-->
तृणमूल कङ्ग्रेसले दमनकारी नीति अप्नाउँदैछ – जिवेश सरकार

तृणमूल कङ्ग्रेसले दमनकारी नीति अप्नाउँदैछ – जिवेश सरकार

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 8 जनवरी। गोर्खाहरूलाई संविधान अनुसार सर्वोच्च स्वायत्त शाषण प्रणाली गठन गर्दिनुपर्ने मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) ले माग गरेको छ। यहाँको जगन्नाथ धर्मशालामा आयोजित माकपाको जिल्ला सम्मेलनमा भाग लिन गोर्खाहरूलाई संविधान अनुसार सर्वोच्च स्वायत्त शाषण प्रणाली गठन गर्दिनुपर्ने मार्क्सवादी कम्युनिष्ट पार्टी (माकपा) ले माग गरेको छ। यहाँको जगन्नाथ धर्मशालामा आयोजित माकपाको जिल्ला सम्मेलनमा भाग लिए कालेबुङ आइपुगेका माकपा दार्जीलिङ जिल्ला सचिव जिवेश सरकारले गोर्खाहरूलाई सर्वोच्च संवैधानिक शाषन प्रणाली दिनुपर्ने माग राखेका हुन्।
‘माकपाले भन्दैछ दार्जीलिङ कालेबुङ एवम् सम्पूर्ण पहाडको बिकास। अर्थात् गोर्खा जातिको विकास। त्यही कारण पहाडमा सर्वोच्च स्वायत्त क्षेत्रिय परिषदको गटहन हुनपर्छ। जुन स्वायत्त परिषद संविधान प्रदत्त हुनेछ’ माकपा दार्जीलिङ जिल्ला सचिव जिवेश सरकारले भने। यसक्रममा उनले गोर्खाहरूलाई भारत सरकारले भाषिक अल्पसंख्यकको मान्यता दिनुपर्ने पनि माग गरेका छन्। गोर्खाहरूको राष्ट्रिय राजनैतिक सुरक्षालाई भाषिक अल्पसंख्यकको मान्यताले समाधान हुनसक्ने बताउँदै केन्द्र सरकारले गोर्खाहरूलाई भाषिक अल्पसंख्यकको मान्यता दिनुपर्ने जिवेस सरकारले माग गरेका हुन्। ‘देशभरी बसोवास गर्ने गोर्खाहरूलाई भारत सरकारले भाषिक अल्पसङ्ख्यको मान्यता दिनुपर्छ’ उनले अझ भने। यसक्रममा उनले पहाडको वर्तमान स्थितिको जिम्मेवार तृणमूल कङ्ग्रेस रहेको आरोप लगाएका छन्। सोहीक्रममा जिवेश सरकारले भारतीय जनता पार्टी प्रति पनि कटाक्ष गर्दै कालेबुङमा माकपा जिल्ला समितिको गठन गर्ने पनि जानकारी दिएका छन्। ‘कालेबुङ जिल्ला गठन भएपछि कालेबुङ जिल्ला समिति गठन हुनेछ। त्यसपछि साङ्गठनिक कन्भेन्सनको आयोजनामा पूर्णतया जिल्ला कमिटिको गठन गर्नेछौँ’ जिवेश सरकारले भने।
उनले दार्जीलिङ पहाडको वर्तमान राजनैतिक अवस्थामाथि पनि टिप्पणी गरेका छन्। ‘पहाडको यो जुन जटिल स्थिति आयो यसको जिम्मेवार तृणमूल कङ्ग्रेस हो। पश्चिम बङ्गालको तृणमूल सरकारको दखलकारी नीति अनि विभ्रान्त नीतिको कारण नै आज पहाडको स्थिति जटिल भएको हो’ जिवेश सरकारले तृणमूल कङ्ग्रेस प्रति कटाक्ष गर्दै भने। 
यसक्रममा उनले चाँडो त्रिपक्षीय वार्ता हुनुपर्ने माग पनि गरेका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा भाजपा प्रति पनि कटाक्ष गरेका छन्।
