-->
कलेज 23 देखि मात्र लाग्ने

कलेज 23 देखि मात्र लाग्ने

गान्तोक,19 जुलाई। सिक्किम सरकारी महाविद्यालय तादोङ अब 23 जुलाईदेखि मात्र लाग्ने भएको छ। कलेजका प्राचार्य डा.एमपी खरेलले दिएको जानकारी अनुसार कतिपय प्राविधिक कारणले गर्दा 21 जुलाईको दिन कलेज नलागेर अब 23 जुलाईको दिन लाग्ने भएको हो। 23 जुलाईको दिन केवल तेस्रो र पाँचौ सेमिस्टरका विद्यार्थीहरूको मात्र कलेज लाग्नेछ भने भर्खर कलेज भर्ना भएका पहिलो सेमिस्टारका विद्यार्थीहरूको कक्षा 1 अगस्तदेखि मात्र सञ्चालन हुनेछ। प्राचार्य डा. खरेलले जनाए अनुसार कलेज आउँदा विद्यार्थीले पूरा कलेजको युनिङ्गर्म (हरियो कोट र स्वीटर)मा आउनु पर्नेछ भने आङ्गूसित कलेजको वैध परिचय पत्र लिएर आउनु पर्नेछ। कलेज युनिङ्गर्ममा नरहेका अनि परिचय पत्र नभएका विद्यार्थीलाई कलेजमा प्रवेशको अनुमति हुने छैन। अर्कोतिर राज्यको मानव संसाधन विकास विभागले आज एक सूचना जारी गरी सबै सरकारी कलेजहरू 23 जुलाईदेखि लाग्ने जनाएको छ। यद्यपि पहिलो सेमेस्टरको श्रेणी कक्षा 1 अगस्तदेखि मात्र शुरु हुनेछ। /div>

0 Response to "कलेज 23 देखि मात्र लाग्ने"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.