-->
भोटाङमा मतदान शान्ति पूर्ण सम्पन्न

भोटाङमा मतदान शान्ति पूर्ण सम्पन्न


राजेश शर्मा, कालिमन्युज, फुन्छोलिंग, 15 सितम्बर। भारतको मित्र राष्ट्र भोटाङमा आज लोकसभा  प्राईमरी चुनाव सम्पन्न भयो । भोटाङले 2008 मा लोकतन्त्र स्थापना गरेको थियो अनि पहिलो चुनावमा ड्रुक फुन्छौम छोकपाले (डिपिटि) यसपछि दोस्रो चुनावमा पिपल्स डेमोक्र्याटिक पार्टीले विजय भएर सत्ता सम्हालेको थियो । यसरी नै यसपाली तेस्रो चोटी लोकसभा चुनाव भइरहेको छ जसमा मोठ चारवटा पंजीकृत पार्टीहरु भोटाङ किवानन्याम पार्टी (बिकेपि), ड्रुक फुन्छौम छोकपा (डिपिटि), पिपल्स डेमोक्र्याटिक पार्टी (पिडिपि)र ड्रुक न्यागरूप छोकपा (डि एन टि) ले चुनावमा भाग लिइरहेका छन ।
भोटाङको मोठ बीसवटा जिल्लाहरुमा चुनाव भइरहेको छ, जसमा 47 आसनहरु छन भने उक्त आसनहरुमा 296 जना उम्मेदवारहरुले नामाँकन भरेर आफ्नो भाग्य परिक्षा गरिरहेका छन् । यी चारवटा पार्टीहरुबाट दुईवटा पार्टीले अक्टोवर महिनामा हुने चुनाउमा आयोगले  नियम रहेको छ ।
47 वटा आसनको निम्ति 865 वटा मतदान केन्द्रहरुमा 855 ईभिएम प्रयोग गरेर यो चुनाव आयोजन हुने भएको छ । सम्पुर्ण भोटाङमा चुनाउको निम्ति सुरक्षा व्यवस्थालाई कडा निगरानी गर्दै भोटाङ सरकारले 5250 जना मानिसहरुलाई सुरक्षाको निम्ति खटाएकोछ । यस चुनावमा 432030 मतदाताहरु छन जसमा स्त्री 220881 अनि पुरुष 211149 छन । 
चुनावको कारण भएको नाकाबन्दीले अन्तर्राष्ट्रिय सीमावर्ती क्षेत्रमा रहेको वाणीज्य केन्द्रहरुलाई ठूलो घाटा पुग्न गएको खबर प्रकाशमा आएको छ । जयगाउँ, चमर्ची, विरपाडा आदि क्षेत्रहरुबाट भोटाङमा भारतीय सामग्रीहरू निर्यात हुने गर्छ । यसपाली चुनावको कारणा सिमाना बन्द हुँदैछ भनेर कुनै पनि भारतीय सरकारी अधिकारीबाट सूचना भएको थिएन अचानक यसरी प्रमुख द्वारहरू बन्द हुँदा यहाँका व्यपारीहरु लगायत भोटाङ भ्रमण गर्न जाने पर्यटकहरुलाई धेरै गाह्रो भएको खबर प्रकाशमा आएको छ । भोटाङे सूत्रहरुले दिएको जानकारी अनुसार उनीहरुले आफ्नो राष्ट्रिय मिडिया मार्फत सूचनाको रुपमा अघिबाटै नोटिफिकेसन जारी गरेका थियो । 
आज सम्पन्न चुनाउमा भोटाङका नागरिकहरूले मत खसाल्न जाँदा राजा र रानी  नक्सा भएको ब्याज लगाएर मतदान केन्द्रहरुमा लाइनमा लागिरहेको देखियो । मतदाताहरु अनुसार लोकतन्त्रलाई भन्दा राजतन्त्रलाई नै राम्रो हो । लोकतन्त्र भन्दा पनि राजतन्त्रलाई नै मन पराएको उनीहरुले मन्तव्य प्रकट गरेका छन् । भारतीय राजदूत जयदिप सरकारले दिएको जानकारी अनुसार भोटाङमा शान्तिपूर्ण रुपले मतदान भयो । भारत मित्र राष्ट्र भएको कारण भोटाङलाई सहयोग पुराउन भारतको पनि कर्तव्य बन्छ ।

Related Posts

0 Response to "भोटाङमा मतदान शान्ति पूर्ण सम्पन्न "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.