-->
पहाडको शैक्षिक क्षेत्रमा देखा परेको विसंगतीहरूबारे शिक्षा बिभाग समक्ष सूचनाको अधिकार मार्फत प्रश्नहरुको उठान

पहाडको शैक्षिक क्षेत्रमा देखा परेको विसंगतीहरूबारे शिक्षा बिभाग समक्ष सूचनाको अधिकार मार्फत प्रश्नहरुको उठान

डी के वाइबा, कालिमन्युज, कालेबुङ, 7 जनवरी 2014। आर्थिक बिपन्न परिवारका विद्यार्थीवर्गलाई शैक्षिक बिकासको निम्ति कार्य गर्दै आईरहेको रामक़ृष्ण कोचिङ अनि ट्रेनिङ सेन्टरले शिक्षा बिभागलाई सूचनाको अधिकार मार्फत कतिपय प्रश्नहरुको जवाब मागेको छ। संस्थानका निर्देशक शिशिर कुमार शर्माले आज यसबारे जानकारी गराउँदै आरटीआई मार्फत शिक्षा बिषयमा आवश्यक जानकारीहरु बिभागबाट मागेको बताए। 
संस्थानले दार्जीलिङ जिल्लापाल मार्फत सह राज्य सूचना अधिकारीलाई पठाएको पत्रमा पहाडको शैक्षिक प्रणाली सम्बन्धि गम्भिर बिषयहरुमा जवाब मागेको छ। शिक्षा बिषयमा जडित मुख्य रुपले आठवटा प्रश्नहरु उठाएर संस्थानले उक्त प्रश्नको जवाब मागेको तिनले बताएका छन। बिभिन्न बिद्यालयहरुमा स्थायी कर्मचारीको रूपमा कार्यरत शिक्षकहरूले निजी ट्युशन पढाउन सक्छन कि सक्दैनन? भन्ने प्रश्नलाई संस्थानले प्रमुखताको साथ उठाएको छ। यदि निजी ट्युसन पढाउँन उनीहरुले पाउँनेछैनन भने यसरी नियमको उल्लंघन गर्ने शिक्षकहरु बिरुद्ध कस्ता कारवाही गरिनेछ भन्ने प्रश्नको जवाब पनि बिभागलाई मागेको छ। 
यसका साथै सरकारी शिक्षकवर्गले स्वतन्त्र रुपले राजनैतिक अनि सामाजिक संगठनहरूमा भाग लिने अनुमति छ कि छैन? यदि छ भने कस्ता शर्तहरू छन? आदि प्रश्नहरु संस्थानले उठाएको छ। संस्थानका निर्देशक शिशिर कुमार शर्माले गुणस्तरीय शिक्षाको नाममा पहाडको शैक्षिक क्षेत्रमा देखा परेको विसंगतीहरूबारे अध्ययन गर्ने उद्देश्यले सूचना संग्रह गर्ने कोसिस गरिएको बताएका छन। 
आरटीआइ मार्फत सूचनाको आवेदन गर्ने संस्थानको उद्देश्य बताउँदै तिनले ट्युशन संस्कृतिको विरोध गरेर शिक्षकहरूको अर्थ उपार्जनको बाटो बन्द गराउनु होइन तर शिक्षित बेरोजगार युवाहरूलाई अर्थ उपार्जनको मार्ग प्रशस्त गराउनु हो भने।

0 Response to "पहाडको शैक्षिक क्षेत्रमा देखा परेको विसंगतीहरूबारे शिक्षा बिभाग समक्ष सूचनाको अधिकार मार्फत प्रश्नहरुको उठान"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.