-->
जिल्लापालले गरे नागरिक सेवाको उद्घाटन

जिल्लापालले गरे नागरिक सेवाको उद्घाटन

मोटर वेहिकल विभागको पक्षबाट रोड परमिट वाहनका मालिक गेछिरिङ सेङ्गालाई प्रदान 
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 3 जनवरी 2018। कालेबुङ मोटर वेहिकल विभागमा नागरिक सेवाको आज उद्घाटन गरिएको छ। जिल्लापाल डा. विश्वनाथले आज रिबन काटेर नागरिक सेवाको उद्घाटन गरेका हुन्। 
कालेबुङ जिल्ला गठन पछि स्थापित मोटर वेहिकल विभागमा नागरिकहरूलाई विभागद्वारा प्रदान गरिने सम्पूर्ण सेवाहरूबारे जानकारी प्रदान गर्नका निम्ति उक्त नागरिक सेवाको उद्घाटन गरिएको हो। 
कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादव, अतिरिक्त जिल्लापाल हरिशंकर पाणिकर, मोटर वेहिकल विभागका अधिकारी विश्वजित दास आदिको उपस्थितिमा जिलापाल डा. विश्वनाथले उक्त नागरिक सेवाको उद्घाटन गरेका हुन्। 
विशेष गरेर मानिसहरूलाई यानवाहनसँग सम्बन्धित आवश्यक कागज पत्र बनाउँन अथवा ड्राइभिङ लाइसेन्स बनाउँनलाई सोझै विभागमा सम्पर्क गर्न सकिने भन्दै कुनै पनि दलालको सहारा नलिनु भनि जिल्लापाल डा. विश्वनाथले बताएका छन्। 
‘जनतालाई सरकारी विभागको सेवा सहजतासँग उपलब्ध गर्नलाई मोटर वेहिकल विभागमा यसरी नागरिक सेवा उपलब्ध गरिएको हो। यहाँ वाहनसँग सम्बन्धित सम्पूर्ण जानकारीहरू उपलब्ध गरिएको छ। यान-वाहनसँग सम्बन्धित सम्पूर्ण कामकाज गर्नलाई साधरण मानिसहरूले तेस्रो व्यक्ति अर्थात् दलालीसँग टाडाबस्नुपर्नेछ। हामी उनीहरूलाई सम्पूर्ण सुविधा दिनलाई तयार छौँ’ जिल्लापाल डा. विश्वनाथले भने। 
यस अवसरमा डा. विश्वनाथले मोटर वेहिकल विभागको पक्षबाट रोड परमिट पनि वाहनका मालिक गेछिरिङ सेङ्गालाई प्रदान गरेका थिए। 
यता नागरिक सेवा उद्घाटन कार्यक्रममा सहभागी बनेका कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले पनि जनतालाई सरकारी सेवाको सुविधा सहजतासँग उपलब्ध गर्नलाई नागरिक सेवा सुरु गरिएको बताउँदै सरकारी कार्य गर्नलाई जनसाधरणले सोझै सम्बन्धित कार्यालयमा सम्पर्क गर्नुपर्ने आह्वान गरेका छन्।

0 Response to "जिल्लापालले गरे नागरिक सेवाको उद्घाटन"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.