
कालेबुङमा पहिलोचोटि प्रशासनिक वैठक .... मलाई बिकास कार्यको सूची होइन रिजल्ट चाहिन्छ – ममता ब्यानर्जी
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 30 मई। ‘कतिपय बिकास बोर्डहरूको गुनासो मलाई प्राप्त भइरहेको छ। गरीबले घर पाउनुपर्छ। यो उनीहरूको निम्ति पहिलो प्राथमिकता हो। यसबारे मलाई धेरै गुनासो आइरहेको छ। यसकारण सम्पूर्ण बोर्डहरूले घर निर्माणको निम्ति पाउनुपर्ने पैसा सोझै उपभोक्ताहरूको बैंक खातामा जमा गरेर दिनुपर्छ। एकैसाथ पैसा नदिएर उनीहरूलाई दुई किस्तिमा दिनुपर्छ। पहिला दिएको पैसाले आधा घर निर्माण भएपछि रहेको पैसा उनीहरूलाई दिनुपर्छ। यो सबै पैसा सरकारको हो। सरकारको पैसा दुरुप्रयोग भएको चाहन्न’ – उक्त कुरा मुख्यमन्त्री ममता ब्यानर्जीले प्रशासनिक वैठकमा भनेका हुन्।
कालेबुङ जिल्ला गठनपछि पहिलोचोटी आज कालेबुङमा मुख्यमन्त्री ममता ब्यानर्जीको उपस्थितिमा प्रशासनिक वैठक सम्पन्न भयो। जीटीए प्रशासन, कालेबुङ- दार्जीलिङ जिल्ला प्रशासन अनि सम्पूर्ण विकास बोर्ड वैठका अधिकारीवर्गलाई लिएर उक्त प्रशासनिक वैठक सम्पन्न भएको थियो। डा. ग्राह्म होम्सको जार्भी हलमा सम्पन्न प्रशासनिक वैठकमा मुख्यमन्त्री ममता ब्यानर्जीले सम्पूर्ण बिकास कार्यहरूको जानकारी लिइन्। यस अवधी उनले प्रशासनिक अधिकारीवर्गलाई कतिपय बिकास कार्यहरू आजसम्म हुन नसकेको कुराहरू सुनेर हपार्न समेत पछि परेनन्।
प्रशासनिक वैठकको सुरुआत कालेबुङका जिल्लापाल डा. विश्वनाथले गरेका थिए। यसक्रममा नवगठित कालेबुङ जिल्लाको बिकास दर के कति छ भन्नेकुरा मुख्यमन्त्रीले विस्तारपूर्वक जान चाहिन्। उनले जनहितका कार्यहरूमा जिल्ला प्रशान, जीटीए अनि बिकास बोर्डहरूले काम गर्नुपर्ने प्रशासनिक वैठकमा निर्देश दिएकी छन्। डा. विश्वनाथले कालेबुङ जिल्लामा कुपोषणको दर शुन्य रहेको बताउँदै कन्याश्री अनि रूपश्री योजनाहरू सफलतापूर्वक सञ्चालन भइरहेको बताएका थिए। यसक्रममा मुख्यमन्त्रीले सयदिने रोजगार कार्यमा कालेबुङ अनि दार्जीलिङ जिल्लामा बिकास कार्य ढिलो चलिरहेको सन्दर्भमा विशेष आपत्ति जनाउँदै उक्त कार्यहरूमा तिब्रता दिनुपर्ने निर्देश दिए। ‘पञ्चायत अनि ग्रामिण बिकासका कार्यहरू संवेदनशील हुन्। यसकारण यी संवेदनशील विषयमा झट्टै ध्यान दिएर कार्य गर्नुपर्छ। किनभने यो सोझै जनतासँग जोडिएका बिषय हो। यी क्षेत्रमा बिकास कार्य ढिलो भएको चाहन्न’ मुख्यमन्त्री ममता ब्यानर्जीले निर्देश दिँदै भनिन्।
विभिन्न विभागका अधिकारीवर्गबाट जिल्लामा बिकासको कार्य कहाँ-कहाँ कति हुँदैछ भन्ने सम्पूर्ण जानकारी मागेपछि उनले हालसम्म चलिरहेका बिकास कार्यहरू झट्टै समापन गरेर नयाँ बिकास कार्यहरू गर्नुपर्ने बताइन्। उनले पहाडामा पिउँने पानीको समस्या समाधानको निम्ति पहल गर्नुपर्ने विषयमा जीटीए, जिल्ला प्रशासन अनि नगरपालिका माझमा आगमी 10 दिनभित्रमा वैठक गरेर रूपरेखा तयार पार्नुपर्ने पनि बताइन्।
