-->
आगलागीको कारण घर जलेर स्वाह

आगलागीको कारण घर जलेर स्वाह

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 29 डिसम्बर। कालेबुङ जिल्लाको अलगडा खण्ड अन्तर्गत सन्तुक बस्तिमा एउटा घर जलेर पूर्णरूपले नष्ट भएको छ। दिउँसो घरमा कोहि नभएको समय आगलागी हुँदा साम्याङ सुब्बाको घर जलेर खरानी भएको हो। 
मूल सन्तुक, लुङभुङ निवासी साम्याङ सुब्बाको घर दिउँसो चार बज्न लाग्दा जलेको थाह लागेको छ। आगलागीको कारण घर भित्रका केही सामाग्री निकाल्न समेत सकेन भने आगोले घर पूर्णरूपले नष्ट पारिदिएको छ। आगजनीको कारण अहिलेसम्म पत्तो लाग्न भने नसकेको थाह लागेको छ। एकमात्र सदस्य रहेको घर मालिक साम्याङ सुब्बा आफ्नो कार्यमा गएको समयमा घरमा आगलागी भएपछि आगोले घरलाई आफ्नो चपेटमा लिएर नष्ट बनाएको हो।
घरमा कोहि नभएको समय आगलागी भएपछि आवश्यक कागजपत्र सँगै सम्पूर्ण सम्पत्ति नै जलेर नष्ट भएको छ। आगलागीको कारण सम्पूर्ण घर जलेपछि लाखौँ रूपियाँको नोक्सानी भएको छ। आगलागीको कारण यसै वर्ष खेतमा परिश्रम गरेर उमारेको धान पनि जलेर स्वाह भएको छ। आगलागीको घट्ना गाउँलेहरूले थाह पाएपछि आगोलाई नियन्त्रणमा ल्याउने प्रयास गरेपनि आगोलाई काबुमा भने लिन नसक्दा सम्पूर्ण घर जलेर स्वाह भएको हो।

Related Posts

0 Response to "आगलागीको कारण घर जलेर स्वाह"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.