सिटोङमा सयदिनको रोजगारको २१ लाख भन्दा धेर धनराशी घोटाला भएको खुलासा
डी के वाइबा. कालिमन्युज, सिटोङ 10 सितम्बर। खरसाङ महकुमाको सिटोङ क्षेत्रमा सयदिने रोजगार कार्यको २१ लाख रूपीया भन्दा धेर धनराशी घोटाला भएको खुलासा भएको छ। उक्त खुलासा सूचनाको अधिकार अन्तर्गत मागेको जवाबले गरेको हो।
खरसाङ महकुमा अधिनस्थ सिटोङ एक ग्राम पञ्चायत अधिनस्थ अप्पर माना, लोवर माना अनि अप्पर सेब्जे गाउँमा तीनवटा योजनाको कुनै काम नभई सम्पूर्ण धनराशी घोटाला त्यसबेला मात्र उजाकर भयो जतिबेला सूचनाको अधिकार मार्फत मागेको जवाबमा सम्पूर्ण धनराशी सहित कामको विवरण लेखिएको थियो। स्थानीय गाउँलेहरूले सूचना अधिकार मार्फत भारत सरकारको ग्रामीण बिकास मन्त्रालयबाट सम्पूर्ण कामको विवरण अनि उक्त कार्यको धनराशी स्पष्ट लेखेको जवाब पाए पछी सबै छक्क परेका थिए। गाउँमा बिकासको निम्ति आएको लाखौँ धनराशीको कुनै काम नभई यसरी घोटाला भएको सूचनाको अधिकारले सार्बजनिक भए पछि क्षेत्रमा सनसनी फैलिएको छ भने गाउँलेहरू आक्रोशित बनेका छन्।
सूचनाको अधिकार मार्फत प्राप्त जानकारी अनुसार बर्ष २०१२ – २०१३ को योजना अनुसार लोवर मानाको ठारे खोलामा सुरक्षा देवल निर्माणको ४ लाख ४६ हजार ४ सय ८० रुपियाँ प्राप्त भएको थियो। यसका साथै लोवर मानाको ओदे झोडा निर्माणको ९ लाख ५९ हजार ४ सय ५ रुपियाँ अनि दक्षिण पश्चिम सेब्जेको सुरतको घरदेखि राई गाउँसम्मको सुरक्षा देवल निर्माणको ७ लाख १९ हजार ३ सय ३६ रुपिया पारित भएको थियो। तीनवटा भिन्न भिन्नै काम गरेर मोठ २१ लाख २५ हजार २ सय २९ रुपियाँ गाउँ बिकासको निम्ति सरकारबाट आए पनि गाउँवासीले भने बिकासको कार्य भने देख्ने सौभाग्यनै प्राप्त भएन। किन भने उक्त बिकासको पैसाले तीनवटा कार्यहरूनै आजसम्म भएकै छैन भने खातामा भने कार्य पूर्ण भएको विवरण लेखिएको छ।
यसरी गाउँ बिकासको निम्ति आएको धनराशी एउटै कार्य नभई हिनामिना भए पछि गाउँलेहरूले बिरोध गरेका छन् भने उक्त सम्पूर्ण धनराशी सुपर भाईजरहरूले घोटाला गरेको आरोप समेत लगाएका छन्।
लाखौँ रूपीया घोटाला भएको एकाएक खुलास भए पछी गाउँलेहरूले सभा बसेर बिरोध जनाएको छ। गाउँकै मानिबिर निम्न बुनियादी प्राथमिक पाठशाला भवनमा गाउँलेहरूले सभा बसेर उक्त घोटालाको जोडदार बिरोध गरिएको छ। लोवर माना युवा संघको आयोजनामा सम्पन्न भएको आपतकालिन सभामा गोजमुमो सिटोङ लाटपञ्चर समष्टि सभापति प्रमोद राई , मोर्चा सिटोङ एक खण्ड समिति सभापति सन्तोष गुरुङ संगै दुइजना सुपर भाइजर पनि उअप्स्थित रहेका थिए। यस अवसरमा गाउँलेहरूले सुपरभाईजरहरूकै उपस्थितिमा नै घोटालाको जोडदार बिरोध गरियो। यसैक्रममा गाउँलेहरूले जबकार्डको रकम फिर्ता गर्नुपर्ने पनि माग गरे। उक्त बिषयमा गाउँका मोठ ९० जना मानिसहरूले बिज्ञप्तीमा हस्ताक्षर गरेर जानकारी गराएका छन्।
0 Response to "सिटोङमा सयदिनको रोजगारको २१ लाख भन्दा धेर धनराशी घोटाला भएको खुलासा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.