-->
प्लास्टिकको आँटामा केवल अफवाह मात्र –विभाग

प्लास्टिकको आँटामा केवल अफवाह मात्र –विभाग

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 19 मार्च। प्लास्टिकको आँटा केवल अफवाह मात्र रहेको विभागले दाबी गरेको छ। केहि समयदेखि चर्चामा रहेको प्लास्टिकको आँटा वास्तवमा प्राकृतिक गुणको रहेको विभागले बताएको छ। राशिनमा वितरण भएको आँटामा प्लास्टिक मिश्रण भएको कुरा केवल अफवाह मात्र रहेको भन्दै जनसाधारणले निर्धक्क बनेर आँटा खानसक्ने कालेबुङ जिल्ला खाद्य अनि सर्वराह विभागले बताएको हो। 

एकजना विभागीय अधिकारीले नाम उल्लेख नगरी बताएअनुसार अफवाह फैलिएपछि जनसाधारणकोबाट लिएर जाँचको निम्ति पठाइएको आँटालाई ल्याबमा परिक्षण गरेपछि नै सो निर्णय अघि आएको हो। अहिलेलाई उक्त आँटा परिक्षण गर्ने ल्याबबाट मौखिक रिपोर्ट आइसकेको छ भने चाँडै नै लिखित रिपोर्ट पनि विभागसम्म आइपुग्नेछ। उक्त रिपोर्टलाई लिएर सार्वजनिक रूपमा जनसाधारणलाई जानकारी गराइने भए तापनि उनले अहिलेलाई भने रिपोर्टमा कुनै  मिश्रण आँटामा रहेको नपाइएकोले जनसाधारणले निर्धक्क बनेर आँटा खानसक्ने बताए।

अधिकारीले थप जानकारी दिएअनुसार आँटामा 6 प्रतिशत ग्लुटेन हुनेगर्छ। यदि आँटालाई धेरै लामो समयसम्म धोए अन्तमा ग्लुटेन मात्र रहने गर्छ जुन प्लास्टिक जस्तो भएकाले मानिसहरूबीच भ्रम फैलिएको कारण आँटामा प्लास्टिक मिश्रण भएको अफवाह फैलिएको हो। आँटामा ग्लुटेन रहनु प्राकृतिक कुरा रहेको अनि यसलाई खानसकिने भएकाले जनसाधारणले अफवाहमा विश्वास नगरेर राशिनमा पाएको आँटा खानसक्ने उक्त अधिकारीले बताएका छन्।नु

प्रारम्भिक जाँचपछि नै आँटामा मिश्रण नरहेको अनि आँटालाई धुँदा प्लास्टिक जस्तो देखापर्नु ग्लुटेनको कारण रहेको बताउँदै यसै साताभित्र ल्याबबाट रिपोर्ट आउने अनि त्यसलाई पनि जनसाधारणसमक्ष सार्वजनिक गरिने उनले बताए।

उल्लेखनीय रहोस् गत केहि दिनअघि कालेबुङको कतिपय स्थानहरूमा राशिन दोकानबाट वितरण गरिएको आँटामा प्लास्टिक पाइएको घटना प्रकाशमा आएको थियो। विशेष रेली, मन्सोङ, बरबोट आदि क्षेत्रका मानिसहरूले राशिनको आँटा धुँदा अन्तमा प्लास्टिक जस्तो पदार्थ भेट्टाइएको अनि जलाउँदा प्लास्टिक जस्तै जल्ने गरेको कुरालाई लिएर खाद्य अनि सर्वराह विभागलाई यथाशीघ्र यस प्रकारको आँटा वितरण बन्द गर्न पर्ने अनि घटनाको उचित छानबीन गर्नुपर्ने माग राखेका थिए।  
विभागले तत्कालै आँटाको सेम्पल लिएर ल्याबमा परिक्षण गर्नको निम्ति पठाएको थियो भने रिपोर्टमा केहि नपाइएको अनि गहुँमा प्राकृतिक रूपमा हुने गरेको ग्लुटेनको कारण नै आँटा धुँदा त्यस प्रकारको प्लास्टिक जस्तो हुने गरेको विभागले बताएको छ। विभागले यसको ल्याब परिक्षणको रिपोर्ट चाँडै नै सार्वजनिक गर्ने पनि बताएको छ।

Related Posts

0 Response to "प्लास्टिकको आँटामा केवल अफवाह मात्र –विभाग"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.