-->
गोजमुमो बिनय गुटको शक्ति प्रदर्शन कालेबुङमा.... गोर्खाल्याण्डको गाडीलाई पातलेबाँसको घुम्तिबाट तल झार्ने कार्य गरेको आरोप

गोजमुमो बिनय गुटको शक्ति प्रदर्शन कालेबुङमा.... गोर्खाल्याण्डको गाडीलाई पातलेबाँसको घुम्तिबाट तल झार्ने कार्य गरेको आरोप

अनित थापा जनसभालाई सम्बोधन गर्दै
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 9 नोभेम्बर। गोर्खा जनमुक्ति मोर्चा बिनय तामङ एवम् अनित थापा समुहले कालेबुङमा पहिलोचोटी आफ्नो शक्ति प्रदर्शन गरेको छ। कालेबुङको मोटर स्ट्याण्डमा एउटा जनसभा आयोजना गरेर बिनय समुहको पहिलो शक्ति प्रदर्शन भएको हो। यस अवसरमा जीटीए बोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष एवम् गोजमुमो पार्टीका विवादित नेता अनित थापा मुख्य वक्ताका रूपमा उपस्थित बनेका थिए। 
बिनय तामङ समुहको पहिलो जनसभालाई लिएर मानिसहरूमा अघिबाटै व्यापक कौतुहलता छाएको थियो। यस्तो अवस्थामा बिमल गुरुङको समर्थनमा बसेका पार्टीका शिर्षस्थ नेताहरूको जनसभामा उपस्थिति हुने हो होइन भन्ने पनि मानिसहरूको जिज्ञासा रहेको थियो भने बिमल गुरुङ समुहका नेताहरूले भने उक्त जनसभामा आफ्ना उपस्थिति दिएनन्। जनसभामा विभिन्न स्थानबाट मानिसहरूको उपस्थिति रहेको थियो भने गोजमुमो पार्टीको विगतका अन्य जनसभाहरूको तुलनामा भने यसपल्ट मानिसहरूको उपस्थिति घटेको थियो। यद्यपी कालेबुङमा सम्पन्न पहिलो जनसभामा मानिसहरूको उपस्थिति भने सन्तोषजनक नै रहेको थियो।
गोजमुमो पार्टीका केन्द्रिय समिति सदस्य नोर्देन लामाको अध्यक्षतामा सम्पन्न भएको उक्त जनसभा सुरु हुन साथै स्टेज भत्किएपछि केहिक्षण मानिसहरू आतङ्कित बनेका थिए। अध्यक्ष नोर्देन लामा अनि अन्य नेतृत्ववर्गले महात्मा गान्धीको तस्वीर अघि दीप प्रज्ज्वलन गरिरहेको समयमा एकाएक स्टेट भाँचिन्दा स्टेजमा रहेका नेताहरू लडेका थिए। यद्यपी कसैलाई चोटपटक भने लागेन। 
एकाएक पहिलो जनसभाको स्टेज नै भाँच्चिएको उक्त खबर सम्पूर्ण सोसियल मिडियाहरूमा भाइरल नै बनेको छ। यद्यपी पछिबाट उक्त स्टेज भत्किनु राजनैतिक जीवनमा शुभ सन्देश रहेको जीटीए बोर्ड अफ् एडमिस्ट्रेसनका सदस्य सञ्चबीर सुब्बाले दाबी गरेका छन्। जनसभालाई छिरिङ दाहाल, सञ्चबीर सुब्बा, सन्दिप कुलुङ, बिनय घिसिङ, प्रविण रहपाल, नोर्देन लामा आदिले पनि सम्बोधन गरेका थिए। यसक्रममा जनसभामा मुख्य वक्ताका रूपमा उपस्थित अनित थापाले आफुहरूले जनताको भीड देख्नसाथ गोर्खाल्याण्ड भनेर ढाँट्ने राजनीति नगर्ने दाबी गर्दै आफुहरू बङ्गाल सरकारसँग मिलेर जीटीएको बोर्ड अफ् एडमिनिस्ट्रेसन सञ्चालन गरेर जनताको निम्ति आधारभुत विकासका कार्यहरू गर्दै छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बडाउँने प्रतिबद्धता समेत जाहेर गरेका छन्।
जनसभालाई सम्बोधन गर्नेक्रममा सञ्चबिर सुब्बाले गोजमुमो अध्यक्ष विमल गुरुङलाई जनताले 2007 देखि नै साथ दिँदै आए पनि 2017 मा गोर्खाल्याण्डको गाडीलाई पातलेबाँसको घुम्तिबाट तल झार्ने कार्य गरेको आरोप लगाए। ‘बिमल गुरुङले 2007 देखि चलाएको गोर्खाल्याण्डको गाडी 2017 मा आइपुग्दा पातलेबाँसको घुम्तिबाट उठ्नै नसक्नेगरी तल झारेको छ। अब यो गाडी उनले सडकमा ल्याउन सक्दैनन्। रक्सि पिएको चालकले जस्तो गाडी हाँकेको हाँकेको गर्दा यस्तो अवस्था आइपुगेको हो’ सञ्चबिर सुब्बाले भने। यसक्रममा बिमल गुरुङसँग गोर्खाल्याण्ड निर्माण गर्ने क्षमता नभएको दाबी गर्दै उक्त कुरा बुझेपछि नै बिनय तामङ अनि अनित थापाहरू अघि आएको अनि आफुले पनि साथ दिएको दाबी गरे।

Related Posts

0 Response to "गोजमुमो बिनय गुटको शक्ति प्रदर्शन कालेबुङमा.... गोर्खाल्याण्डको गाडीलाई पातलेबाँसको घुम्तिबाट तल झार्ने कार्य गरेको आरोप"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.