-->
पेदोङमा सेर्पा दम्पतिको हत्याले सनसनी; पुलिसले अघि बडायो जाँचकार्य

पेदोङमा सेर्पा दम्पतिको हत्याले सनसनी; पुलिसले अघि बडायो जाँचकार्य

फुर्तेम्बा सेर्पा  अनि कुसुम सेर्पा
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 18 अगस्त। पेदोङमा भएको सेर्पा दम्पतिको हत्यालाई लिएर पुलिसले जाँच अभियान तिब्र बनाएको छ भने चाँडै नै हत्यारा पक्रा पर्न सक्ने कालेबुङ जिल्ला पुलिस अधिक्षक अतुल विश्वनाथनले बताएका छन्। उनले आज घट्ना स्थलको भ्रमण गरेर जानकारी लिएपछि घट्ना सम्बन्धमा पुलिसले महत्वपूर्ण सुईँको फेला पार्न सकेको दाबी गरेका छन्। 
‘हामीले घट्नाको हरेक कोणबाट जाँच गरिरहेका छौँ। जाँचको क्रममा केही महत्वपूर्ण क्लुहरू हामीले फेला पारेका छौँ’ जिल्ला पुलिस उपअधिक्षक विश्वनाथनले भने। यसक्रममा उनले सोही महत्वपूर्ण सुरागकै आधारमा हत्यारा चाँढै पक्रा पर्न सक्ने सम्भावना रहेको पनि बताएका छन्।
उनले हत्यारालाई पक्राउ गर्नका निम्ति पुलिसले जाँच कार्य गरिरहेको भन्दै स्निफर डग टोलि समेत बोलाइएको जानकारी दिएका छन्। उनले सेर्पा दम्पतिको शवलाई सेप्टिक ट्याङ्कीमा फ्याँकेको अवस्थामा फेला पारेको पुष्टि गर्दै उनीहरू दुवैको निधारमा गहिरो चोटको निशानी रहेको पनि बताएका छन्। हत्याराले कुन अभिष्टको निम्ति हत्या गरेको हो भन्न नसकिने बताउँदै घरभित्र तोडफोड गरिएको अवस्था रहेको कारण परिवार पक्षले आफ्ना घरभित्रको सामग्रीहरू हराएको छ छैन त्यसबारे जानकारी दिएपछि मात्रै चोरीको घट्नासँग जोड्न सकिने बताएका छन्। यसक्रममा उनले उक्त घट्नालाई लिएर कालेबुङ थानामा प्राथमिकी दर्ता गरिएर जाँच सुरु भएको पनि स्पष्ट पारेका छन्।  
स्मरण रहोस्, कालेबुङ जिल्लाको पेदोङ स्थित दाक्योङ सेरिकल्चर नजिक सेर्पा दम्पतिको हत्याले सनसनी छाएको छ। पति फुर्तेम्बा सेर्पा (69) अनि पत्नी कुसुम सेर्पाको हत्यापछि उनीहरूको शवलाई सेप्टिक ट्याङ्कमा फ्याँकेको अवस्थामा पुलिसले शुक्रबार बेलुकी भेटेपछि उक्त घट्ना सार्वजनिक भएको हो। घट्नापछि पुलिसले शवको उद्घार गरेर आज कालेबुङ जिल्ला अस्पतालमा पोस्टमार्टम गरि परिवार पक्षलाई सुम्पिएको छ।
उक्त हत्या गत 16 अगस्तको राती नै भएको अनुमान गरिएको छ भने हत्याबारे शुक्रबार मात्र थाहा लाग्न सकेको हो। पुलिस विभागमा नै कार्यरत छोरा सोङदेन सेर्पाले शुक्रबार दिउँसो घरमा आमा-बाबालाई फोन गर्दा फोन नउठाएपछि घट्नाबारे पत्तो लाग्न सकेको हो। छोरा सोङदेन सेर्पाले घरमा गरेको फोन नउठाएपछि आफ्ना छिमेकीहरूलाई आफ्नो घरमा गएर हेरिदिने खबर गरेपछि गाउँका आफन्तहरू घरमा गएर हेर्दा घर बन्द अवस्थामा अनि वरिपरिको दृष्य सन्दिघ्द रहेको थाह पाएपछि उनीहरूले तत्कालै पुलिसलाई सूचित गरेको थियो। घट्नाको जानकारी पाउन साथ घट्ना स्थलमा पुलिस पुगेर जाँच गर्न थालेपछि नै दुई दम्पतिको शवलाई सेप्टिक ट्याङ्कमा हत्या पछि फ्याँकिदिएको अवस्थामा फेला पारेको हो।
‘मैले अघिल्लो दिन घरमा आमालाई फोन गरेर बात गरेको थिएँ। सधैँ झैँ भोलिपल्ट पनि मैले आमालाई फोन गरे तर फोन उठाएनन्। त्यसरीनै मैले बाबालाई पनि फोन गर्दा फोन उठाएनन्। उनीहरू दुवैले फोन नउठाएपछि मलाई चिन्ता लागेर भाइलाई पनि भने अनि गाउँका आफन्तहरूलाई घरमा गएर हेरिदिने भनेको थिए। आफन्तहरू आएर घरमा हेर्दा नै घट्नाबारे थाह पाउन सकिएको हो’ छोरा सोङदेन सेर्पाले बताएका छन्।
उनले आफन्तहरू घरमा आएर हेर्दा घर बाहिरबाट ताला लगाइदिएको अनि बाबाको फोन र टर्च आँगनमा लडिरहेको अनि आमाको फोन भने भित्र नै रहेको देखेपछि उनीहरूले नै पुलिसलाई सूचित गरेर बोलाउने कार्य गरेपछि मात्र घट्नाबारे पत्तो लाग्न सकेको पनि बताएका छन्।
अर्कोतर्फ पेदोङ निवासी तृणमूल कङ्ग्रेस नेता छेवाङ भोटियाले आज शवलाई पोस्टमार्टम गर्न कालेबुङ जिल्ला अस्पताल ल्याएको क्रममा बोल्दै यस्तो घट्ना भविस्यमा नदोहोरियोस् भन्दै हत्यारा पक्राउको माग गरेका छन्। 

Related Posts

0 Response to "पेदोङमा सेर्पा दम्पतिको हत्याले सनसनी; पुलिसले अघि बडायो जाँचकार्य "

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.