
‘टाइगर हिल बचाऊ’ को मागमा जापको कोलकोतामा धर्ना .....राज्य सरकारद्वारा टाइगर हिलमा निर्माणको विरोध गर्छौँ – अमिर बस्नेत
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 12 अप्रेल। पश्चिम बङ्गाल सरकारको पर्यटन विभागद्वारा दार्जीलिङको चर्चित पर्यटन स्थल टाइगर हिलमा बहुतल्ले भवन निर्माणको विरोध गर्दै जन आन्दोलन पार्टीको युवा अनि चेली एकाई कोलकोता पुगेको छ। कोलकोतामा पुगेर जाप युवा अनि चेली एकाइका 21 सदस्य टोलिले आज नवन्ना अघाडी टाइगर हिलमा निर्माण कार्यको विरोध प्रदर्शन गरेको थियो।
‘सेभ टाइगरहिल’ लेखिएका प्ला कार्डहरू बोकेर जाप युवा एकाइका सदस्यहरूले कोलकोताको नवन्ना अघाडी मौन प्रतिवाद गर्न थालेपछि पुलिस प्रशासनले उनीहरूलाई त्यहाँबाट हटाउने कार्य गरेको थियो।
‘सेभ टाइगरहिल’ लेखिएका प्ला कार्डहरू बोकेर जाप युवा एकाइका सदस्यहरूले कोलकोताको नवन्ना अघाडी मौन प्रतिवाद गर्न थालेपछि पुलिस प्रशासनले उनीहरूलाई त्यहाँबाट हटाउने कार्य गरेको थियो।
यस अवधी पुलिस अनि जाप युवा एकाइका प्रदर्शनकारीहरू माझ भनाभैरी समेत भएको थियो।नवन्ना भवन अघाडी जाप कार्यकर्ताहरूलाई पुलिस प्रशासनले विरोध प्रदर्शन गर्न रोक लगाउँदै हटाउने कार्य गरेपछि उनीहरूले नवनिर्मित सचिवालयमा आएर पुन: धर्ना प्रदर्शन गरेका थिए। टाइगर हिल बचाऊको माग गर्दै कोलकोतामा पुगेर जाप युवा अनि चेली एकाइका कार्यकर्ताहरूले धर्ना प्रदर्शन सुरु गरेपछि धर्ना स्थलमा व्यापक रूपले पुलिस बल तैनाथ गरिएको थियो। नवन्ना भवन अघाडी धर्ना प्रदर्शन गर्दा पुलिस प्रशासनले प्रदर्शनकारीहरूलाई हटाउने कार्य गरेपछि जाप युवा एकाइका सदस्य अमिर बस्नेतले जोडदार विरोध जनाएका छन्।
‘हामीले टाइगर हिल बचाऊनका निम्ति प्रशासनको ध्यान आकर्षण गराउन कोलकोताको नवन्ना भवन अघाडी धर्ना प्रदर्शन गर्ने कार्य गर्दा पुलिस प्रशासनले रोक लगाएको छ। शान्तिप्रिय प्रदर्शनलाई पुलिसले लगाएको रोक प्रति हामी विरोध गर्दछौँ’ अमिर बस्नेतले भने। उनले टाइगर हिल एउटा धार्मिक स्थल हुनका साथ साथै एउटा संरक्षित बन क्षेत्र भएको कारण त्यस क्षेत्रको बचाऊ गरिनु आवश्यक रहेको बताएका छन्।
‘टाइगर हिल क्षेत्र संरक्षित बन अञ्चल भएको कारण त्यहाँ अनेकौँ प्रजातिका पशु पक्षीहरू रहेका छन्। त्यसैकारण पशु पक्षिको संरक्षण पनि प्राथमिकता हो। यसका साथै त्यहाँ निर्माण कार्यले सिञ्चेल स्थित पानीको स्रोतलाई समेत प्रभाव पार्नेछ। प्रकृतिलाई नष्ट गर्ने कार्यको जन आन्दोलन पार्टी विरोध गर्दछ’ अमिर बस्नेतले अझ भने। राज्य सरकारद्वारा पहाडमा विकासका कार्यहरू गरिनु आवश्यक भए पनि विकासको नाउँमा धार्मिक आस्थासँग जोडिएका ठाउँहरूमा निर्माण गर्नु उचित नहुने बस्नेतले बताएका छन्। ‘राज्यसरकारले पहाडमा विकासको कार्य गर्नुपर्छ तर यसको अर्थ मानिसहरूको आस्थामा ठेस पुग्ने कार्य भने हुनु हुँदैन। टाइगर हिलमा निर्माण कार्यले पहाडवासीको आस्थामा ठेस पुग्ने कार्य भएको छ जसको जापले जोडदार विरोध गर्दछ’ अमिर बस्नेतले अझ भने।
जापको कालेबुङमा विरोध प्रदर्शन
अर्कोतर्फ जाप युवा अनि चेली एकाइका सदस्यहरूले कोलकोतामा धर्ना प्रदर्शन गर्दा पुलिस प्रशासनले रोक लगाएपछि कालेबुङ शहरमा पनि जाप कार्यकर्ताहरूले मानव शृङ्खला बनाएर पुलिस प्रशासनको विरोध गरेको छ। टाइगर हिल बचाऊको माग गर्दै कोलकोतामा धर्ना गर्दा पुलिसले रोक लगाएको खबर फैलिन साथै जाप कार्यकर्ताहरू शहरमा विरोध प्रदर्शन गर्न निस्केको थियो। उनीहरूले टाइगर हिल बचाऊको माग गर्दै लेखिएका प्ला कार्डहरू बोकेर कोलकोतामा धर्ना अवधी पुलिसले गरेका कार्यप्रति विरोध जनाउँन मानव शृङ्खला तयार पारेका थिए। यसक्रममा सर्वप्रथम यहाँको डम्बर चौकमा विरोध प्रदर्शन गरेपछि उनीहरूले पछिबाट थाना डाँडा परिसरमा विरोध प्रदर्शन गरेका थिए। ‘राज्य सरकारद्वारा टाइगर हिलमा निर्माणाधीन भवनको विरोध गर्दै टाइगर हिल बचाऊको मागमा जाप युवा अनि चेली एकाइका सदस्यहरूले कोलकोतामा प्रदर्शन गर्दा पुलिसले रोक लगाउने कार्य गरेको छ। यसको जापले घोर विरोध गर्दछ’ जाप टाउन कमिटिका संयोजक प्रदिप छेत्रीले भने। कोलकोतामा धर्नामा गएका जाप कार्यकर्ताहरूलाई पुलिस प्रशासनले 144 धारा लगाउने धम्कि दिनका साथै प्ला कार्डहरू खोस्ने कार्यहरू गरेको बताउँदै पुलिसको कार्यप्रति उनले असन्तुष्टि प्रकट गर्दै विरोध गरेका छन्।
0 Response to "‘टाइगर हिल बचाऊ’ को मागमा जापको कोलकोतामा धर्ना .....राज्य सरकारद्वारा टाइगर हिलमा निर्माणको विरोध गर्छौँ – अमिर बस्नेत"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.