-->
‘दिल्ली चलो अभियान’- मा जन आन्दोलन पार्टी

‘दिल्ली चलो अभियान’- मा जन आन्दोलन पार्टी

डी.के.वाइबा, कालिमन्युज, कालेबुङ, 26 दिसम्बर। शितकालिन सत्रमा गोर्खाल्याण्डको मुद्दा संसदमा उठेर बहस हुनपर्छ भन्दै जापले यसचोटि पुन: संसद मार्च कार्यक्रम तयार पारेको छ। अघिबाटै जापले घोषणा गरेको दिल्ली चलो अभियानलाई साकार रूप दिँदै आजदेखि जाप कार्यकर्ताहरू दिल्ली हिँड्न सुरु गरिसकेका छन्। संसद मार्चको कार्यक्रम लिएर जाप युवा एकाईका सदस्यहरू दिल्ली प्रस्थान गर्न सुरु गरेको हो। पहिलो चरणमा दार्जीलिङ, कालेबुङ, खर्साङ लगायत विभिन्न स्थानहरूबाट संसद धर्नाको कार्यक्रम लिएर आज जाप युवा एकाईका धेरै कार्यकर्ताहरू दिल्ली प्रस्थान गरेका छन्। यसक्रममा चेली एकाई अनि सर्वोच्च नीति निर्धारण समितिका सदस्यवर्ग पनि चाँढै दिल्ली हिँड्ने तयारीमा रहेका छन्।

‘गोर्खा का सपना मेरा सपना’ भनि भाषण दिने प्रधानमन्त्री नरेन्द्र मोदी चुप छन्। गोर्खाल्याण्डकै मुद्दामा भोट जितेर जाने सांसद पनि चुप छन्। गोर्खाल्याण्डकै आन्दोलनमा यसपल्ट 13 जनाले आफ्नो प्राण त्याग गरे। यस्तो अवस्थामा पनि संसदमा आमाज उठ्न सकेन भने दुर्भाग्य हुनेछ। यसकारण जापले गोर्खाल्याण्डको मुद्दालाई संसदको शितकालिन सत्रमा उठेर बहस हुनपर्छ भन्ने अडान राखेको छ’ जाप अध्यक्ष डा. हर्कबहादुर छेत्रीले भने। 
‘तीन महिना बन्द अनि 13 जना सहिद हुँदा पनि भारत सरकारले हामीलाई भारतको नागरीक जस्तो व्यवहार गरेको छैन। उनीहरूले गोर्खाहरू माथिको अडान संसद भवनमा स्पष्ट पार्नुपर्छ’ डा. छेत्रीले अझ भने। यसभन्द आघि पनि आफुहरूले संसद घेराउको कार्यक्रम गर्दा पुलिसले सडकमा रोकेको भन्दै यसपल्ट पुन: केन्द्र सरकार समक्ष गोर्खाल्याण्डको आवाज पुर्‍याउन अनि संसदको शितकालिन सत्रमा बहसको मुद्दा बनाउन दिल्ली प्रस्थान सुरु गरेको डा. छेत्रीले बताएका छन्। 
उनले अहिलेसम्म गोर्खाल्याण्ड आन्दोलन विफल हुनमा कहिले नेतृत्व गर्ने गलत भएको अनि कहिले समय ठिक नभएको भन्दै कहिले ठिक ठाउँमा मुद्दाको उठान नै नभएको बताएका छन्। ‘साथीहरूले भित्ता ढक्-ढकाए। हामी दैले ढक्-ढकाउने पक्षमा छौँ। सोहिकारण संसदको यस शितकालिन सत्रमा यस मुद्दा उठेर बहस होस् भन्ने हाम्रो चाहना हो’ डा. छेत्रीले अझ भने। यसक्रममा सन् 2014 मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भनेको ‘गोर्खाको सपना’ अहिलेसम्म पुरा नगरेको बताए। उनले यसपल्टको दिल्ली यात्रामा पनि आफुहरूले छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ताको पहल गर्नुपर्ने माग गर्ने पनि बताएका छन्।


‘राज्य सरकारले यहाँ एउटा काउन्टर लिडरसिप तयार पारेको छ। राज्य सरकारले उसले एउटा चुनेको व्यक्तिलाई पदमा राख्यौँ भने गोर्खाल्याण्डको आवाज दबाउँन सक्छौँ भन्ने सम्झन्छ। तर त्यसरी दबाउँन सक्ने भए 110 वर्षसम्म यो मुद्दा जिउँदो रहने थिएन’ डा. छेत्रीले कुराकानीको क्रममा भने। उनले यसक्रममा विकासको मुद्दाले पनि गोर्खाल्याण्डको आकाङ्क्षालाई दबाउँन नसक्ने भन्दै राज्य सरकारले चाहीँ केही मानिसहरूको तयार पारेर बिकासको माध्यमबाट गोर्खाल्याण्डको आवाज दबाउँछु भन्ने दिवास्वप्न देखेको आरोप लगाएका छन्।

‘राज्य सरकारले बिकास गर्न पठाएका नेताहरूले हामी गोर्खाल्याण्ड ल्याउँछौँ भन्दैछन्। यहाँ गोर्खाल्याण्ड व्यापारको शब्द बनाउँदैछन्। जन आन्दोलन पार्टीले गोर्खाल्याण्डलाई व्यापारको मुद्दा बनाउँन दिनेछैन। हामी गोर्खाल्याण्डको गरिमालाई बचाएर दिल्लीमा धर्ना दिनेछौँ’ डा. छेत्रीले भने। यसक्रममा उनले बिनय तामाङ-अनित थापाहरू राज्य सरकारद्वारा नियुक्ति गरिएका सरकारी कर्मचारी भएको कारण उनीहरूले गोर्खाल्याण्डको मुद्दा उठान गर्न नसक्ने दाबी गरेका छन्। ‘बिनय तामाङ-अनित थापाहरू सरकारी कर्मचारी हुन्। सरकारी कर्मचारीले गोर्खाल्याण्डको कुरा गर्नै सक्दैन। यदि उनीहरू गोर्खाल्याण्ड भन्छन् भने उनीहरूले ढटुवारे मात्र बनिनेछन्’ छेत्रीले अझ भने। यस्तो अवस्थामा बरू राज्य सरकारले उनीहरूलाई विकास गर्नका निम्ति नियुक्ति गरेको कारण गोर्खाल्याण्ड भन्नका साटो विकास कार्यमा नै प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन्। ‘विकास गर्ने मौका पाएका समयमा विकासको कार्य नै गर्नुपर्छ। गोर्खाल्याण्ड भनेर जनतालाई ढाँट्ने कार्य गर्नुहुँदैन’ डा. छेत्रीले अझ भने।

Related Posts

0 Response to "‘दिल्ली चलो अभियान’- मा जन आन्दोलन पार्टी"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.