-->
डुवर्सको चुनाव रोचक तर शांतिपुर्वक हुने सम्भावना

डुवर्सको चुनाव रोचक तर शांतिपुर्वक हुने सम्भावना

राजेश शर्मा, कालिमन्युज,  जयगाउॅ, 24 जुलाई 2013: डुवर्समा गोर्खा बहुल क्षेत्र रहेको प्रमुख स्थान कालचिनी हो। जसमा त्रिस्तरीय पन्चायत चुनाउ त्रिकोणीय हुने भएको छ। 
यस चुनाउमा भाग्य अजमाइ रहेका केन्द्र सरकारको सत्तारुड पार्टि कांग्रेस एवं पराज्यको सत्तारुड पार्टि तृणमुल कांग्रेस र अर्कोतिर दार्जीलिङ्को तिन पहाडी क्षेत्रमा गठित गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन चलाइरहेको सत्तारुड दल गोजमुमो माझ नै विषएश रुपले प्रतिद्वन्दिता हुने भएको छ। 
आज 25 जुलाईको दिन हुने पश्चिम बंगालको अन्तिम चरणको चुनावमा कालचिनी ब्लकको चुनाव ब्यवस्थाबारे खण्ड बिकाष अधिकारी चन्द्र सेन खातीले दिएको जानकारी अनुसार यस कालचिनी ब्लकमा जम्मा 11 वटा ग्राम पन्चायत छ भने 193 सेक्टरमा 228 वटा पुलिंग बुथ रहने छ। उक्त बुथहरुमा त्रिस्तरीय चुनाउ हुने भएकोले तिनवटा गरेर ब्यालट बक्स रहने छ। 
प्रत्येक बुथहरुमा पाच जना गरेर चुनाव अधिकारीहरु नियुक्त गरिएको छ भने सुरक्षाको निम्ति पुलिस बल चार जना गरेर तैनाथ राखिने छ। उक्त चुनाउको निम्ति अब्जर्भरको रुपमा सिद्धार्थ सौरभ सरकार लगायत एउटा टोली एमसिसि खटाईएको छ। जलपाईगडि जिल्लामा यसचोटी 2745 वटा पुलिंग बुथ छ । 
उक्त क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाइ राख्न जलपाईगडि जिल्ला साशक सहाकारी महापात्रले जनाए अनुसार जलपाईगडी जिल्लासंग संलग्न रहेका अंतर्राष्ट्रिय सिमाहरुलाई बंद गरिएकोछ जसको निम्ति एसएसबी र बीएसएफलाई नियन्त्रण् गर्ने जिम्मा दिइएकोछ। 
चुनाउ बुथहरुमा सुरक्षाको निम्ति राज्यका दस् हजार पुलिस कर्मीहरु र केन्द्रक 16 हजार केन्द्रिय बलका जवानहरु तैनाथ रहने छ। एकातिर यस क्षेत्रको कतिपय स्थानमा तृकोणीय प्रतिद्वन्दितामा बामफ्रन्ट पार्टि संगै आदिवासीहरुको झामुमो पनि सामेल छ। 
क्षेत्रिय पार्टीको रुपमा झारखण्डका नेता सिव सौरेनले र गोजमुमोका बिमल गुरुगले बिभिन्न क्षेत्रहरुमा पुगेर चुनाव प्रचार गरेका छन तथापि कसको पल्ला भारी भन्ने प्रश्नको उत्तर मतदाताहरुले आज दिएर सो प्रमाण दिनेछन।डुवर्समा क्षेत्रिय पार्टीको प्रभुत्व तथा गोजमुमोको 396 मौजा गोक्षेप्रमा अंतर्भुक्त गर्ने टेक र माग कतिसम्म प्रभावशाली र अकाट्य छ भन्ने पनि यही चुनावले प्रत्यक्ष प्रमाण दिनेछ। तथापी हार्ने गोरुको छेर्ने बानी भनेझै चुनाव परिणाम पछि चुनावमा हाररको बार सत्ताइसका आरोपहरुको धोइरो पनि आउने सम्भावना छ।

0 Response to "डुवर्सको चुनाव रोचक तर शांतिपुर्वक हुने सम्भावना"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.