको पर्सलावारिश रुपमा फेला पाए पछि यो घटनालाई अपहरण नै मानिएकोछ।
अलिपूरद्वारका सम्पूर्ण पत्रकारहरु एकजुट भएर घटनाको विरोधमा अलिपूरद्वारमा लगभग 3 घण्टा जति रास्ता रोको पालन गरेर अचल गरि दिए । काग्रेस, बामफ्रण्ट, भाजपा आदी पार्टीले पनि यस विरोध प्रदर्शनमा आफ्नो आफ्नो पार्टीको झण्डा लिएर अलिपूरद्वार चौपतिमा नाराबाजी र प्रदर्शन गरे। मंगलबार 12 घण्ट बन्द गर्ने चेतावनी पनि उनिहरुले दिएका थिए ।
यस अवसरमा प्रसाशनले पहलको रूपमा पुलिसको एउटा स्पेसल टोलि अलिपूरद्वारमा उतारी सकेको र घटनाको पूर्ण जाचको निम्ति सीआइडीलाई जिम्मा दिएकोछ ।
यता यो खबर पाउनसाथ राज्य भाजपा सक्रिय बनेकोछ बंगाल भाजपाको राज्य अध्यक्ष राहुल सिन्हा कलकत्तादेखी अलिपूरद्वार आइपुगेका छन् । तिनले पत्रकारको घर पुगेर परिवारलाई सांतवना दिए। तिनले भने कि गणतंत्र बचाउनको निम्ति राज्यपाल समक्ष एउटा लिखित ज्ञापन टक्राइनेछ । तिनले अझै भने कि बंगालमा तृणमूल सरकार जनताको हितमा छैन अनि पत्रकारहरु सुरक्षित छैनन । जनताले सरकारलाई न्यायको अपिल गरेकोछ । 
यता इण्डियन मिडिया वेलफेयर एसोसिएसनका कलकत्ता राज्य अध्यक्ष राजेश शर्माले भारत स्वाधीन भएको 68 साल भएता पनि पत्रकारहरु स्वतंत्र छैनन अनि सत्य लेख्न अघि आफ्नो व्यक्तिगत सुरक्षाको कुरो सोच्नु पर्ने वाध्यता आएकोछ। यस घटनाबारे इण्डियन मिडिया वेलफेयर एसोसिएसनको केन्द्रिय समिति समक्ष जानकारी गराइएको अनि आइएमड्ब्ल्युएले आवश्यक परे केन्द्रमा आवाज उठाउने बताएकोछ।
अर्कोतिर कालेबुङ प्रेस क्लब र इष्टर्न हिमालयन जर्नलिस्ट युनियनलेले पनि आज राज्यका मुख्य मंत्री ममता ब्यानर्जीलाई घटनाको विरोध जनाउदै पत्रकारहरुको पूर्ण सुरक्षा र चयन सरकारको लापत्तामा न्यायको माग गर्दै एक ज्ञापन ट्क्राउने भएकोछ।

0 Response to "पत्रकार निखोज- तृणमूल पार्टी कार्यकर्ताहरुले अपहरण गरेको आरोप- घटनाको विरोधमा बन्द पालन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.