
उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा ३३औँ नेपाली भाषा मान्यता दिवस पालन
Don't Miss
नि स, कालिमन्युज, २२ अगस्त २०२४, सिलगडी: उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा पनि अरु स्थान सरह ३३औँ नेपाली भाषा मान्यता दिवस समारोह भव्यतापूर्वक पालन गरएको समाचार प्राप्त गरिएको छ ।
विभागीय अध्यक्ष डा पुष्कर पराजुलीको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख अतिथिका रूपमा श्री विजयकुमार राई (अध्यक्ष एसएससी, जीटीए), विशिष्ट अतिथिमा डा राजकुमारी दाहाल तथा अतिथिगणमा डा नरेशचन्द्र खाती, वरिष्ठ कवि पदम छेत्री, डा मनोज विश्वकर्म (हिन्दी विभाग), डा निता लामा (गणित विभाग), डा सामतेन तामाङ (गणित विभाग), श्री राजेश प्रधान (भौतिकशास्त्र विभाग), डा सुदास लामा (इतिहास विभाग), डा बरुण कुमार रोय (मास एन्ड कमिनिकेसन विभाग), डा विनायक सुन्दास (हिमालय अध्ययन केन्द्र), डा अद्वित्व थापा (हिमालय अध्ययन केन्द्र), डा रिन्जी लामा ( मानवशास्त्र विभाग), डा वासुदेव थापा (कालिपद घोष तराई महाविद्यालय), डा दिपेन तामाङ (कालिपद घोष तराई महाविद्यालय), श्री ज्ञानचन्द्र छेत्री, श्री खग घुरागाई अनि नेपाली विभागका प्राध्यपकगण प्रा डा सञ्जय राई, डा डपछिरिङ लेप्चा र डा कृष्णमाया मगरको विशेष उपस्थिती रहेको थियो।
उक्त कार्यक्रम प्रमुख अतिथि, विशिष्ट अतिथि, अनि नेपाली प्राध्यपकगणका बाहुलीबाट धूप तथा दीप प्रज्ज्वलन गरि सुरु गरिएको थियो। शिवम शर्मा र शर्मिला शर्माद्वारा सञ्चालित कार्यक्रम डा कृष्णमाया मगरको स्वागत सम्बोधनबाट थालिएको थियो।
यस अवसरमा नेपाली भाषा मान्यता दिवसको औचित्य तथा भाषा मान्यताको आन्दोलनबारे श्री विजयकुमार राई, डा पुष्कर पराजुली, डा मनोज विश्वकर्म तथा डा सुदास लामाले मन्तव्य राखे।
श्री विजयकुमार राईले भने “ नेपाली भाषाले मान्यता पायो। यसको अर्थ सबै कामकुरा सकियो भन्ने होइन, गर्नुपर्ने काम धेरै छन्।..... नेपाली भाषा, समाज तथा संस्कृतिलाई अघि बढाएर लाने काम अब नयाँ पुस्ताको काँधमा परेको छ।..... नेपाली भाषा मान्यताको आन्दोलन अहिंसात्मक थियो। कतिपय पुस्तकहरूमा केही व्यक्तिहरूको नाम उल्लेख गरेर ती व्यक्तिहरू सहिद भएको कुरा गरिएको पाइन्छ। ती व्यक्तिहरूको मृत्यु अन्य कारणले भएको हो। यस अन्दोलनमा कसैको खुन बगेको छैन। यसैले यस आन्दोलनमा सहिद भएको कुरा भ्रम हो।” भन्ने मन्तव्यमा राखे।
डा पुष्कर पराजुलीले “भाषा आफै विकसित भइरहन्छ। नेपाली भाषा एसिया महादेशभित्र पर्ने देशहरूमा मात्र नभएर विश्वका अधिकांश देशहरूमा बोलिन्छ। नेपाली भाषा प्रयोगले बाँच्छ। यो भाषा प्रयोगमा छ र यसको विस्तार हुँदैछ।.... सोसियल मिडिया आआफ्ना विचार राख्ने माध्यम हो। सोसियल मिडियामा औपचारिकता खोज्नु हुँदैन। पत्रपत्रिकाको भाषा भने शुद्ध हुन आवश्यक छ”, भन्ने मन्तव्यमा बताए।
डा राजकुमारी दाहालले इ सं १९६९ मा दियाले पत्रिकामा प्रकाशित तुलसी अपतनको ‘भानु’ नामक कविता पाठ गरेर सुनाउँदै “भानु नेपाली भाषाको पर्याय हो। भानुभक्तलाई नचिन्ने नेपाली कोही पनि छैनन् यदि भानुभक्तलाई नचिन्ने कोही नेपाली छन् भने ऊ नेपाली होइन” भनिन्।
यसरी नै डा सुदास लामाले भाषा मान्यताको आन्दोलनमा डुवर्सवासीले पनि धेरै योगदान दिएको र डुवर्सवासीले नङ र मासु झैँ मिलेर यस आन्दोलनलाई सहयोग गरेको कुरा गरे। 

कार्यक्रममा शोधार्थी शिवेन शर्माले अध्ययन पत्र प्रस्तुत गरेका थिए भने शोधार्थीगण क्रमैले कोमल सुब्बा, अरुण साम्पाङ, निरज थापा र आशिष तामाङ तथा विद्यार्थीगण क्रमैले आकाशदीप राई, साहिल राई र रञ्जना तामाङले कविता वाचन गरेका थिए।
विभागको सङ्गोष्ठी कक्षमा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाली विभागका विद्यार्थी, शोधार्थीलगायत अन्य विभागका विद्यार्थी तथा शोधार्थीहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमको अन्तमा प्रमुख अतिथि तथा विशिष्ट अतिथिलाई पुष्कर पराजुलीको बाहुलीबाट अङ्ग वस्त्र पहिराइ सम्मान जनाइयो भने डा नरेशचन्द्र खातीको बाहुलीबाट अभिनन्दन पत्र प्रदान गरियो।
0 Response to "उत्तर बङ्ग विश्वविद्यालयको नेपाली विभागमा ३३औँ नेपाली भाषा मान्यता दिवस पालन "
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.