-->
बिमल गुरुङले टी एम सी संग मिलेर भाजपालाई 2021 को चुनावमा जवाब दिने

बिमल गुरुङले टी एम सी संग मिलेर भाजपालाई 2021 को चुनावमा जवाब दिने

अहिले म आफ्नै व्यवस्थामा हिम्मत लिएर् आएको हुँ र म जेल जान पनि तैयार छु। म देश द्रोही होइन म राजनीतिक नेता हुँ, मलाई लागेको आरोपको जवाब राजनैतिक ढंगमा हुनुपर्नेछ भन्ने मेरो भनाई छ |
कालिमन्युज, कालेबुङ, 21 अक्टोबर 2020: आज कोलकोताको एउटा होटलमा 
गोजमुमो नेता बिमल गुरुङले एनडीए लाई छोडेर् तृणमूल कांग्रेसलाई सघाउने घोषणा गरे। तीन चोटि चुनावमा एनडीएको घटक दल भएर भारतिय जनता पार्टिलाई 12 वर्ष सम्म सघाएको बताउदै अब उसो चाँही नसघाउने तिनले एक प्रेस कन्फरेन्समा बताए।

बिमल गुरुङ आज दिउँसो अचानक कोलकोतामा अवस्थित गोर्खा भवनमा वाहनमा सवार भएर प्रवेश गर्ने कोशिष गरे। पुलिसले पनि गोर्खा भवन खोल्ने प्रयास गरेको तर भवन कसैले नखोलेको कारण तिनी पुन फर्कीगएको बताइएकोछ। पछिबाट होटलमा प्रेस कन्फरेन्स गरेर तिनी कता गए थाहा नलागेको बताइएकोछ।

पार्टीको मुद्धा पर्मनेन्ट् पोलिटिकल सोल्युसन  र 11 जात गोष्ठीलाई ट्राइबल बनाउने मुद्धालाई भाजपाले 6 सम्म पुरा गरिदिन्छु भनेर आफ्नो वचन पूरा नगरेको कारण नै यो निर्णय लिएको तिनले बताए।

तिनले भने, कोलकोतामा आएर मैले 3 वर्ष विस्थापित जीवन बिताउँदा यही बीचमा बंगाल र केन्द्र सरकार माझको भिन्नता थाहा पाएँ। ममताले अरुलाई जे वचन दिए ती पूरा गरिन तर भाजपाले गरेन। यसैले अब भाजपासंगको घटक दलको रुपमा भएको सम्बन्ध तोडेर ममताको टी एम सी संग मिलेर भाजपालाई 2021 को चुनावमा जवाब दिने अनि ममतालाई फेरि पावरमा ल्याउने मेरो लक्ष्य हो यसको निम्ति ममतालाई साथ दिनेछु।"

एक प्रश्नको जवाबमा तिनले कोलकोतामा आएर् अहिलेसम र आज पनि राज्य सरकारसंग कुनै बात नभएको कुरा बताए।  

तिनले अझै भने "राजनितिमा दुश्मन पनि हुँदैन अनि मित्र पनि हुँदैन यसैले आज म तृणमूललाई सघाउन आएको हुँ। तिन वर्ष सम्म म दिल्लीमा थिएँ गत दुइ महिनामा म झारखण्डमा थिए। अहिले म आफ्नै व्यवस्थामा हिम्मत लिएर् आएको हुँ र म जेल जान पनि तैयार छु। म देश द्रोही होइन म राजनीतिक नेता हुँ, मलाई लागेको आरोपको जवाब राजनैतिक ढंगमा हुनुपर्नेछ भन्ने मेरो भनाई छ

सुत्रहरु अनुसार 9 वटा यु ए पी ए केश र 131 वटा अन्य केश शिरमा लिएका बिमल गुरुङ गत दुई महिनादेखि झारखण्डमा थिए अनि तृणमूल कांग्रेसका राजनैतिक उपदेष्टा प्रशांत किशोरको मध्यस्थतामा त्यही सम्झौता भएको थाहा लागेकोछ। तिनकै प्रयासमा बिमल गुरुङको सहमतिमा आज झारखण्डकै नम्बर प्लेट भएको गाडीमा बिमल गुरुङ समर्थकहरुसङ कोलकोता आएका थिए।

अब बिमल गुरुङ अनि अनित विनय मोर्चा 1 र मोर्चा 2 समूहमा सामंजस्य मिलाएर जीटीए र गोजमुमो को राजनैतिक प्रक्रिया चलाएर आगामी चुनावको तैयारी गरेर दार्जीलिङ कालेबुङ पहाड अनि तराई डुवर्सको सम्पूर्ण 16 वटा सीट तृणमूल कांग्रेसकै पक्षमा हासिल गरेर राज्यमा पुन सत्तामा आउने राजनैतिक दाउपेच तैयार गरिएको हुन सक्छ भन्ने अनुमान गरिएको छ।

0 Response to "बिमल गुरुङले टी एम सी संग मिलेर भाजपालाई 2021 को चुनावमा जवाब दिने "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.