-->
बङ्गालसित मिलेर नै काम गर्नेछौँ,  ‘कालेबुङमा पिउने पानीको समस्या समाधान गर्ने कार्य गर्नेछौँ।अनित थापा... कालेबुङलाई विमल गुरुङले शक्तिहिन बनाउने कार्य गरेको आरोप

बङ्गालसित मिलेर नै काम गर्नेछौँ, ‘कालेबुङमा पिउने पानीको समस्या समाधान गर्ने कार्य गर्नेछौँ।अनित थापा... कालेबुङलाई विमल गुरुङले शक्तिहिन बनाउने कार्य गरेको आरोप

अनित थापा कालेबुङको मोटर स्ट्याण्डमा आयोजित जनसभालाई सम्बोधन गर्दै
डी.के. वाइबा, कालिमन्युज,   कालेबुङ 9 नोभेम्बर। ‘यो बङ्गालभित्रको व्यवस्था जीटीए वोर्ड अफ् एडमिनिस्ट्रेसन मागेका छौँ, यसलाई हामी बङ्गालसँग मिलेर नै चलाउँछौँ। जनतालाई ढाँटेर हामी राजनीति गर्दैनौँ। गोर्खाल्याण्ड मेरो आइडोलोजी हो, त्यसलाई पनि हामी छोड्नेछैनौँ। हामी समानान्तर रूपले अघि बड्नेछौँ। जनतालाई ढाँटेर राजनीति गर्ने हाम्रो योजना छैन’ उक्त कुरा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष एवम् गोजमुमो पार्टीका विवादित नेता अनित थापाले कालेबुङको मोटर स्ट्याण्डमा आयोजित जनसभालाई सम्बोधन गर्दै भनेका हुन्। 
आफ्नो राजनैतिक जीवनमा पहिलोचोटी कालेबुङमा जनसभालाई सम्बोधन गर्ने अनित थापाले गोजमुमो अध्यक्ष बिमल गुरुङको नाउँ नलिइ आजसम्म उनले जनताको भीड देख्नसाथ गोर्खाल्याण्ड भन्दै भाषण दिएको कारणनै जनताले धेर दु:ख पाएको दाबी समेत गरे। ‘जीटीए गोजमुमोले बङ्गालभित्रको व्यवस्था भनेर नै स्वीकार गरेको हो। बङ्गालभित्रको व्यवस्था स्वीकार गरेर नेताहरू भने निलो बत्ति बालेर हिँडे तर जनतालाई भने जहिले पनि गोर्खाल्याण्ड भनेर सडकमा नै राख्यो। सोहिकारण जनताले अहिलेसम्म दु:ख पाएका हुन्’ अनित थापाले विमल गुरुङप्रति सङ्केत गर्दै भने।
यसक्रममा उनले कालेबुङलाई विमल गुरुङले शक्तिहिन बनाउने कार्य गरेको आरोप लगाउँदै आफुहरूले कालेबुङलाई स्वतन्त्ररूपले कार्य गर्ने अवसर प्रदान गरेको समेत बताए।
‘गोर्खाल्याण्ड हामीले गणतान्त्रिक सोंच राखेर मागिरहेका थियौँ। तर, जब आफ्नै ठाउँमा बम पड्किन थाल्यो अनि बन्दुक पक्रिन थाल्यो यसले हाम्रो जातिलाई खाडलमा हाल्नेछ भन्ने लाग्यो। यतिबेला म बिमल गुरुङको हनुमान भएर बस्नुहुँदैन, यदि बिमल गुरुङको हनुमान भएर बसे आफ्नो गोर्खा जाति खाडलमा पस्नेछ भन्ने लागेपछि मैले उक्त घट्नाहरूको विरोध गरेको हुँ’ अनित थापाले बिमल गुरुङको टिप्पणी गर्दै भने। यसक्रममा उनले विमल गुरुङ आन्दोलन प्रति स्पष्ट नभएको पनि आरोप लगाए। ‘नेताको सोंच स्पष्ट हुनपर्छ। जनतालाई गोर्खाल्याण्ड भन्न लगाएर नेताले घरी गणतान्त्रिक आन्दोलन गर्छु भन्छ अनि घरी बन्दुकको लडाईँ गर्छु भन्छ। यस्तो कुराले गोर्खाको भविष्य कता पुर्‍याँछ?’ उनले बिमल गुरुङको आन्दोलनको प्रक्रिया ठिक नभएको बताउँदै यस्ता नेताको पछि जनता लाग्न नहुने अपिल गरे।
