-->
अब पिडीत परिवार पक्षले क्षतिपुर्ती पाउनुपर्छ – संघर्ष समिति

अब पिडीत परिवार पक्षले क्षतिपुर्ती पाउनुपर्छ – संघर्ष समिति

डी.के वाइबा, कालिमन्युज, कालेबुङ 10 सितम्बर। गत 18 अप्रेल 2014को दिन 31 ए राष्ट्रिय राजमार्ग टिस्टामा एक 3 बर्षिय नाबालिकालाई बलात्कार गर्ने मुख्य आरोपी सुनिल राई (35)लाई दार्जीलिङ अतिरिक्त सत्र न्यायलयका न्यायधिस शान्तनु मिश्राले ऐतिहासिक फसेला सुनाउँदै आजीवन कारावासको सजाय सुनाए पछि न्यायको माग गर्ने टिस्टा संघर्ष समितिले खुशी व्यक्त गरेको छ। 
तीन बर्षिय नाबालिकालाई बलात्कार भए पछी पिडीत परिवार पक्षलाई न्याय दिलाउँने उदेश्यले गठन भएको ‘टिस्टा संघर्ष समितिले’ आज आरोपीलाई सजाय सुनाएको खबर पाउँन साथ हर्ष व्यक्त गर्दै प्रशासन पक्षलाई आभार प्रकट गरेको छ। ‘
मुख्य आरोपीलाई आज सजाय सुनाएर पिडीत पक्षलाई न्याय भएको छ। यत्ति चाँडै न्याय दिएर हामी खुशी छौँ। यस कार्यको निम्ति प्रशासनलाई हामी आभार व्यक्त गर्दछौँ’ टिस्टा संघर्ष समितिका सयोजक बिशाल राईले भने। ‘सम्भवत दार्जीलिङ पहाडमा बलात्कार जस्तो अमानविय घट्ना सम्बन्धि न्यायिक प्रक्रिय शिघ्र भएको यो नै पहिलो घटना हुनसक्छ। 
यस कार्यको निम्ति प्रशासनको पहल खुबै सराहनिय छ’ राईले अझ भने। तिनले आरोपी बिरूद्ध आरोप सिद्ध भएर न्याय भएर एउटा ठूलो राहत प्राप्त भएको बताउँदै अब पिडीत परिवार पक्षलाई क्षतिपुर्तीको निम्ति दोस्रो चरणको संघर्ष जारी रहने पनि राईले बताए। 
‘आरोपीले सजाय त पाए तर अब पिडीत नाबालिका अनि परिवार पक्षले क्षतिपुर्ती पनि पाउनुपर्छ। हामीले क्षतिपुर्तीको निम्ति केन्द्र अनि राज्यको मोठ 17 वटा निकायहरूमा पत्राचार गरेर क्षतिपुर्तीको आवाज उठाईसकेका छौँ। अब हाम्रो दोस्रो संघर्ष पिडीत पक्षलाई क्षतिपुर्ती दिलाउनु रहनेछ’ संघर्ष समितिका बिशाल राईले स्पष्ट भने। उनले पिडीत परिवार पक्षलाई क्षतिपुर्तीको निम्ति सम्बन्धित निकायहरूबाट सकारात्मक पहल भईरहेको बताउँदै अब स्थानिय निकायहरूले पनि यथाशिघ्र पहल गरिदिनु आवश्यक रहेको बताए।

0 Response to "अब पिडीत परिवार पक्षले क्षतिपुर्ती पाउनुपर्छ – संघर्ष समिति"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.