माकपाका 11 सहित दिन 34 जना प्रार्थीहरूले भरे नामाङ्कन
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ २४ अप्रेल। नगरपालिका चुनावका निम्ति गत 17 अप्रेलका दिनदेखि आरम्भ भएको नामाङ्कन पत्र दर्ता गर्ने कार्य आज समाप्त भएको छ। नामाङ्कन पत्र भर्ने आज अन्तिम दिन 34 जना प्रार्थीहरूले कालेबुङ नगरपालिका चुनावका निम्ति आफ्नो नामङ्कन पत्र दर्ता गरेका छन्। अन्तिम दिन नामङ्कन पत्र दर्ता गर्नेहरूमा सबैभन्दा धेर निर्दलीय प्रार्थीहरू रहेका छन्।
विभिन्न वार्डहरूबाट आज मोठ 16 जना निर्दलीय प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गरेका छन्। यता नामाङ्कन पत्र दर्ता गर्ने आज अन्तिम दिन मार्क्सवादी कम्युनिष्ट पार्टीले पनि 11 वटा वार्डवाट नगरपालिका चुनावमा प्रार्थी खडा गरेको छ।
माकपा नेता तारा सुन्दासको नेतृत्वमा माकपाका मोठ 11 जना प्रार्थीहरूले आज आफ्नो नामाङ्कन पत्र दर्ता गरेका छन्। सोहिक्रममा तृणमूल कङ्ग्रेसका 2 जना, गोर्खा जनमुक्ति मोर्चाका 2 जना, जन आन्दोलन पार्टीका 2 जना अनि गोरामुमो पार्टीका 1 जना रहेका प्रार्थीहरूले पनि आज नामाङ्कन पत्र दर्ता गरेका छन्।
नगरपालिकाको 23 वटा वार्डमा सम्पन्न हुने चुनावमा राजनैतिक दलका रहेका प्रार्थीहरूले पनि आज आफ्नो नामाङ्कन पत्र दर्ता गरेसकेपछि गोजमुमो, अनि जापबाट 23 वार्डमा 23 जना प्रार्थीहरूले नै नामाङ्कन पत्र दर्ता गरेका छन् भने तृणमूल कङ्ग्रेस 19 माकपा 11 अनि गोरामुमोले 3 वटा वार्डबाट प्रार्थीहरू खडा गरेका छन्।
आज अन्तिम दिन नामाङ्कन पत्र दर्ता गर्ने कार्य समाप्त भएपछि भोलि स्क्रुटिनी सम्पन्न हुनेछ भने 26 अनि 27 अप्रेलका दिन नामाङ्कन पत्र फिर्ता गर्न सक्नेछन्।
यता नामाङ्कन पत्र दर्ता गर्ने अन्तिम दिन माकपाका 11 जना प्रार्थीहरूले नामाङ्कन दर्ता गरेको तारा सुन्दासले जानकारी दिएका छन् भने तृणमूल कङ्ग्रेसका 2 जन प्रार्थीहरूले नामाङ्कन पत्र दर्ता गरेको विनय घिसिङले जानकारी दिएका छन्।

0 Response to "माकपाका 11 सहित दिन 34 जना प्रार्थीहरूले भरे नामाङ्कन"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.