
लेप्चा राजाको स्मरणमा सांस्कृतिक मिलन
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 21 दिसम्बर। । 'गेबू आछ्योक लेप्चाहरूको मात्रै होइन, हाम्रो पनि राजा हुन्। किनकि यो भूभागमा हामी एउटै छाताको करङ जस्तो बनेर बसेका छौं। जसको धरातल एकै हुन्छ,' मायलल्याङ लेप्चा डेभलोपमेन्ट बोर्डद्वारा आयोजित पुनो गेबू आछ्योकको स्मरण कार्यक्रम अवसरबीच आफ्नो सम्वोधन राख्दै मुख्य अतिथि तथा हिल सोशियल वेलफेयर सोसाइटीकी सचिव शोभा छेत्रीले भनिन्, 'लेप्चाहरूले शुरूदेखि अन्य जातिको भाषा र संस्कृतिको विकासको निम्ति पनि कार्य गरिरहेको छ।
समस्त जात गोष्ठीहरूको भाषा संस्कृतिलाई रोडम्यापमा ल्याउने कोशिश गरिरहेको छ। जो सबै भन्दा महत्वपूर्ण कुरा हो।'' उनले एमएलडीबी अध्यक्ष ल्याङसोङ तामसाङको कार्य कौशलताको प्रशंसा गर्दै काम गर्नेहरूले विज्ञापन गर्नु नपर्ने जनाउँदै राम्रो कार्यको सराहनाना समयमा हुँदै जाने बताइन्।
अन्तिम लेप्चा राजा गेबू आछ्योकलाई स्मरण गर्न आज कालेबुङको मेला ग्राउण्डमा पहाड़का एकदर्जन भन्दा अधिक जात गोष्ठीका प्रतिनिधिहरू भेला भएका थिए। जहाँ उपस्थित बोर्डका प्रतिनिधिहरूले लेप्चा राजाको स्मरण गर्दै एमएलडीबीले शुरूदेखि पहाड़का हरेक जात गोष्ठीहरूको भाषा,संस्कार र साहित्यको विकासमाथि भइरहेको कार्यमाथि वकालती गरिरहेका थिए। सोही कार्यक्रमलाई सम्वोधन गर्दै मायलल्याङ लेप्चा डेभलोपमेन्ट बोर्डका अध्यक्ष आथिङ ल्याङसोङ तामसाङले भने, 'पहाड़मा धेरैवटा जात गोष्ठीहरू छन्। जसको संस्कार र संस्कृति आफैमा सम्पन्न छ। यद्यपि क्षेत्रीय भाषा र संस्कृतिहरू जुन किसिमले विलोल हुँदै गइरहेको अवस्था थियो, त्यसैलाई मध्यनजर गर्दै हामीले यो एउटा मञ्च दिने कोशिश गरेका थियौं। जो लगातार रूपमा चलिरहेको छ। हरेक जातिको भाषा र संस्कार भनेको उसको परिचय हो। यसलाई बँचाएर युवा पुस्तामा हस्तानान्तरण गर्नु आवश्यक छ। यसो गरे पहाड़को कुनै पनि भाषा र संस्कृति मर्नु पर्दैन।' एउटा पीड़िले आफ्नो भाषा संस्कारलाई लत्याए हरदर तीसवर्ष पछि पर्ने जनाउँदै यसो कुनै पनि जातिले गर्नु नहुने बताए।
भोटिया डेभलोपमेन्ट बोर्डका अध्यक्ष पाल्देन भोटियाले पनि बोर्डहरूलाई राजनीतिदेखि अलग राखिनुपर्ने कुरामा जोर दिँदै बोर्डले विशुद्ध रूपमा भाषा,संस्कार र संस्कृतिको विकासमा काम गर्ने बताए। यता लिम्बु बोर्डका अध्यक्ष एनडी लिम्बुले पनि हरेक जातिको भाषा र संस्कारको अलग महत्व रहेको जनाउँदै बोर्डमार्फत सोही कार्यहरू भइरहेको बताए। दमाइ बोर्डका अध्यक्ष गंगासागर पञ्चकोटीले आफ्नो सम्वोधनको क्रममा राजनीतिले गर्न नसकेको काम जातिय बोर्डले गरिरहेको जनाए।
नेवार युवा संघका प्रतिनिधि रवि प्रधानले पनि एमएलडीबीको पहलको सराहना गर्दै यस मार्फत् आफूहरूले पनि मञ्च पाइरहेको बताए। तामाङ बोर्डका उपाध्यक्ष संजोग तामाङले पनि सम्वोधन गरेको कार्यक्रममा मंगर बोर्डका अध्यक्ष नवीन थापा, किराँती राई सांस्कृतिक संस्थानका प्रतिनिधि अरूण प्रकाश राई,बंगाली एसोसिएशनका डाक्टर डीटी रोय, पद्मश्री सोनाम छिरिङ, इल्टा अध्यक्ष दोर्जी टी लेप्चा आदिको पनि उपस्थिति रहेको थियो। इल्टा महासचिव रूमदेन लेप्चाले स्वागत सम्भाषण राखेपछि शुरू गरिएको कार्यक्रममा लेप्चा, तामाङ, सार्की, दमाइ, लिम्बु, मंगर आदि जातिका प्रतिनिधिहरूले प्रस्तुति दिएका थिए।
0 Response to "लेप्चा राजाको स्मरणमा सांस्कृतिक मिलन"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.