
फिफा फुटबलको फिभर कालेबुङमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरू जन्मनुपर्छ – अजित सिंह यादव
डीके वाइबा, कालिमन्युज, कालेबुङ 9 अक्टोबर। ‘कालेबुङबाट एकाधिक प्रतिभाशाली खेलाडीहरू जन्मिसकेका छन्। बिभिन्न खेलको माध्यमबाट कालेबुङका खेलाडीहरूले राष्ट्रमा नै नाउँ रोशन गरिसकेको छ। भविष्यमा कालेबुङ जिल्लाबाट आजका युवाहरूबाट प्रतिभाशाली खेलाडीहरू जन्मन सकोस् जसले देशलाई नै प्रतिनिधि गर्न सके हाम्रो उद्देश्य पुरा भएको ठान्नेछौँ’ उक्त कुरा कालेबुङ जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले भनेका हुन्।
यहाँको मेला ग्राउण्डमा आज कालेबुङ पुलिसको आयोजनामा सम्पन्न फिफा अण्डर 17 विश्वकप फुटबल प्रतियोगितालाई मध्यनजर राखेर बिभिन्न संघ-संथा अनि स्कुलहरूलाई फुटबल वितरण कार्यक्रम सम्पन्न भएको थियो। कालेबुङ पुलिसको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पश्चिम बङ्गाल सरकारको खेल श्री योजना अन्तर्गत युवा खेलविभागद्वारा उक्त फुटबल वितरण गरिएको हो। यस अघि कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला पुलिस अधिक्षक अजित सिंह यादवले अहिलेसम्म कालेबुङबाट जन्मिएका राष्ट्रिय अनि अन्तराष्ट्रिय खेलाडीहरूको नाउँ पनि बताए।
‘भारतले पहिलोपल्ट फिफा विश्वकप अण्डर 17 मा भाग लिइरहेका छन्। यसपल्ट सम्पन्न भइरहेको विश्वकप फुटबलमा कालेबुङका खेलाडीहरू नभए पनि भविष्यमा यस जिल्लाबाट विश्वस्तरीय खेलाडीहरू जन्मस सकोस् भन्ने हामीले उद्देश्य राखेका छौँ। कालेबुङ जिल्लाबाट विश्वस्तरीय खेलाडीहरू जन्मेको दिन मात्र आज हामीले फुटबल वितरण गरेको कार्य सफल भएको ठान्नेछौँ’ पुलिस अधिक्षक यादवले अझ भने।
उनले युवाहरूलाई खेलप्रति जागरूक बन्ने आह्वान गर्दै ‘यो फुटबल वितरण एउटा कार्यक्रम मात्र होइन्, तर एउटा सपना पनि हो। कालेबुङ जिल्लाका खेलाडीहरू अन्तराष्ट्रिय स्तरमा पुगेको दिन हाम्रो सपना पुरा हुनेछ’ यादवले अझ भने। उनले खेललाई एउटा पेशाको रूपमा परिणत गर्न सक्ने बताउँदै ‘खेल यस्तो माध्यम हो जसको कुनै अन्तराष्ट्रिय सिमा हुँदैन। यतिमात्र होइन यहीँ खेलकै माध्यमले नै विश्वमा मैत्रीभाव स्थापना गर्न समेत सक्नेछ। यसकारण युवाहरू अब पेशागत खेलाडी बन्नपर्छ’ यादवले अझ भने।
अर्कोतर्फ कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित रहेका कालेबुङ जिल्लापाल डा. विश्वनाथले कालेबुङ छुट्टै जिल्ला बनेपछि अहिलेघरी जिल्लाको पूर्वधारहरू निर्माण कार्य भइरहेको बताए। ‘कालेबुङ जिल्लाको पूर्वधारहरू निर्माण भइरहेको छ। भविष्यमा हामी यहाँका क्षेत्रिय खेलाडीहरू अन्तराष्ट्रिय खेलका सुविधाहरू प्रदान गर्नेछौँ’ जिल्लापाल डा. विश्वनाथले भने। उनले कालेबुङमा खेल बिकासका निम्ति एकाधिक स्थानहरूको चयन गरिएको अनि त्यसलाई कार्यरूपमा परिणत गर्न जिल्ला प्रशासनले कार्य गरिरहेको पनि बताएका छन्। ‘कालेबुङ जिल्ला प्रशासनले खेल विकासका निम्ति धेरै योजनाहरू बनाएको छ। हामी चाँडै यहाँका खेलकुद संस्थाहरूसँग वैठक गरेर कार्य अघि बडाउँनेछौँ’ उनले थप भने।
फिफा अण्डर 17 फुटबल प्रतियोगितालाई मध्यनजर राखेर कालेबुङ पुलिसको आयोजनामा सम्पन्न भएको फुटबल वितरण कार्यक्रममा पूर्व फुटबल खेलाडी श्याम लामा, सोनाम भोटिया, ताईक्वाण्डो खेलाडी त्रिलोक सुब्बा लगायत अन्य प्रशासनिक अधिकारीवर्गको उपस्थिति रहेको थियो। यस अवसरका कालेबुङ जिल्लाभरीका बिभिन्न फुटबल क्लब, सामाजिक संघ संस्था लगायत बिभिन्न स्कुलका नानीहरूलाई फुटबल वितरण गरिएको थियो। सोहि अवसरमा कालेबुङ जिल्ला पुलिसको पक्षबाट श्याम लामा, सोनाम भोटिया, त्रिलोक सुब्बा आदिलाई सम्मान पनि जनाइएको थियो।
0 Response to "फिफा फुटबलको फिभर कालेबुङमा अन्तराष्ट्रिय स्तरका खेलाडीहरू जन्मनुपर्छ – अजित सिंह यादव"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.