-->
विश्वभारतीको पिडीत छात्रालाई यथाशिघ्र न्याय दिनुपर्छ – गोजविमो

विश्वभारतीको पिडीत छात्रालाई यथाशिघ्र न्याय दिनुपर्छ – गोजविमो

डी.के वाइबा, कालिमन्युज, कालेबुङ, 10 सितम्बर। कोलकोताको विश्वभारती विश्वविद्यालयमा सिक्किमकी छात्रालाई दुष्कर्म गरिएको घट्नालाई केन्द्र गरेर आज गोर्खा जनमुक्ति बिद्यार्थी मोर्चाले शहरमा बिरोध जुलुस निकालेको थियो। यहाँको डम्बर चौकबाट सुरूभएको उक्त बिरोध जुलुसमा बिभिन्न बिद्यालय अनि महाविद्यालयका बिद्यार्थीहरू सहभागी बनेका थिए। यस अवधी बिद्यार्थीवर्गले बिभिन्न प्ला कार्डहरू बोकेका थिए। 
धेरै मात्रमा भेला भएका बिद्यार्थीवर्गको उक्त जुलुस डम्बरचौकबाट मेनरोड, थाना डाँडा हुँदै महकुमा अधिकारीको कार्यलय परिसर पुगेपछि पिडीत छात्राले न्याय पाउँनुपर्ने माग गर्दै जोडदार नाराबाजी लगाए। ‘न्याय चाहियो न्याय देऊ’ जस्ता नाराहरूले यस अवधी महकुमा अधिकारीको कार्यलय परिसर गुञ्जिएको थियो। यसै अवधी गोजबिमो केन्द्रिय समितिका अध्यक्ष दिप थापाको नेतृत्वमा रहेको प्रतिनिधी टोलीले महकुमा अधिकारी के राधिका अय्यरलाई भेट गरेर ज्ञापन पत्र सुम्पन्दै पिडीत बिद्यार्थीले यथाशिघ्र न्याय पाउँनुपर्ने अनि दार्जीलिङ सिक्किमका बिद्यार्थीवर्गको सुरक्षा सुनिश्चित गर्न पर्ने माग गरे। 
यस अवधी प्रतिनिधी टोलीमा गोजविमो कालेबुङ महकुमा समितिका अध्यक्ष दिपेन थापा, सचिव समिर सुन्दास, सांगठनिक सचिव भूषण तामाङको पनि बिशेष उपस्थिति रहेको थियो। प्रतिनिधी टोलीले महकुमा अधिकारीलाई ज्ञापन पत्र चडाए पछि जुलुसमा सहभागी बनेका बिद्यार्थीवर्गलाई सम्बोधन गर्दै दिप थापाले पिडीत छात्रालाई यथाशिघ्र न्याय दिनुपर्ने अनि आजसम्म फरार रहेका मुख्य आरोपीलाई पुलिसले यथाशिघ्र पक्राऊ गर्नुपर्ने माग गरे। ‘सिक्किमकी छात्रालाई विश्वभारतीमा गरिएको यौन शोषण अत्यन्तै दुर्भाग्यपूर्ण मात्र होईन तर अमानविय कार्य पनि हो। यस्तो घिनलाग्दो कार्यको गोजबिमो घोर बिरोध गर्दछ। यसका साथै पिडीत छात्रा अनि तिनका परिवार पक्षलाई यथाशिघ्र न्याय दिनुपर्ने हामी माग गर्छौँ” दिप थापाले भने। 
अहिलेघरी छोरीहरूलाई बहिर पढ्न समेत समस्या भईरहेको बताउँदै यसको निम्ति राज्य प्रशासनले सुरक्षा सुनिश्चित गर्नुपर्ने पनि माग गरेको छ। यसरी छोरी चेलीहरू असुरक्षित बनिरहेकै कारण पनि दार्जीलिङ पहाड केन्द्रिय विश्वबिद्यालय यथाशिघ्र निर्माण गर्न आवश्यक रहेको पनि दिप थापाले बताए। आज न्यायको निम्ति बिद्यार्थीहरू सडकमा आएर कराए पनि भविष्यमा यथाशिघ्र कार्वाही नगरिए बिद्यार्थीमोर्चाले कडा पदक्षेप ग्रहण गर्ने पनि थापाले चेतावनी दिए।

0 Response to "विश्वभारतीको पिडीत छात्रालाई यथाशिघ्र न्याय दिनुपर्छ – गोजविमो"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.