
पहाडमा टुरिजम फेस्टिभल ...... दिल्लीमा जापको संसद मार्च ..... संसदमा गोर्खाल्याण्डको आवाज उठ्नुपर्छ – टाँसी सेर्पा

संसदको शितकालिन सत्रमा गोर्खाल्याण्डको नाउँमा भोट जित्ने भाजपा सरकारले संसदमा गोर्खाल्याण्डको बिल ल्याएर चर्चा गर्नुपर्ने माग गर्दै जापले संसद चलो अभियान चलाएको हो। दार्जीलिङ, कालेबुङ, खर्साङ लगायत अन्य स्थानहरूबाट दिल्ली पुगेका जाप कार्यकर्ताहरूले आज छुट्टै राज्य गोर्खाल्याण्डको नाराबाजी गर्दै संसद मार्च गरेको थियो। जन्तर मन्तर नजिकदेखि सुरु भएको उक्त संसद मार्च कार्यक्रमलाई लिएर दिल्ली पुलिसले कडा निगरानी राखेको थियो।
छुट्टै राज्य गोर्खाल्याण्डको मागलाई संसदमा देशका सांसदहरूले बहसको मुद्दा बनाउँनुपर्ने माग गर्दै गोर्खाहरूको दिर्घकालिन मागलाई समाधान गर्नुपर्ने भन्दै सुरु भएको उक्त संसद मार्च र्यालीलाई दिल्ली पुलिसले संसद भवन पुग्न अगावै ब्यारिकेट लगाएर रोक्ने कार्य गरेको थियो। संसद भवनतर्फ बडीरहेको उक्त र्यालीलाई दिल्ली पुलिसले संसद भवनको गेट नम्बर – 2 मा रोकेपछी जाप कार्यकर्ताहरूले जोडदार नाराबाजी लगाएका थिए।

यसक्रममा जाप कार्यकर्ताहरूले पुलिसले लगाएको ब्यारिकेट तोड्ने कार्य गरेपछि पुलिसले उनीहरूमाथी लाठी चार्ज गरेको जाप प्रवक्ता टाँसी सेर्पाले जानकारी दिएका छन्। ‘गोर्खाल्याण्डको मागलाई लिएर जाप कार्यकर्ताहरूले संसद मार्च गर्दा पुलिसले रोक्ने कार्य गरेको छ।
यसक्रममा पुलिसले लगाएको ब्यारिकेट समेत तोडेर अघि बड्ने कोसिस गर्दा पुलिसले लाठीचार्ज सँगै जाप कार्यकर्ताहरूलाई पक्राउ समेत गरेको छ’ टाँसी सेर्पाले अझ भने। संसद मार्च गरिरहेका जाप कार्यकर्ताहरूलाई पुलिसले पक्राउ गरेर मन्दिर मार्ग पुलिस थानामा लगेको अनि समाचार लेखुँञ्जेलसम्म पनि उनीहरूलाई थानामा नै राखेको सेर्पाले अझ जानकारी दिएका छन्।
‘गोर्खाल्याण्डको मुद्दा दिल्लीको संसद भवनमा उठ्नुपर्छ। जबसम्म संसद भवनमा गोर्खाल्याण्डको आवाज उठ्दैन तबसम्म गोर्खाहरूको समस्या समाधान हुँदैन। यसैकारण जापले दिल्लीमा संसद मार्च गरेर सही ठाउँमा सही आवाज उठ्नुपर्छ भन्ने पहल गरेको हो’ जाप प्रवक्त टाँसी सेर्पाले भने। उनले आजसम्म गोर्खाल्याण्डको आवाजलाई कसैले पनि सही ठाउँसम्म पुर्याउने कार्य नगरेको भन्दै जापले गोर्खाल्याण्डको मुद्दालाई सही ठाउँमा पुर्याएर राष्ट्रभरी बहसको मुद्दा बनाएर समस्या समाधानको बाटो निकाल्ने प्रयास गरिरहेको पनि बताएका छन्। ‘संसद मार्चमा पुलिसले रोके पनि सरकारले गोर्खाल्याण्डको आवाजलाई रोक्न सक्दैन।
गोर्खाको सपमा मेरा सपना भन्ने प्रधानमन्त्रीले पनि संसदमा बोल्नुपर्ने समय आएको छ। हामी चाहन्छौँ गोर्खाल्याण्डको मुद्दालाई लिएर संसदमा बहस होस्’ जाप प्रवक्ता टाँसी सेर्पाले अझ भने।
यसक्रममा उनले संसद मार्च कार्यक्रममा चाँडै जाप चेली एकाईका कार्यकर्ताहरूसँगै सर्वोच्च नीति निर्धारण समितिका सदस्यहरूले पनि भाग लिने बताएका छन्। ‘जबसम्म संसदमा गोर्खाल्याण्डको आवाज उठ्दैन तबसम्म जापले संसद मार्च कार्यक्रम गरिरहनेछ। शितकालिन सत्रमा गोर्खाल्याण्डको आवाज उठेन भने हामी ग्रिष्मकालिन सत्रमा पुन: संसद मार्च गर्नेछौँ। हामी गोर्खाल्याण्डको मुद्दालाई सही ठाउँमा पुर्याउन थाकेर बस्नेछैनौँ’ टाँसी सेर्पाले अझ भने।
0 Response to "पहाडमा टुरिजम फेस्टिभल ...... दिल्लीमा जापको संसद मार्च ..... संसदमा गोर्खाल्याण्डको आवाज उठ्नुपर्छ – टाँसी सेर्पा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.