-->
बजेट सत्रमा जापले पुन: दिल्लीमुखी कार्यक्रम गर्ने

बजेट सत्रमा जापले पुन: दिल्लीमुखी कार्यक्रम गर्ने

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 8 जनवरी। संसदको शितकालिन सत्रमा राजधानी दिल्लीमा गोर्खाल्याण्डको आवाज चर्काएर पहाड फर्किएको जन आन्दोलन पार्टीले पुन: संसदको बजेट सत्रमा दिल्लीमुखी कार्यक्रम गर्ने घोषणा गरेको छ।"संसद चलो अभियान" अन्तर्गत राजधानी दिल्लीमा धर्ना प्रदर्शन गरेर कालेबुङ फर्केका डा. हर्कबहादुर छेत्रीले आज एउटा पत्रकार सम्मेलनको आयोजना गरेर बजेट सत्रमा पुन: दिल्लीमुखी कार्यक्रम गर्ने घोषणा गरेका हुन्। आगामी 29 जनवरीदेखि हुने बजट सत्रअवधि जापले दिल्ली गएर कार्यक्रम गर्ने भएको छ डा. हर्कबहादुर छेत्रीले पार्टी कर्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्। जापले संसद चलो अभियानमा दिल्लीमा विभिन्न राजनैतिक दलका सांसदहरूलाई भेट गरेर गोर्खाल्याण्डबारे समर्थन बटुल्न सकेको दाबी गर्दै शितकालिन सत्रमा गोर्खाल्याण्डको आवाज नउठे पनि बजेट सत्रमा गोर्खाल्याण्डको आव उठ्नेछ भनि विश्वास राखेको बताएका छन्।
 बिजिनेस एडभाइजरी कमिटीले बहसको मुद्दा तय गरेपछि मात्र त्यो मुद्दा संसदमा उठ्दो रहेछ। हामीले दिल्लीमा सांसदहरूलाई भेट गरेर कुराकानी गरेपछि धेरैले पुन: हामीलाई दिल्लीमा बोलाएका छन् अनि उनीहरूले गोर्खाहरूको समस्यालाई संसदमा उठाउने वचन पनि दिएका छन्’ डा. हर्कबहादुर छेत्रीले भने। उनले गोर्खाल्याण्डको निम्ति पहाडमा कार्यक्रम गर्न जति आवश्यक छ त्यसभन्दा धेर दिल्लीमा आवश्यक रहेको भन्दै यसपल्ट दिल्लीमा जाप कार्यकर्ताहरूले गरेको कार्यक्रमले धेरै प्रभाव पार्न सकेको दाबी पनि गरेका छन्। ‘धेरैले गोर्खाल्याण्डको निम्ति एकबद्ध भएर कार्य गर्नुपर्छ भन्छन्। हामीले एक भएरै 104 दिनको बन्द गरिसकेका छौँ। त्यस बन्दले हामीलाई उँभो होइन अझ उँधोतिर घचेटेर लगेको छ’ डा. छेत्रीले भने। त्यहीँ कारण आफुहरूले दिल्लीमा गएर संसदको सत्रमा गोर्खाहरूको समस्यामाथि सांसदहरूको ध्यानाकर्षण गर्न सक्षम बनेको बताएका छन्। ‘संसदमा आज गएर भोलि हाम्रो मुद्दाबारे बोलिदेउ भनेर सांसदलाई भनेर नहुँदो रहेछ। सत्र सुरु हुन अघिनै त्यसबारे एडभाइजरी कमिटिमा त्यस मुद्दा पुगेको हुनपर्दो रहेछ। यसपल्ट हामी चुक्यौँ तर बजेट सत्रमा पुन: गएर यसबारे कार्य गर्नेछौँ’ छेत्रीले अझ भने। उनले आगमी बजेट सत्रमा संसदमा गोर्खाहरूको राष्ट्रिय चिन्हारीको मुद्दा सँगै बङ्गाल सरकारले गोर्खाहरू माथि गरेको अत्याचारको आवज संसदमा उठ्ने विश्वास पनि व्यक्त गरेका छन्। उनले पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा पुलिसले राजनैतिक कार्यकर्ताको रूपमा कार्य गरिरहेको आरोप समेत लगाउन पछि परेनन्। सोहीकारण अलग राज्यको माग र पहाडको बिग्रँदो अवस्थाबारे केन्द्र सरकारले पदक्षेप लिनैपर्छ भन्ने उद्देश्यले जाप दिल्ली गएको डा. छेत्रीले स्पष्ट पारेका छन्।
उनले दिल्ली कार्यक्रमलाई सफल बताउँदै दिल्लीमा युवा प्रकोष्ठको धरणासितै कङ्ग्रेसतेलङ्गना राष्ट्रिय पार्टीसीपीआईएमभाजपा आदि दलका सासंदहरूसित भेटेर गोर्खाल्याण्ड र यहाँको अवस्थाबारे जानकारी गराउने काम गरेको पनि जानकारी दिएका छन्। दिल्लीमा जुन काम हामीले गरेर आयौँगर्नुपर्ने खास् काम पनि त्यही हो डा. छेत्रीले भने। उनले जुनै राजनैतिक दल दिल्ली गएपनि त्यहाँ निश्चित दल नभएर पहाडको प्रतिनिधिको रूपमा चिनिने गरेको भन्दै दिल्ली जाने दलहरूले ठिकसित गोर्खाल्याण्डबारे बुझाउन सक्नुपर्ने पनि बताएका छन्।

0 Response to "बजेट सत्रमा जापले पुन: दिल्लीमुखी कार्यक्रम गर्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.