बिमल ममतासंग भेटन इच्छुक: जीटीए अध्यक्ष बिनय तामाङको उपस्थितिमा कुनै आपत्ति नहुने
क़ालिमन्युज, कालेबुङ 11 अप्रेल 2018: वर्तमान परिस्थितिमा बिमल गुरुङ प्रबल चापमा छन यसैले तिनीसंग अब अर्को विकल्प शुन्यप्राय रहेको कारण मुख्यमन्त्री ममता ब्यानर्जीसंग भेटनु मात्रै एउटा उपाय् बनेको छ। एक बंगला दैनिकको प्रथम पृष्ठमा प्रकाशित खबरले उक्त तत्थ्य उजागर गरेकोछ।
प्रकाशित समाचार अनुसार प्रबल चापमा परेका बिमल गुरुङ कोलकाता गई मुख्यमन्त्री ममता ब्यानर्जीसंग भेटन चाहन्छन्। गुरुङ यतिसम्म लाचार भएका छन कि उक्त भेट्को समय वर्तमान जीटीए (बीओए) अध्यक्ष बिनय तामाङको उपस्थिति भयो भने पनि उनको कुनै आपत्ति हुनेछैन । बिमल गुरुङले पश्चिम् बंगाल मुख्यमन्त्री ममता ब्यानर्जी अनि गृहमन्त्री राजनाथ सिंहलाई गुरुङले आफ्नो राजनैतिक दुत मार्फत यो मनाशय जाहेर गरेका छन। बंगला दैनिकका जयन्त घोषाल अनुसार यो सम्वाद मुख्य मंत्री ममता ब्यानर्जीसम्म पुगे पनि तिनले यस प्रस्तावलाई अहिल्यैनै स्वीकार भने गरेकी छैनन्। यता बिमल गुरुङले गृह मंत्री राजनाथ सिंहलाई यसमा मध्यस्थता गरिदिने अनुरोध गरेका छन ।
प्रकाशित समाचार अनुसार गत बर्षको गोर्खाल्यान्ड आन्दोलनकालमा मुख्यमन्त्रीले जसरी आइपरेको विकट परिस्थितिहरुको सामना गरे, बिनय तामाङलाई जीटीए पदमा राखेर बिमल गुरुङलाई दार्जीलिङ छोड्न वाध्य गराए त्यसको विरुद्ध बिमल गुरुङले साटो फेर्न चाहंछन भन्ने केन्द्रिय गृहमन्त्रालयको सुत्रले बताएको छ। यता राज्यले द्मनमूलक कार्य गर्यो भन्ने आरोप लगाएको मामिलामा बिमल गुरुङले सर्वोच्च न्यायालयमा हारको सामना गर्न पर्यो् । यो अवस्थामा गुरुङ समक्ष आत्मसमर्पण गर्नु बाहेक अर्को कुनै अन्य विकल्प नै छैन। यसको साथै गृहमन्त्रालय अनुसार बिमल गुरुङ विरुद्ध दुर्ंनीतिको मामिला यति धेरै छ जसको कारण बिमल गुरुङको पक्षमा रहेर् आक्रमक हुनु केन्द्रलाई खुबै कठिन छ।
तरैपनि बिमल गुरुङ समर्थनमा रहेका नेताहरु माझ पनि ममतालाई भेटने कुरामाथी मतपार्थक्य छ । एक पक्षको विचार अनुसार पहाडमा अहिले पनि धेरै संख्यामा बिमल समर्थकहरु छन्। अनि बिमल गुरुङ सोझै पहाडँमा आई आत्मसमर्पण गरि गिरफ्तार भए त्यसमा अधिक फाइदा हुनेछ।
गुरुङ लगभग 50 वर्ष पूगेका छन यसैले गुरुङले आत्मसमर्पण गरेर गिरफ्तार भए पनि भविष्यमा राजनीति गर्ने अवसर तिनले पाउनेछन। यधपी बिमल गुरुङ स्वयं आत्मसमर्पण गर्न इच्छुक छन् भन्ने सुत्रले जनाएको छ। तर मुख्यमन्त्री अनि गृहमन्त्रीबाट सकारात्मक उत्तर नपाए बिमल गुरुङले आत्मसमर्पणको बाटो प्रयोग गर्न सक्नेछन भन्ने संकेत पाएको खबर प्रकाशित भएको छ।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको कार्यकाल बडाउन असंवैधानिक हो भनी केन्द्रलाई बुझाउन बिमल गुरुङ अहिले पनि प्रयासरत छन।
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको स्थापनामा त्रीपक्षीय हस्ताक्षर गर्दा केन्द्र पनि थियो यसैले केन्द्र सरकारले इच्छा गरे यसमा केन्द्रले हस्तक्षेप गर्न सक्नेछ । तर राजनाथ सिंह स्वयं वर्तमान परोपेक्ष्यमा यस कुरामा हस्तक्षेप गर्ने पक्षमा छैनन।
यता बिमल गुरुङ पक्ष अनुसार भाजपा राष्ट्रिय अध्यक्ष अमित साहको निर्देशनमा नै राजनाथ सिंहले नचाहेर पनि दुईचोटि बिमल पंथीका नेताहरूसंग भेटन वाध्य भएका थिए । गृहमन्त्री स्वयंमले नचाहेको कारणहरुले बिमल गुरुङ क्षुब्ध छन्।
यस्तो समयमा बिमल गुरुङका प्रतिनिधिहरुले केन्द्रलाई यो बुझाउन चेष्टा गरे कि एकाधिक गुरुङ दलका सदस्यहरुले एनडीए छोडने निर्णय लिएता पनि बिमल समर्थकहरु अहिले पनि एनडीए कै समर्थनमा छन ।
यसैकारण राजनाथ सिहले जसरी भएपनि कोशिष गरेर बिमल गुरुङलाई फर्काई ल्याउन भन्ने बीजेपी अध्यक्ष अमित साह चाहंछन । किनभने बिनय समूहकाहरुले एनडीए त्यागेको कारणले २०१९मा हुने लोकसभा चुनावमा बीजेपीले दार्जीलिङको आसन हराउने सम्भावना छ।
यता तृणमुल कांग्रेस सुत्र अनुसार बिमल गुरुङलाई पहाडँमा फर्काउने अवसर दिएर् एनडीएलाई के पो फायदा हुन्छ र? बिमल गुरुङलाई दलमा लिन के बिनय तामाङ राजी होलान र? के मुख्यमन्त्रीले बिमललाई महत्व दिनेछन् र?
विशेष गरि सिक्किमका मुख्यमन्त्रीसंग ममताले समस्या समाधान गरेपछी बिमल गुरुङको महत्व अझै घटेको छ भन्ने समूहको भनाइ छ। यता प्रशासनको मत अनुसार राज्य ऐनको आधारमा ६ महिना गरेर जीटीएको कार्यकाल पटक पटक बडाइन सकिन्छ यसैले यो असम्वैधानिक हो भन्ने अभियोग सरासर गलत छ, प्रकाशित समाचारमा उल्लेख गरिएको छ ।
0 Response to "बिमल ममतासंग भेटन इच्छुक: जीटीए अध्यक्ष बिनय तामाङको उपस्थितिमा कुनै आपत्ति नहुने"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.