जनसभालाई सम्बोधन गर्नेक्रममा थापाले जन आन्दोलन पार्टी अध्यक्ष डा. हर्कबहादुर छेत्रीको प्रशंसा समेत गर्न पछि परेनन्। उनले आफुहरूले कसैलाई गाली गर्ने राजनीति नगरेको भन्दै डा. हर्कबहादुर छेत्रीको तार्किक क्षमताको प्रशंसा गरेर सुझावको निम्ति अपिल समेत गरे। ‘डा. हर्कबहादुर छेत्रीको तार्किक क्षमता छ। त्यसलाई सम्मान गर्नै पर्छ। हामी उनलाई सुझाव माग्छौँ। उनले दिएका राम्रा सुझावहरूलाई हामी काममा लगाउनेछौँ’ थापाले भने। यसक्रममा दार्जीलिङका पूर्व विधायक त्रिलोक देवान पनि राम्रा व्यक्ति भएको भन्दै उनलाई पनि सुझाव दिनुपर्ने आग्रह गरे। उनले कालेबुङबाट आफुहरूलाई सुरुदेखिनै गोजमुमो पार्टीका जिल्लाध्यक्ष डा. आर.बी भुजेलले साथ दिएको दाबी गर्दै अब उनले खुलेर साथ दिने समय आएको पनि बताए। यसक्रममा उनले कालेबुङका पूर्व सभासदहरूलाई पनि सही निर्णय लिएर आफुहरूलाई साथ दिनका निम्ति निर्णय गरेर अघि आउनुपर्ने आह्वान गरे।
कालेबुङका जनतालाई पहिलोचोटी जनसभाबाट सम्बोधन गर्ने अनित थापाले कालेबुङमा पिउने पानीको समस्या जटिल रहेको बताउँदै उक्त समस्यालाई जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनको पक्षबाट समाधान गर्न झट्टै पहल गर्ने बताए। ‘कालेबुङमा पिउने पानीको समस्या समाधान गर्ने कार्य गर्नेछौँ। यसबारे झट्टै विभागीय अधिकारी, विभिन्न संघ संस्था, विपक्षी राजनैतिक दलका प्रतिनिधीवर्गसँग वैठक गर्नेछौँ। वैठक पछि सबैको सुझाव लिएर पिउने पानीको समस्या समाधान गर्न काम गर्नेछौँ’ थापाले भने। सोहिक्रममा थापाले कालेबुङ नगरपालिकाका निर्वाचित 22 जना पार्षदहरूसँग हिज एउटा वैठक गरेको दाबी गर्दै कालेबुङ नगरपालिकाले पनि आफुहरूलाई समर्थन गरेको दाबी गरे। ‘कालेबुङ नगरपालिकाका मोठ 22 जना नगर पार्षदहरूले हाम्रो सोंचलाई समर्थन गरेका छन्। उनीहरूले भोलि पत्रकार सम्मेलन गरेर यसबारे घोषणा गर्नेछन्’ अनित थापाले दाबी गरे।

Related Posts

0 Response to "बङ्गालसित मिलेर नै काम गर्नेछौँ, ‘कालेबुङमा पिउने पानीको समस्या समाधान गर्ने कार्य गर्नेछौँ।अनित थापा... कालेबुङलाई विमल गुरुङले शक्तिहिन बनाउने कार्य गरेको आरोप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.