‘भाजपाले चुनाउ आउँदा गोर्खाल्याण्ड हुन्छ भन्छ, जब चुनाउ सकिन्छ, सासंद बनिन्छ तब सासंद समेत पहाडमा हुँदैन, अहलुवालिया कहाँ छन्? भाजपाले गोर्खाहरूसित विश्वासघात गर्दैछ’ सरकारले भने। कालेबुङ आइपुगेका माकपा दार्जीलिङ जिल्ला सचिव जिवेश सरकारले गोर्खाहरूलाई सर्वोच्च संवैधानिक शाषन प्रणाली दिनुपर्ने माग राखेका हुन्।
‘माकपाले भन्दैछ दार्जीलिङ कालेबुङ एवम् सम्पूर्ण पहाडको बिकास। अर्थात् गोर्खा जातिको विकास। त्यही कारण पहाडमा सर्वोच्च स्वायत्त क्षेत्रिय परिषदको गटहन हुनपर्छ। जुन स्वायत्त परिषद संविधान प्रदत्त हुनेछ’ माकपा दार्जीलिङ जिल्ला सचिव जिवेश सरकारले भने।
यसक्रममा उनले गोर्खाहरूलाई भारत सरकारले भाषिक अल्पसंख्यकको मान्यता दिनुपर्ने पनि माग गरेका छन्। गोर्खाहरूको राष्ट्रिय राजनैतिक सुरक्षालाई भाषिक अल्पसंख्यकको मान्यताले समाधान हुनसक्ने बताउँदै केन्द्र सरकारले गोर्खाहरूलाई भाषिक अल्पसंख्यकको मान्यता दिनुपर्ने जिवेस सरकारले माग गरेका हुन्।
‘देशभरी बसोवास गर्ने गोर्खाहरूलाई भारत सरकारले भाषिक अल्पसङ्ख्यको मान्यता दिनुपर्छ’ उनले अझ भने। यसक्रममा उनले पहाडको वर्तमान स्थितिको जिम्मेवार तृणमूल कङ्ग्रेस रहेको आरोप लगाएका छन्। सोहीक्रममा जिवेश सरकारले भारतीय जनता पार्टी प्रति पनि कटाक्ष गर्दै कालेबुङमा माकपा जिल्ला समितिको गठन गर्ने पनि जानकारी दिएका छन्।
‘कालेबुङ जिल्ला गठन भएपछि कालेबुङ जिल्ला समिति गठन हुनेछ। त्यसपछि साङ्गठनिक कन्भेन्सनको आयोजनामा पूर्णतया जिल्ला कमिटिको गठन गर्नेछौँ’ जिवेश सरकारले भने।  उनले दार्जीलिङ पहाडको वर्तमान राजनैतिक अवस्थामाथि पनि टिप्पणी गरेका छन्। ‘पहाडको यो जुन जटिल स्थिति आयो यसको जिम्मेवार तृणमूल कङ्ग्रेस हो। पश्चिम बङ्गालको तृणमूल सरकारको दखलकारी नीति अनि विभ्रान्त नीतिको कारण नै आज पहाडको स्थिति जटिल भएको हो’ जिवेश सरकारले तृणमूल कङ्ग्रेस प्रति कटाक्ष गर्दै भने। 
यसक्रममा उनले चाँडो त्रिपक्षीय वार्ता हुनुपर्ने माग पनि गरेका छन्। उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा भाजपा प्रति पनि कटाक्ष गरेका छन्। ‘भाजपाले चुनाउ आउँदा गोर्खाल्याण्ड हुन्छ भन्छ, जब चुनाउ सकिन्छ, सासंद बनिन्छ तब सासंद समेत पहाडमा हुँदैन, अहलुवालिया कहाँ छन्? भाजपाले गोर्खाहरूसित विश्वासघात गर्दैछ’ सरकारले भने। 

0 Response to "तृणमूल कङ्ग्रेसले दमनकारी नीति अप्नाउँदैछ – जिवेश सरकार"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.