-->
तिन पुलिसकर्मी लगायत दुई सेनाका जवान 4करोड को 15 केजी सुनको हेराफेरीमा पक्राउ

तिन पुलिसकर्मी लगायत दुई सेनाका जवान 4करोड को 15 केजी सुनको हेराफेरीमा पक्राउ



राजेश शर्मा, कालिमन्युज, जयगाउँ,  15 सितम्बर । अलीपुरद्वार जिल्ला अन्तर्गत रहेको हासिमारामा तीनजना पुलिस कर्मी अनि दुईजना सेना विभागका कर्मचारीहरु सुनको लेनदेनमा पक्राउ परेको खबर प्रकाशमा आएको छ । 
अलीपुरद्वार जिल्लाका पुलिस एसपी सुनिल यादवले दिएको जानकारी अनुसार 15 केजी  सुनसँग 5 जनालाई पक्राउ गरिएको छ।  अलीपुरद्वार जिल्लाको एसडिपिओ अनिरुद्द ठाकुर, हासिमारा थाना प्रभारी कमलेन्द्र नारायण, सबइन्सपेक्टर सत्येन्द्र नाथ रोय लगायत भारतीय सेनाका लेफ्टिन्याण्ट् कर्नल पवन बर्मा कन्सटेबल दसरथ सिंग घटनामा लिप्त  रहेको गुप्त सूचनाको आधारमा  गुप्तचर विभागले यिनीहरुलाई गतर रातिनै पक्राउ गरेको छ ।
सूत्रले दिएको जानकारी अनुसार उनीहरुसंग  प्राय 4 करोड मूल्यको 15 केजी सुन पाइयो जो कँहाबाट आयो कसैले पनि टुंगो लगाउन सकेको छैन । गत 10 सितम्बरको दिन  एउटा वाहनमा उक्त सुनसंगै कतै गइरहेको समय उक्त पुलिसकर्मी लगायत सेनाका दुई जवानहरुलाई पक्राउ गरिएको थियो । 
पुलिस सूत्रबाट प्राप्त भएको जानकारी अनुसार उनीहरुलाई आज अलीपुरद्वारको जिल्ला एसडिजिएम न्यायालयमा पेश गरिएको थियो जँहा चारदिनको निम्ति पुलिस हिरासतमा सोधखोज गर्नको निम्ति लिने न्यायालयले राय दियो । सूत्रबाट अझ थप जानकारी अनुसार यस सम्बन्धमा संलग्न अन्यहरुको पनि खोजी तलास निम्ति सीआइडी अनि पुलिस लागिपरेकोछ ।

0 Response to "तिन पुलिसकर्मी लगायत दुई सेनाका जवान 4करोड को 15 केजी सुनको हेराफेरीमा पक्राउ"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.