-->
चिया श्रमिकवर्गको समस्याबारे केन्द्रिय वाणिज्य एवम् उद्योग मन्त्रीसँग भेटघाट

चिया श्रमिकवर्गको समस्याबारे केन्द्रिय वाणिज्य एवम् उद्योग मन्त्रीसँग भेटघाट

कृषक कल्याण सङ्गठनका महासचिव विष्णु छेत्री
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 9 जनवरी 2018। कालेबुङ कृषक कल्याण सङ्गठनले केन्द्रिय वाणिज्य एवम् उद्योग मन्त्री सुरेश प्रभुलाई भेट गरेर दार्जीलिङ पहाडका चिया श्रमिकवर्गको सामाजिक अनि आर्थिक विकासको पहल गर्नुपर्ने माग गर्दै केन्द्र सरकारले चियाकमानमा न्युनतम वेतन ऐन लागु गर्नुपर्ने माग गरेका छन्। 
चियाकमानमा रहेका कृषक कल्याण सङ्गठनका प्रतिनिधी टोलिलाई लिएर दिल्ली गएका सङ्गठनका महासचिव विष्णु छेत्रीले केन्द्रिय वाणिज्य एवम् उद्योग मन्त्रीको ध्यानाकार्षण गराएको जानकारी दिएका छन्। 
‘दार्जीलिङ चिया- ब्राण्ड भएको चियामात्रै पहाडबाट करोडौँ रूपियाँको विक्री गरिन्छ तर त्यहीँ चिया उत्पादन गर्ने श्रमिकवर्गको अवस्था भने सोंचनीय रहेका छन्। यसकारण पहाडमा चिया श्रमिकवर्गको सामाजिक अनि आर्थिक विकासको कार्य गर्नुपर्ने केन्द्रिय वाणिज्य एवम् उद्योग मन्त्रीसमक्ष माग राखेका छौँ’ विष्णु छेत्रीले भने। 
‘अङ्ग्रेजहरूले चियाकमान जस्तो छोडेर गएर त्यसपछि यता चिया श्रमिकहरूको आर्थिक विकासका निम्ति कार्य गरेको छैन। सोहिकारण चिया श्रमिकवर्गको आर्थिक अनि सामाजिक स्थितिको सर्वेक्षण गरेर वैधानिक आयोगको गठन गरेर चिया श्रमिक अनि चियाकमानको भविष्यलाई सुनिश्चित गर्नुपर्ने हाम्रो माग रहेको छ’ छेत्रीले अझ भने। 
उनले पत्रकारहरूलाई सम्बोधन गर्नेक्रममा भारत सरकारले न्युनतम रोजगार ऐन अनुसार तीनसय भन्दा अधिक दैनिक मजदुरी पाउनुपर्ने नियम बनाए पनि चिया श्रमिकवर्गमाथी भने उक्त ऐन लागु नभएको भन्दै सरकारले झट्टै न्युनतम रोजगार ऐन लागु गर्नुपर्ने माग गरेका छन्। उनले दिल्लीमा केन्द्रिय मन्त्रीसँगको भेटघाटमाचिया श्रमिकवर्गलाई सरकारले घर घरेडीको पर्चा पट्टा दिनुपर्ने माग गरेको पनि बताएका छन्। 
‘चिया श्रमिकवर्गका आफ्नै कोठेबारी छन्। उनीहरूलाई सरकारले किनारीकृत कृषकको मान्यता दिएर पर्चा-पट्टा दिनुपर्छ’ छेत्रीले भने। यसक्रममा कतिपय मालिकवर्गले चियाकमानहरू बन्द गरेर जाँदा चिया श्रमिकहरू समस्यामा पर्ने गरेको भन्दै यसबारे पनि सरकारले ठोस नीति निर्धारण गरेर कानुन बनाउनुपर्ने माग गरेको सङ्गठनका महासचिव विष्णु छेत्रीले बताएका छन्। 
सङ्गठनको पक्षबाट राखेको विविध मागहरूलाई लिएर केन्द्रिय मन्त्रीले उचित पहलको आश्वासन दिएको बताउँदै ‘हाई पावर कमिटि’ गठन गरेर कार्य गर्ने प्रतिश्रुती दिएको जानकारी दिएका छन्। यसका साथै सम्बन्धि विभागका सम्पूर्णका सचिवहरूसँग वैठक गरेर सम्पूर्ण विवरण लिने मन्त्रीले आश्वासन दिएको उनले बताएका छन्। सङ्गठनले गरेको उक्त पहल धेरै सकारात्मक भएको भन्दै यसले धेरै चिया श्रमिकहरूलाई फाइदा हुने दाबी गरेका छन्।

0 Response to "चिया श्रमिकवर्गको समस्याबारे केन्द्रिय वाणिज्य एवम् उद्योग मन्त्रीसँग भेटघाट "

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.