‘पहाडमा मुख्य गरेर चारवटा समस्या देखेको छु। जुन समस्याहरू जीटीए, नगरपालिका र जिल्ला प्रशासनले समाधान गर्न सक्छ। पिउँने पानी, मल-मुत्र व्यवस्थापान, ठोस मैला व्यवस्थापन अनि बाटोघाटो यहाँ देखिएका मुख्य समस्याहरू हुन्। यी जम्मै चारवटा समस्या समाधानका निम्ति सबैले एकचित्त बनेर काम गर्नुपर्छ’ मुख्यमन्त्री ममता ब्यानर्जीले अझ भनिन्- ‘यी चारवटा समस्या जीटीए, जिल्ला प्रशासन र नगरपालिकाले समाधान गरे अन्य बिकास कार्यहरू राज्य सरकारले गर्नेछ।’ यसक्रममा उनले पहाडका बाटोको समस्या धेर रहेको भन्दै बाटो व्यवस्थि बनिए पर्याटन बिकास हुने अनि यस निम्ति झट्टै कार्य गर्नुपर्ने निर्देश दिइन्। ‘सबैले एकचित्त बनेर काम गर्नुहोस्। काम गर्दा सुरुआत मात्र गर्नु होइन् त्यसलाई निरन्तरता दिनुपर्नेछ। तबमात्र काम फत्ते हुन्छ’ उनले अझ भनिन्। उनले आजसम्म गरिएका बिकास कार्यहरू समापन हुन नसक्नुमा निरन्तरता नभएकै कारण पुरा नभएको भन्दै आफुलाई समय होइन तर काम पुरा भएको रिपोर्ट चाहिएको पनि बताए। ‘मलाई समय होइन् रिजल्ट चाहिन्छ’ ममता ब्यानर्जीले सम्पूर्ण अधिकारीवर्गलाई निर्देश दिँदै भनिन्।
मुख्यमन्त्रीले पहाडमा पर्यटनको धेरै सम्भावनाहरू रहेको अनि पर्यटनका निम्ति प्राकृतिक संसाधनहरू धेरै रहेको कारण पर्यटकहरूलाई सुविधा दिने कुरामा बिभागले ध्यान दिनुपर्ने निर्देश पनि दिएकी छन्। यसक्रममा उनले पर्यटन मन्त्री गौतम देवलाई पहाडमा पर्याटन बिकासका निम्ति सही काम नभएको भन्दै सभामा नै हपारिन्। ‘पर्यटन सम्पूर्ण बङ्गालको निम्ति महत्वपूर्ण विषय हो। पहाडमा झन् पर्यटन बिकास पहिलो प्राथमिकता हो। पर्यटन बिकासले अहिलेसम्म हावा खाँदै किन बसिरहेको छ? आजसम्म सुरु गरिएका कार्यहरू किन पुरा गरिएको छैन? मलाई झट्टै सुरु गरिएका कामहरू पुरा भएको रिपोर्ट चाहिन्छ’ मुख्यमन्त्री ममता ब्यानर्जीले स्पष्ट भनिन्। यसका निम्ति उनले ग्रामीण पर्यटन बिकासको निम्ति होम-स्टेहरूको बिकासको निम्ति पनि काम गर्नुपर्ने बताइन्।
प्रशासनिक वैठकमा दार्जीलिङका विधायक अमरसिंह राई, खर्साङका विधायक डा. रोहित शर्मा, कालेबुङकी बिधायक सरिता राईले पनि आफ्ना पक्षबाट बिकास कार्यहरूबारे मुद्दा उठाएका थिए। यस अवसरमा लेप्चा बिकास बोर्डका अध्यक्ष एल.एस तामासाङले बोर्डद्वारा गरिएका बिकास कार्यहरूबारे मुख्यमन्त्रीलाई अवगत गराएका थिए भने दार्जीलिङ, कालेबुङ अनि खर्साङ नगरपालिकाका अध्यक्षहरूले पनि आफ्ना कुरा राखेका थिए।
प्रशासनिक वैठकमा मन्त्री अरूप विश्वस, गौतम देव, जीटीए अध्यक्ष बिनय तामाङ, उपाध्यक्ष अनित थापासँगै जीटीए सचिव लगायत सम्पूर्ण विभागीय अधिकारीवर्गको उपस्थिति रहेको थियो।
0 Response to "कालेबुङमा पहिलोचोटि प्रशासनिक वैठक .... मलाई बिकास कार्यको सूची होइन रिजल्ट चाहिन्छ – ममता ब्यानर्जी"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.