
कालेबुङका 65 प्रतिशत जनता हाम्रो साथमा छन् – अनित थापा
![]() |
Anit Thapa welcomed at Teesta |
यसक्रममा उनले बिमल गुरुङ प्रति कटाक्ष गर्न पनि पछि परेनन्। ‘जहिले पनि गोर्खाल्याण्ड भनेर जनतालाई भावनामा बगायो। मान्छेको भीड देख्नेसाथ गोर्खाल्याण्ड भन्यो। यही नेताहरुको भूल भयो। रणनीति बनाएर तरिकाले आन्दोलन गर्यौँ भने गोर्खाल्याण्ड निश्चय नै हुनेछ। यहाँ आन्दोलन अन्धाधुन्ध भयो जसको परिणाम शुन्य हात लागेको छ। त्यहीँ गलत सिस्टमको हामीले गोजमुमो पार्टीभित्र विरोध गरेका हौँ’उनले अझ भने।
‘हामी हिज पनि गोर्खाल्याण्डको पक्षमा थियौँ अनि आज पनि गोर्खाल्याण्डकै पक्षमा छौँ। गोजमुमो पार्टीको सोंचले धेरै साधारण जनताले दुख पायो त्यहीँ सोंचको विरोध गर्दै हामी बाहिर निस्केका हौँ। हामीले गोर्खाल्याण्ड माग्ने तरिका ठिक भएन भन्दै माग्ने तरिका परिवर्तन गर्नुपर्छ भनेका हौँ’ अनित थापाले अझ भने। उनले हालमा जीटीए 2 भन्ने कुरालाई खण्डन गर्दै जीटीए 2 तेलेङ्गना राज्य गठन भएपछि बिमल गुरुङले जीटीएको पदबाट राजीनामा दिएर गोर्खाल्याण्ड आन्दोलन चर्काएको अनि पछीबाट पुन: गुरुङ जीटीएको चौकिमा बसेपछि नै जीटीए 2 बनिएको दाबी गरे।
![]() |
Anit Thapa with Sanchabir Subba at Deolo Guest House |
बोर्ड अफ् एडमिनिस्ट्रेसनका उपाध्यक्ष बनेपछि पहिलोपल्ट कालेबुङ आएका थापाले उनले आफुहरू जीटीएको कुरा गर्न कालेबुङ आएको होइन समेत भन्न पछि परेनन्। ‘जीटीएको सत्तामा बसेपछि हामीलाई अनेकौँ आरोपहरू लगाउने कार्य भएको कारण त्यहीँ जनतामा फैलिएको भ्रमलाई स्पष्ट पार्न कालेबुङ आएको हो’ थापाले भने।
हालमा गोजमुमो अध्यक्ष बिमल गुरुङले बिनय तामङ अनि अनित थापालाई बारम्बार मिरजाफरको आरोप लगाउने कार्य गरिरहेको सन्दर्भमा पनि थापाले स्पष्टिकरण दिएका छन्। ‘गोर्खा जनमुक्ति मोर्चा गोर्खाल्याण्डको मुद्दा लिएर जन्मिएको पार्टी हो। पछिबाट गोर्खाल्याण्ड मुद्दा उठाउने बिमल गुरुङ आफैले जीटीएको व्यवस्था थापेका हुन्। त्यसबेला उनलाई कसैले मिरजाफर भनेनन्। आज हामीले पुन: जीटीए सञ्चालन गर्न लाग्दा हामी कसरी मिरजाफर बन्यौँ? यस्तै नकारात्मक सोंचको हामीले बिरोध गरेका हौँ’ अनित थापाले अझ भने।
उनले दुईपक्षिय वार्तामा मुख्यमन्त्री ममता ब्यानर्जीलाई गोर्खाल्याण्डको कुरा बुझाउन सकेको दाबी गर्दै सही तरिकाले बुझाउन सकेकै कारण मुख्यमन्त्री ब्यानर्जी आफैले ‘गोर्खाल्याण्ड तिमीहरूको गणतान्त्रिक अधिकार हो’ भनेको दाबी समेत गरे। उनले आफुहरू छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति त्रिपक्षीय वार्ता हुनपर्ने पक्षमा रहेको बताउँदै यसैको निम्ति कार्य गरिरहेको पनि बताएका छन्। ‘हामी त्रिपक्षीय वार्ता खोल्ने पक्षमा छौँ। आगामी 16 अक्टोबरको दिन हुने दुईपक्षिय वार्तामा पनि त्रिपक्षीय वार्ता हुनपर्ने भन्ने माग गर्नेछौँ’ थापाले भने। यसक्रममा थापाले गोर्खाल्याण्ड सम्पूर्ण गोर्खाहरूको स्वाभिमान रहेको कारण गोर्खाहरूको स्वाभिमानलाई बिक्री हुन नदिने पनि प्रतिबद्धता जाहेर गरे।
‘आन्दोलन गर्दा रणनीति हुनपर्छ तर यहाँ कुनै रणनीति नै छैन्। जनता थुपार्नेसाथ गोर्खाल्याण्ड भन्छौँ। त्यो गलत हो। हामी गोर्खाल्याण्डको निम्ति शिक्षित जमात तयार गर्न चाहन्छौँ। हामी केवल जनता तयार पार्ने मात्र काम गर्छौँ। शिक्षित व्यक्तिहरूलाई केन्द्रमा पठाउनुपर्छ। त्यो काम हामी गर्छौँ’ थापाले भने।
कालेबुङ भ्रमणमा आइपुगेका थापालाई आज कालेबुङका जनताले राष्ट्रिय राजमार्ग 10 अन्तर्गत टिस्टा पुलमा भव्यरूपले स्वागत जनाएका थिए। कालेबुङबाट सयौँको सङ्ख्यामा मोटर बाइक अनि वाहनहरू थापालाई स्वागत गर्न टिस्टा पुगेको थियो। खर्साङबाट कालेबुङ आइपुगेका थापा कालेबुङ आइपुगेपछि सोझै डेलो टुरिष्ट लज पुगेका थिए।
यसक्रममा बिभिन्न क्षेत्रबाट आएका मानिसहरूसँग थापाले धारावाहिक वैठक गर्ने कार्य गरे। यस अवसरमा पूर्व सभासद कल्पना तामङ थापाकै साथमा थिइन भने उनीसँगै बोर्ड अफ् एडमिनिस्ट्रेसनका सदस्य सञ्चबिर सुब्बा लगायत अन्य मोर्चा नेताहरू उपस्तित रहेका थिए। यद्यपी गोजमुमो कालेबुङ जिल्ला समितिका शिर्षस्थ मोर्चा नेताहरू भने उपस्थित थिएनन्।
0 Response to "कालेबुङका 65 प्रतिशत जनता हाम्रो साथमा छन् – अनित थापा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.