-->
लय साङ्गीतिक टोलिको पहिलो प्रस्तुती – ‘धनुबाँसको मुरली’ सार्वजनिक

लय साङ्गीतिक टोलिको पहिलो प्रस्तुती – ‘धनुबाँसको मुरली’ सार्वजनिक

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 22 दिसम्बर। कालेबुङको ‘लय’-साङ्गीतिक समुहले म्युजिक भिडियो सार्वजनिक गरेको छ। 

कालेबुङका चर्चित सङ्गीत कर्मी स्व. ब्रायन मोक्तानद्वारा अनुप्रेरित बनि ‘लय’-साङ्गीतिक समुहले ‘धनुबाँसको मुरली’ लोक गीतलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ। ‘धनुबाँसको मुरली’ लाई लय साङ्गीतिक टोलिले एडिनबरा, युनाइटेड किङ्डमका चर्चिक सङ्गीतकार एवम् गायक तथा ध्वनी विशेषज्ञ ‘ब्रायन र्‍यामेज’ ले लाइभ रेकर्डिङ गरेको हो। उक्त गीतलाई उमेश ‘उपमा’ ले स्वर दिएक छन् भने लय साङ्गीतिक समुहले नै नयाँ ढाँचामा सङ्गीत संयोजन गरेर प्रस्तुत गरेको छ। 

सङ्गीतकर्मी एवम् गायक स्व. ब्रायन मोक्तानसँगै बास गिटारिस्ट केशर मोक्तान अनि लिड गिटारिस्ट राजु मोक्तानले धेरै वर्ष अघि टेप रेकर्डरमा घरैमा लाइभ रेकर्डिङ गरेर राखेको उक्त गीतलाई ‘लय’ साङ्गीतिक टोलिले नयाँ ढाँचामा प्रस्तुत गरेको लय-का लिड गिटारिस्ट डा. केसाङ बम्जनले बताएका छन्। 

‘धनुबाँसको मुरली’ लाई कालेबुङका सङ्गीतकर्मी स्व. ब्रायन मोक्तानले गाएको हामीले सुनेका हौँ। उनीसँगै केशर मोक्तान अनि राजु मोक्तानले उक्त गीत सन् 1977 मा पुरानो टेप रेकर्डरमा रेकर्ड गरेर राखेका थिए। जसलाई पछि उनी आफैले धेरै कार्यक्रमहरूमा गाउने गरेका थिए। त्यहीँ गीतलाई स्व. मोक्तानद्वारा नै अनुप्रेरित भई लय साङ्गीतिक टोलिले नयाँ ढाँचामा म्युजिक भिडियो निर्माण गरेर प्रस्तुत गरेको हो’ डा. केसाङ बम्जनले भने। 

लय साङ्गीतिक टोलिले प्रस्तुत गरेको उक्त म्युजिक भिडियोमा उनै स्व. ब्रायन मोक्तानका साङ्गीतिक सहकर्मी केशर मोक्तानले समेत प्रस्तुति दिएका छन्। केशर मोक्तानले उक्त म्युजिक भिडियोमा मर्चुङ्गा बजाएका छन्।

‘लय साङ्गीतिक टोलिले दार्जीलिङ पहाडका पुराना बिर्सिसकेका गीतहरूलाई नयाँ शैलीमा प्रस्तुत गर्ने योजना बनाएको छ। त्यहीँ योजना अनुसारनै धनुबाँसको मुरली म्युजिक भिडियो लय साङ्गीतिक टोलिको पहिलो प्रत्सुती हो’ टोलिका रिदम गिटारिस्ट सुधीर राईले भने। उनले आगमी दिनहरूमा अझ अन्य साङ्गीतिक प्रस्तुतीहरू पनि दिने बताएका छन्।

‘नयाँ शैलीमा नयाँ प्रस्तुती दिन आतुर थियौँ। धुनबासँको मुरली- म्युजिक भिडियो सार्वजनिक गरेर पुराना गीतलाई नयाँ शैलीमा नयाँ प्रस्तुती दिएका छौँ भन्ने सन्तुष्टि लागेको छ’ उमेश उपमाले भने।  
कालेबुङको नोभेल्टि सिनेमा हलमा पूर्णरूपले छायङ्कन गरिएको ‘धनुबाँसको मुरली’ म्युजिक भिडियोलाई अन्मोल गुरुङले भिडियोग्राफी गरेका छन्। माउन्टेन पिक्चर्सका अन्मोल गुरुङले नै उक्त म्युजिक भिडियोलाई सम्पादन अनि निर्देशन समेत गरेका छन्।

0 Response to "लय साङ्गीतिक टोलिको पहिलो प्रस्तुती – ‘धनुबाँसको मुरली’ सार्वजनिक"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.