
बिद्युत कार्यलयका कर्मचारीहरूलाई बिदाई

यहाँको दश माईल स्थित रहेको कालेबुङ बिद्युत कार्यलयमा धेरै वर्षदेखि सेवारत रहेका बडाबाबु सोनाम भोटिया, सिनियर एसिसटेन्ट अनुप लामा, केशर सेवा, रमेश लामा, भरत गुरूङ, डनबस्को लेप्चा अनि बिष्णु छेत्रीलाई बिभागले एकैचोटी स्थानान्तरण आदेश दिएको कारण बिदाई जनाईएको हो। यस अवसरमा उक्त बिदाई समारोहमा कालेबुङ बिद्युत बिभागका डिभिजनल म्यानेजर सोमनाथ रोय, स्टेशन म्यानेजर बिपिन कुमार, डीसीसी सह अभियन्ता राहुल द्विवेदी, अनि एसएई रिङ्की तामाङ बिशेष रूपले उपस्थित रहेका थिए।
कालेबुङ बिद्युत बिभागको उपभोक्ता केन्द्रमा धेरै वर्षदेखी कार्य गर्दै बिद्युत उपभोक्ताहरूलाई सेवा पुर्याईरहेका मोठ सातजना कर्मचारीवर्गको स्थानान्तरण आदेश आए पछि उक्त उपभोक्ता केन्द्रमा हाल अनेपाली कर्मचारीहरू आएका छन्। बिभागले स्थानान्तरणको आदेश दिए पछि आज कार्यलयमा सम्पूर्ण कर्मचारीवर्गले बिदाई समारोह आयोजना गरेका थिए।
यस अवसरमा स्थानान्तरण भएका मोठ सातै जना कर्मचारीवर्गलाई स्मृति चिन्ह प्रदान गरियो। सोही अवसरमा कार्यलयमा सहकर्मीहरूले खदा लगाएर उनीहरूलाई भावपूर्ण बिदाई दिए।
बिदाई समारोहलाई सम्बोधन गर्नेक्रममा सिनियर एसिस्टेन्ट एंव जनमुक्ति कर्मचारी संगठनका सचिव अनुप लामाले उपभोक्ता केन्द्रमा आफूहरूले दिर्घदिनदेखी सेवा पुर्याउँदै आए पनि बिभागले आफूहरूलाई स्थानान्तरण आदेश दिएको कारण अन्यत्र जानै पर्ने बताए।
कार्यलयमा आजसम्म सबै सहकर्मीहरूसंग परिवारका सदस्यहरू जस्तै मिलेर कार्य गरिरहेको अवस्थामा सबैलाई छोडेर जान पर्दाको दु:ख पनि उनले व्यक्त गरे। यता बडाबाबु सोनाम भोटीया लगायत अन्यले पनि स्थानान्तरणले सहकर्मीहरूलाई छोडेर जानपरेको पिडा बताए। यसक्रममा बिदाई समारोहलाई सम्बोधन गर्दै डिभिजनल म्यानेजर सोमनाथ रोयले एकसाथ सातजना कर्मचारीहरूको स्थानान्तरणले कार्यमा असुबिधा हुनसक्ने बताउदै सबैलाई शुभकामना व्यक्त गरे।
0 Response to "बिद्युत कार्यलयका कर्मचारीहरूलाई बिदाई"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.