नाबालिका उत्पिडनको आरोपमा एक पक्राउ
आरोपित प्रसाद छेत्री |
पीड़िता 10 वर्षिय नाबालिकालाई शारीरिक उत्पिडन गरेको उनका पिताले कालेबुङ थानामा प्राथमिकी दर्ता गरेपछि पुलिसले आरोपित प्रसाद छेत्रीलाई पक्राउ गरेको हो। पीड़िताका पिता आरोपी राम शर्मा (परिवर्तित नाम)ले प्राथमिकीमा आफ्ना छोरी घरदेखि नजिकै एउटा दोकानमा केही सामाग्री किन्न गएको समयमा छिमेकी प्रसाद छेत्रीले उनलाई एकान्त ठाउँमा बोलाएर बलात्कारको प्रयास गर्दै शारीरिक उत्पिडन गरेको आरोप लगाएका छ्न।
कालेबुङ थानामा पीड़िता नाबालिकाका पिताले प्राथमिकी दर्ता गरेपछि पुलिसले आरोपितलाई पक्राउ गरेको हो। पक्रा परेका आरोपित प्रसाद छेत्री विरुद्ध पोक्सो कानुन अन्तर्ग्त मुद्दा दर्ता गरेर आज न्यायालयमा पेश गरिएको थियो भने उनलाई न्यायालयले न्यायिक हिरासतमा पठाएको छ।
0 Response to "नाबालिका उत्पिडनको आरोपमा एक पक्राउ"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.