-->
छुरीले प्रहार गर्दा एक व्यक्ति गम्भिर घाईते

छुरीले प्रहार गर्दा एक व्यक्ति गम्भिर घाईते

डी के वाइबा, कालिमन्युज, कालेबुङ 19 जुलाई 2014। कालेबुङ महकुमा अस्पताल नजिक आज बिहान 10 बजेतिर यहाँको गुम्बाहट्टा निवासी सोनाम भोटीया (36)ले अचानक अर्पण राई(16)लाई छुरीले प्रहार गरेर घाइते बनाईदिएको छ। 
जानकारी अनुसार डब्ल्युबी 76 0405 पानी बोक्ने वाहन अप्पर गुम्बाहट्टामा पानी पुर्‍याएर फर्किएरहेको समयमा तलबाट मारुती अल्टो 74 सी 0629 उँभो आउदै थियो। तलबाट अल्टो आएरहेको देखे पछि पानी बोक्ने वाहनका चालकले आफ्नो वाहनलाई किनारा लगाएर अल्टो वाहनलाई बाटो छोडीदिएको थियो। तर उक्त अल्टोले किनारा लगाएर बाटो छोडीदिने पानीको वाहनलाई हिर्काए पछि चालकले किन यसरी सोझै हिर्कायौ ? भन्ने प्रश्न गरेका थिए। 
यसक्रममा मारुती अल्टोका चालक सोनाम भोटीया आफ्नो वाहनबाट झरेर पानी बोक्ने वाहनमा सवार वाहन मालिकका छोरा अर्पण राईलाई अचानक छोरीले प्रहार गरेर घाईते बनाईदिएपछी स्थिति तनावपूर्ण बनेको थियो। छुरीको प्रहारले अर्पण राईको पाखुरामा गहिरो चोट लागेको छ भने शरिरमा पनि चोट लागेको छ। यसरी अचानक छुरीले प्रहार गरे पछि आरोपी सोनाम भोटीयाले आफ्नो वाहन लिएर चम्पट कस्ने प्रयास समेत गरेको थियो भने यसक्रममा स्थानिय मानिसहरुले तिनालाई तत्काल पक्राऊ गरेर कुटपिट गरे। जसको कारण तिनी पनि घाईते भएका छन। 
यता उक्त घट्नाको जानकारी पाउँनसाथ पुलिसकर्मी घट्ना स्थलमा आईपुग्दा आरोपी भोटीयालाई आक्रोशित जनताले कुटपिट गरेर घाईते बनाईदिएको थियो। जसको कारण पुलिसले आरोपीलाई आफ्नो अधिनमा लिएर कालेबुङ महकुमा अस्पताल उपचारको निम्ति भर्ना गरिदिएको छ। 
यता छुरीको प्रहारले घाईते भएका अर्पण राईलाई पनि कालेबुङ महकुमा अस्पातालमा भर्ना गरिएको छ। उक्त घट्ना समबन्धि समाचार लेखुञ्जेलसम्म कालेबुङ थानामा आरोपी भोटीया बिरुद्ध प्राथमिकी दर्ता भएको थिएन भने आरोपी भोटीयालाई अस्पतालमा कडा पुलिस निगारानीमा राखिएको छ।

0 Response to "छुरीले प्रहार गर्दा एक व्यक्ति गम्भिर घाईते"

Post a Comment

Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.

Note: only a member of this blog may post a comment.