
गोर्खाल्याण्डको समर्थन गर्दै गोर्खा स्टुडेन्ट्स फेडेरेसनका विद्यार्थीवर्ग कालेबुङमा
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २८ जुन। छुट्टै राज्य गोर्खाल्याण्डको मुद्दामा एकबद्धता जनाउँदै सिक्किम विश्वविद्यालयमा अध्ययनरत रहेका 27 जना विद्यार्थीवर्गको टोलि रम्फु सिक्किम देखि पैदल यात्रा गरेर कालेबुङ आइपुगेका छन्।
गोर्खाल्याण्डको मुद्दालाई खुल्ला समर्थन गर्दै केहि सप्ताह अघि मात्रै गठन गरेका ‘गोर्खा स्टुडेन्ट्स फेडेरेसन’ को ब्यानर बोकेर उनीहरू कालेबुङ आइपुगेका छन्। बिहान रम्फुबाट पैदाल यात्रा सुरु गरेका विद्यार्थीवर्ग कालेबुङमा दिउँसो साँढे तीनबजे आइपुगेका थिए। यसक्रममा उनीहरूलाई ठाउँ-ठाउँमा स्वागत गर्ने कार्य पनि सम्पन्न भएको थियो।
छुट्टै राज्य गोर्खाल्याण्ड गठनको मागमा नाराबाजी गर्दै आएका सिक्किम विश्वविद्यालय अधिनस्थ रहेका ‘गोर्खा स्टुडेन्ट्स फेडेरेसन’ का विद्यार्थीवर्गलाई डम्बर चौकमा गोजमुमो कार्याकर्ता, भारतीय गोर्खा परिसंघ लगायत आम नागरिकवर्गले पनि खदा अर्पण गरेर स्वागत जनाएका थिए।
‘गोर्खाल्याण्डको आन्दोलन जनताको आन्दोलन बनिसकेको छ। यस्तो अवस्थामा अब केवल एकमात्र गोर्खाल्याण्डको निम्ति लड्नुपर्छ। गोर्खाल्याण्ड बाहेक अन्य कुनै पनि कुरामा नेतृत्वले सम्झौता गरे हामी घोर विरोध गर्दछौँ’ गोर्खा स्टुडेन्ट्स फेडेरेसन संयोजक शैलेन्द्र देवानले भने।
हाल विभिन्न स्थानमा छुट्टै राज्य गोर्खाल्याण्डको मागमा जनता सडकमा ओर्लिएको बताउँदै जसरी तेलेंगना राज्य गठन गर्नमा ओसमानिया विश्वविद्यालयका विद्यार्थीवर्गले महत्वपूर्ण भुमिका निर्वाह गरे थिए त्यसरी नै सिक्किम विश्वविद्यालयका विद्यार्थीवर्गले भुमिका निर्वाह गर्ने पनि देवानले बताएका छन्।
‘गोर्खाल्याण्ड आन्दोलनका निम्ति सर्वदलिय पहल भइरहेको छ। यो हाम्रो निम्ति राम्रो कुरा हो। हामी सामुहिक नेतृत्वमा विश्वास गर्छौँ। सामुहिक नेतृत्वले नै अबको आन्दोलनलाई निष्कर्षमा पुर्याउनुपर्छ’ उनले अझ भने। आफुहरूले गोर्खाल्याण्डको पक्षमा सिक्किममा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने कार्य गरिसकेको बताउँदै भविष्यमा गोर्खाल्याण्डको निम्ति दिल्ली गएर धर्ना कार्याक्रमहरूमा सामेल हुने पनि बताएका छन्।
यसैक्रममा उनीहरूले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँनका निम्ति सर्वदलिय सभामा विद्यार्थीवर्गको प्रतिनिधीलाई पनि सामेल गर्नुपर्ने उनीहरूले माग गरेका छन्।
अर्कोतर्फ यता पत्रकारहरूसँग कुराकानी गर्दै गोर्खा स्टुडेन्ट्स फेडेरेसनका सहसंयोजक सागरमणी रसाईलीले छुट्टै राज्य गोर्खाल्याण्डको आन्दोलनलाई अघि बढाउँनका निम्ति सिक्किम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीवर्ग आफ्नो अध्ययन छोडेर सडकमा ओर्लिन समेत तयार रहेको बताएका छन्। सोहिक्रममा पदयात्रामा सामेल बनेका निर्णय तामङले आजको परिस्थितिमा गोर्खाल्याण्ड चाहनेहरूले विभिन्न राजनैतिक दलको झण्डा हेरेर विभाजन हुन नहुने आह्वान गरेका छन्।
0 Response to "गोर्खाल्याण्डको समर्थन गर्दै गोर्खा स्टुडेन्ट्स फेडेरेसनका विद्यार्थीवर्ग कालेबुङमा"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.