-->
प्रशासनले पक्षपातपूर्ण नीति अप्नाएको गोर्खालिगको आरोप

प्रशासनले पक्षपातपूर्ण नीति अप्नाएको गोर्खालिगको आरोप

डी के वाइबा, कालिमन्युज,  कालेबुङ 16 नोभेम्बर। अखिल भारतीय गोर्खालिग पार्टीका नव नियुक्त अध्यक्ष एस.के प्रधान पार्टीका संस्थापक अध्यक्ष स्व. डम्बरसिंह गुरुङको घरमा पुगेका थिए। यहाँको 11 माइलमा अवस्थित स्व डम्बर सिंह गुरुङको घर पुगेर एस.के प्रधानले स्व गुरुङको समाधिमा खदा माला अर्पण गरेर श्रद्धाञ्जली चडाउँनका साथै पार्टी नेतृत्ववर्गसँग वैठक समेत गरेका थिए। 
यसक्रममा उनले स्व. डम्बर सिंह गुरुङले देखाएको बाटोमा हिँड्ने प्रतिबद्धता समेत जाहेर गरे। 15 मई 1943 सालमा स्व. डम्बरसिंह गुरुङले गोर्खालीग पार्टी गठन गरेर भारतभरिका गोर्खाहरूलाई एकत्रित गर्ने सपना देखेको बताउँदै एस.के प्रधानले भारतीय गोर्खाहरूलाई एकबद्ध पार्ने सपना पुरा गर्ने बताएका छन्। 
उनले छुट्टै राज्य गोर्खाल्याण्डको मागमा आगमी 24 नोभेम्बरका दिन गोर्खाल्याण्ड संघर्ष समितिद्वारा आयोजना गरिरहेको संसद मार्च अभियानमा गोर्खालिग पार्टीले सहभागीता जनाउने स्पष्ट पारेका छन्। पार्टीको अध्यक्ष बनेपछि प्रधान आज पहिलोचोटि कालेबुङ आइपुगेका हुन्। यसक्रममा पत्रकारहरूसँग बोल्दै उनले पहाडको वर्तमान परिस्थितिममा प्रशासनको कोल्टे नीति अप्नाएको आरोप समेत लगाए। प्रशासनकै कोल्टे नीतिको कारण गोर्खालिगको दार्जीलिङमा जनसभा गर्ने अनुमति समेत नपाइरहेको उनले आरोप लगाए।
यसै सन्दर्भमा गोर्खालिग महासचिव प्रताप खातिले पनि पहाडमा गोर्खालिगले जनसभा गर्न नपाउनुमा प्रशासनप्रति प्रश्न तेर्साएका छन्। ‘ममतासित हुनेहरूले जनसभा गर्ने अनुमति पाउँछ तर गोर्खालीगले किन पाउँदैन? अनीत थापा अनि विनय तामाङहरूले जनसभा गर्ने अनुमति पाउँदा गोर्खालीगलाई किन जनसभा गर्ने अनुमति दिँदैन?’ खातिले प्रश्न गरे। 
गोर्खालिगले दार्जीलिङमा जनसभा गर्न तीनपल्ट प्रशासनलाई अनुमति माग्दा पनि नदिएको अझ आरोप लगाएका छन। ‘गोर्खालीगलाई पनि अफर आएको थियो तर गोर्खालीगले जनताको आकांक्षासित विश्वासघात गर्न चाहेन। हामीले जनतालाई धोका दिने हाम्रै साथीहरूलाई पनि निकाल्यौँ, जसले जातिलाई धोका दिन्छ हामी सहँदैनौँ’ प्रताप खातिले भने। उनले गोर्खाल्याण्ड माग्ने जनतालाई विनय-तामाङ अनि अनीत थापाहरूले धोका दिएको आरोप लगाउँदै यसको परिणाम उचित नहुने भन्दै सुवास घिसिङ र विमल गुरुङको अवस्थाहरूबारे उदाहरण दिए। 

Related Posts

0 Response to "प्रशासनले पक्षपातपूर्ण नीति अप्नाएको गोर्खालिगको आरोप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.