-->
सिटी स्क्यान र एमआरआई सञ्चालन गर्नुपर्ने माग ...... करोडौँको सम्पत्ति कुहाउनु पाउँदैन – लोप्साङ तामाङ

सिटी स्क्यान र एमआरआई सञ्चालन गर्नुपर्ने माग ...... करोडौँको सम्पत्ति कुहाउनु पाउँदैन – लोप्साङ तामाङ

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 23 फरवरी।   कालेबुङ अस्पतालमा सरकारले करोडौँ रूपियाँ खर्च गरेर तयार पारेको सिटी स्क्यान अनि एमआरआई युनिट झट्ट सञ्चालनमा ल्याउनुपर्ने गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले माग गरेको छ। जनतालाई सुविधा प्रदान गर्नका निम्ति सरकारले करोडौँ खर्च गरेर निर्माण गरेको सिटि स्क्यान अनि एमआरआई युनिट सञ्चानलको माग गर्दै गोरामुमोले आज कालेबुङ शहरमा पोष्टरिङ समेत गरेको छ। ‘करोडौँ रूपियाँमा ल्याएको सिटी स्क्यान अनि एमआरआई मेसिन कुहाउन पाउँदैन’ भन्दै गोरामुमोले पोष्टरमा लेखेको छ।

नेशनल हेल्थ मिसनद्वारा कालेबुङ जिल्ला अस्पतालमा 12 करोडभन्दा अधिक धनराशी खर्च गरेर स्थापित गरेको डिजिटल एक्स-रे, सिटी स्क्यान अनि एमआरआई युनिट पूर्णरूपले सञ्चालनमा आए कालेबुङ जिल्लाका 2 लाख 50 हजार भन्दा धेर मानिसहरू लाभान्वित हुनेछन्। लगभग वर्षदिन अघि नै तयार पारिएको उक्त सिटी स्क्यान अनि एमआरआई युनिट भने आजसम्म सञ्चालनमा आएको छैन। जसको कारण सरकारले करोडौँ रूपिया खर्च गरेर स्थापित गरेको संसाधनको उपभोग जनताले गर्न पाएका छैनन्। पब्लिक प्राइभेट पाटनरसिपमा निर्मित उक्त एमआरआई मसिनलाई जीवन्त राख्नका निम्ति हिलियम ग्यासको आवश्यक पर्दछ। जुन हिलियम ग्यास एमआरआई मसिन सञ्चानल हुन अघिनै विभागले 30 लाख भन्दा अधिक खर्च गरेर भर्ने कार्य गरेको छ। जुन ग्यास अहिले पुन: समाप्ति हुन लागेको कारण पुन: विभागले 30 लाख भन्दा अधिक खर्च गरेर हिलियम ग्यास भर्नपर्ने अवस्था आइपरेको विशेष सुत्रले जानकारी दिएका छन्।

जनताका सुविधाको निम्ति 12 करोड भन्दा अधिक खर्च गरेर केन्द्र सरकारको नेशनल हेल्थ मिसन मार्फत् निर्मित उक्त सिटी स्क्यान अनि एमआरआई युनिटको आजसम्म सञ्चालनमा  नआएपछि आखिरमा गोरामुमो पार्टीले पोस्टरिङ गरेको हो। यस सम्बन्धमा गोरामुमो कालेबुङ जिल्ला समितिका सचिव लोप्साङ लामाले  पत्रकारहरुउसँग बोल्दै करोडौँ रूपियाँ खर्च गरेर स्थापित गरेर संसाधन जनताको निम्ति प्रयोगमा ल्याउनुपर्ने माग गरेका छन्। ‘करोडौँ खर्च गरेर ल्याइएको मसिनहरू कुहाउने कार्य गर्नुहुँदैन’ लोप्साङ तामाङले भने। ‘जनतालाई सुविधा दिनका निम्ति सिटी स्क्यान र एमआरआई मसिन जडान गरिए पनि त्यसको उपभोग जनताले गर्न पाएका छैनन्। यसकारण गोरामुमो पार्टीले जनतालाई सुविधा दिने कार्य झट्टै सञ्चालन गर्नुपर्छ भन्ने माग गर्दछौँ’ लोप्साङ तामाङले अझ भने।

यता उक्त मसिन सञ्चालन गर्नका निम्ति राज्य सरकारले अघिबाटै टेन्डर गरेपनि पहिलो टेन्डर भएपछि पहाडमा आन्दोलन भएको कारण टेन्डर गर्ने कम्पनी फर्केको सुत्रले जानकारी दिएको छ। यद्यपी हालमा पुन: राज्य सरकारले मसिन सञ्चालनको निम्ति टेण्डरको कार्य गरिसकेको अनि अब सञ्चालन गर्ने कम्पनीको चयनपछि उक्त मसिनहरू झट्टै प्रयोगमा आउने अस्पताल सुत्रले जानकारी दिएको छ।

Related Posts

0 Response to "सिटी स्क्यान र एमआरआई सञ्चालन गर्नुपर्ने माग ...... करोडौँको सम्पत्ति कुहाउनु पाउँदैन – लोप्साङ तामाङ"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.