
होलसेलरहरुले राशन दोकानमै पुर्याउने निर्देशको विरोध
डी के वाइबा, कालिमन्युज, कालेबुङ 7 जनवरी 2014 । कालेबुङ महकुमा अधिनस्थ मोठ 580 वटा राशन दोकानहरु रहेको बताउँदै उक्त राशन दोकानहरुमा अबोप्रान्त होलसेलरहरुले नै राशन दोकान सम्मै बितरण गर्ने बिभागीय आदेश आएको माकपा नेता तारा सुन्दासले बताउँदै बिभागको निर्णयप्रति बिरोध जनाएका छन।
“यहाँ बिभागले केही होलसेलरहरुलाई पोस्याउँने कार्य गर्दैछ। यस्तो कार्यको माकपाले सधै बिरोध गर्नेछ। यदि बिभागले ती होलसेलरहरुलाई मात्र राशन बितरण गर्न दिए यहाँको चालकवर्गको रोजगार समेत मर्नेछ। यो गरिब व्यक्तिहरु माथी अन्याय हो” तारा सुन्दासले भने।
यसभन्दा अघि नै बिभागले होलसेलरहरुलाई मात्र राशन दोकानहरुमा उनीहरुकै वाहनबाट राशन बितरण गर्ने आदेश जारी गर्दा राशन दोकानेहरुले गोजमुमो अध्यक्षलाई ज्ञापन चडाएर अवगत गराएको बताउँदै गुरुङले उक्त बिभागीय आदेशको बिरोध गरेर जनहितमा बोलेको तिनले बताए। यद्यपी अहिलेघरी भने पुन: बिभागले पहिलेकै आदेशलाई लागु गर्न लागेको बताउँदै यस्तो कार्यले राशन बोकेर जीवीका उपार्जन गर्ने वाहनहरुको रोजीरोटी मर्ने तिनले दाबी गरे।
“कालेबुङ महकुमा क्षेत्रमा रहेका मोठ 580 राशन दोकानहरुमा यदि होलसेलरहरुको आफ्नै वाहनले राशन बोके त्यहाँ अघिबाटै राशन बोक्नेहरुको अवस्था के हुनेछ” सुन्दासले भने। बिभागको उक्त आदेश वास्तवमा केवल होलसेलरहरुलाई मुनाफा दिलाउँने सुनियोजित पहल रहेको आरोप लगाउँदै राशन बोकेर जीवीका उपार्जन गर्ने चालकवर्गको हितमा चालक संगठनहरु समेत मौन बस्न नहुने तिनले आह्वान गरे।
0 Response to "होलसेलरहरुले राशन दोकानमै पुर्याउने निर्देशको विरोध"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.