-->
केन्द्र सरकारले आफ्नो अडान स्पष्ट पार्नुपर्छ – डा. हर्कबहादुर छेत्री

केन्द्र सरकारले आफ्नो अडान स्पष्ट पार्नुपर्छ – डा. हर्कबहादुर छेत्री

जाप कार्यकर्ताहरुसंग अध्यक्ष हर्क बहादुर छेत्री  केन्द्रसरकार विरुद्ध  दिल्लीको संसद मार्च कार्यक्रममा सडकमा प्रदर्शन धरना गर्दै
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 3 जनवरी 2018। ‘गोर्खाल्याण्डको मागमा 105 दिनको बन्द हुँदा बङ्गाल सरकारले आन्दोलनकारीहरूलाई यतिसाह्रो शोषण गरेर, खेदेर गणतान्त्रिक अनि संवैधानिक अधिकार माग्दा जेल समेत भरेर अन्याय गरिरहेको छ। यतिसाह्रो अन्याय हुँदा पनि केन्द्र सरकार भने मौन बसेको छ। गोर्खाल्याण्डको सन्दर्भमा त बोलेको छैन नै तर बङ्गालको अत्याचार विरुद्ध समेत बोलेको छैन। सोहिकारण हामी प्रधानमन्त्रीलाई यसैबारे अवगत गराउन चाहान्छौँ’ दिल्लीमा संसद मार्च कार्यक्रममा सहभागी हुन पुगेका जन आन्दोलन पार्टीका अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने। 
डा. छेत्री आज जाप कार्यकर्ताहरूद्वा गत 26 दिसम्बरका दिनदेखि राजधानी दिल्लीमा आयोजित संसद मार्च कार्यक्रममा सहभागी बन्न पुगेका थिए। यसक्रममा उनले पार्टी कार्यकर्ताहरूसँग सडकमा बसेर नै केन्द्र सरकार विरुद्ध छुट्टै राज्य गोर्खाल्याण्डको माग गर्दै नाराबाजी गरेका थिए। दार्जीलिङ, कालेबुङ, खर्साङ, मिरिक लगायत अन्य स्थानहरूबाट दिल्ली पुगेका कार्यकर्ताहरूसँगै जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले पनि सडकमा नै बसेर सरकार विरुद्ध प्रदर्शनमा भाग लिएका थिए। 
‘हामीले भारतीय जनता पार्टीमाथी विश्वास गरेर दुईचोटि सांसद समेत दिएका छौँ। दुईचोटी सांसद समेत दिँदा पनि केन्द्र सरकार भने मौन बस्नु दुख:द हो। यतिमात्र होइन गोर्खाल्याण्डकै निम्ति जनताले चुनेर पठाएका सांसद समेत बोलेका छैनन्। त्यहीँ कुराबारे केन्द्रको ध्यान आकर्षण गर्न धर्ना प्रदर्शनमा गरेका हौँ’ डा. हर्कबहादुर छेत्रीले अझ भने। उनले अहिलेघरी गोर्खाहरू अभिभावक नभएका मानिसहरू जस्तै भएको भन्दै अब दिल्लीको केन्द्र सरकारले मौन व्रत राख्नु नहुने बताएका छन्। 
‘केन्द्र सरकारले अब मौनव्रत तोडेर गोर्खाहरूमाथि भएको अन्याय अत्याचार विरुद्ध बोल्नुपर्छ अनि गोर्खाल्याण्डबारे आफ्नो अडान स्पष्ट पार्नुपर्छ’ डा. छेत्रीले अझ भने। उनले आफ्नो सम्बोधनको क्रममा पहाडका सांसद एस.एस आहलुवालीयामाथी पनि कटाक्ष गरेका छन्। 
उनले सांसदको मौनताबारे कटाक्ष गर्दै ‘अहिलेसम्म जनताले चुनेर पठाएका प्रतिनिधीहरू मध्ये सबैभन्दा निकम्मा प्रतिनिधी देख्दैछौँ’ भने। यसक्रममा उनले भारतका प्रधानमन्त्रीलाई गोर्खाल्याण्ड सम्बन्धि ज्ञाप चडाउने भन्दै प्रशासनले यसको व्यवस्था नगरेसम्म आफुहरू धरनाबाट नउठ्ने बताएका छन्। सोहीक्रममा उनले गोर्खाल्याण्ड सम्बन्धि लोकसभा अध्यक्षलाई पनि ज्ञापन चडाउने जानकारी दिएका छन्।

0 Response to "केन्द्र सरकारले आफ्नो अडान स्पष्ट पार्नुपर्छ – डा. हर्कबहादुर छेत्री"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.