
मई दिवसमा रन विथ रोशनको कालेबुङ म्यारथन
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ। रन विथ रोशनी फाउण्डेसनले आगामी मई दिवसको दिन कालेबुङमा हाफ म्याराथन आयोजना गर्ने भएको छ।
प्रत्येक वर्ष सम्पन्न हुने ‘मुम्बई म्यारथन’ को निम्ति रन विथ रोशनी पाउण्डेसनले कालेबुङमा हाफ म्यारथन आयोजना गरेर पहाडका धावकहरूलाई मुम्बई म्यारथनको निम्ति चयन गर्न उक्त हाफ म्यारथन आयोजना गर्दै आएको हो।
कालेबुङदेखि पेदोङसम्मका 21 किलोमिटर हाफ म्यारथनमा प्रथम, दोस्रो अनि तेस्रो हुने तीनजना पुरुष अनि तीनजना महिलाहरूलाई रन विथ रोशनी फाउण्डेसनले मुम्बई म्याराथनको निम्ति लाने गरेको छ। सोहीक्रममा यसवर्ष हुने मुम्बई म्याराथनको निम्ति नै आगामी मई दिवसको दिन कालेबुङमा हाफ म्याराथनको आयोजना गरेको रोशनी राईले बताएकी छन्।
सन् 2015 देखि प्रत्येक वर्ष सम्पन्न हुँदै आएको कालेबुङ हाफ म्याराथनका निम्ति अहिलेघरी रेजिस्ट्रेसनको कार्य सम्पन्न भइरहेको उनले थप जानकारी दिएकी छन्। पहाडका धावकहरूमा म्यारथन दौडिने क्षमता भएको कारण ‘रन विथ रोशनी फाउण्डेशन’ले एउटा ठाउँ तयार पारेको बताउँदै अन्तराष्ट्रिय स्तरको म्यारथन दौडिन चाहनेहरूका निम्ति मुम्बई म्याराथन एउटा सही प्लेटफार्म रहेको पनि उनले बताएकी छन्।
‘रन विथ रोशनी फाउण्डेशनले कालेबुङमा हाफ म्याराथन आयोजना गरेर पहिलो, दोस्रो र तेस्रो हुने पुरुषवर्ग अनि महिलावर्गहरू गरेर मोठ 6 जना धावकहरूलाई मुम्बई म्यारथनको निम्ति लाने गरेको छ। त्यहीँ म्यारथनको निम्ति हामीले मई दिवसका दिन प्रत्येकवर्ष कालेबुङ हाफ म्याराथन गर्दै आइरहेका छौँ’ रोशनी राईले भनिन्।
हालमा उनले पञ्जीकरणको कार्य चलिरहेको जानकारी दिँदै 150 जना धावकहरूको पञ्जीकरण नभएसम्म पञ्जीकरणको कार्य जारी रहने पनि बताएकी छन्। ‘अन्तराष्ट्रिय म्याराथन दौडिनका निम्ति मुम्बई म्यारथन क्वालिफाइ गरेको हुनपर्नेछ। रन विथ रोशनी फाउण्डेसनले त्यस मुम्बई म्यारथनमा लैजाने प्लेटफार्म तयार पारेको छ’ उनले भनिन्।
0 Response to "मई दिवसमा रन विथ रोशनको कालेबुङ म्यारथन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.