
मैलाको समस्याले सताएपछि महकुमा अधिकारीले दौडाह गरे डम्पिङ ग्राउण्ड
डी के वाइबा, कालिमन्युज, कालेबुङ 4 जनवरी। कालेबुङ नगरपालिका क्षेत्रका मैला भालुखोप स्थित डम्पिङ ग्राउण्डमा स्थानीय गाउँलेहरूले फ्याँक्नमा प्रतिबन्ध लगाएपछि नगरप्रशासनले समाधानको सुत्र खोज्दै आज बैठक डाकेको थियो।
भालुखोप ग्राम कल्याण समितिले डम्पिङ ग्राउण्डमा कालेबुङ नगरपालिकाले अव्यस्थित तरिकाले मैला फ्याँकेको आरोप लगाउँदै सम्पूर्ण मैला व्यवस्थापन कार्य ठिक तरिकाले नगरेसम्म उक्त मैला गत पहिलो जनवरी देखि फ्याँक्नमा प्रतिबन्ध लगाएको हो। जसको कारण आज नगरपालिकाको पदभार ग्रहण गरेर महकुमा अधिकारी निर्मलया घरामीले कालेबुङ नगरपालिका कार्यलयमा नै एउटा बैठक डाकेको थियो।
बैठकमा महकुमा अधिकारी निर्मलया घरामी, सभासद निमा तामङ, नगरपालिका कार्यकारी अधिकारी के.के लोहारको उपस्थितिमा सम्पन्न बैठकमा भालुखोप ग्राम कल्याण समितिका कार्यकर्ताहरू उपस्थित रहेका थिए। बैठकमा शहरमा मैलाको बड्दो समस्या अनि डम्पिङ ग्राउण्डमा नगरपालिकाले अव्यवस्थित तरिकाले मैला फ्याँकेको विषयमा प्रशासन अनि गाउँलेहरू माझ निकै तर्का तर्की भएको थियो। सूत्रले दिएको जानकारी अनुसार नगरप्रशासनले आफ्नो जमिनमा मैला फ्याँक्ने अडान बैठकमा दोहोर्याएका थिए भने गाउँलेहरूले पनि अव्यवस्थित तरिकाले मैला फ्याँक्न नदिने अडान राखेका थिए।

उनले डम्पिङ ग्राउण्डमा नगरपालिकाले अव्यवस्थित तरिकाले फ्याँकेका मैलाहरू देखेपछि ‘यसलाई व्य्वस्थित पद्धति अप्नाउन आवश्यक छ’ भने। डम्पिङ ग्राउण्डमा नगरपालिकाले मैला व्यवस्थापन गर्नका निम्ति निर्माण गरेको बायो ग्यास प्लान्टको पनि निरिक्षण गरे जुन प्लान्टले आजसम्म बायो ग्यास निर्माण गर्न समेत सकेको छैन। उनले डम्पिङ ग्राउण्डमा स्थलगत भ्रमण गरेर गाउँलेहरूलाई समस्या समाधानका निम्ति समय समेत मागेका छन्।
‘मैलाको समस्या समाधान गर्नका निम्ति उचित पहल अप्नाउन आवश्यक छ। यसबारे व्यवस्थित पदक्षेप ग्रहण गर्नेछौँ’ महकुमा अधिकारी निर्मलया घरामीले भने। महकुमा अधिकारी निर्मलया घरामीले डम्पिङ ग्राउण्डको दौडाह गर्दा त्यहाँ गाउँलेहरूको व्यापक उपस्थिति रहेको थियो। डम्पिङ ग्राउण्ड भेला भएका गाउँलेहरूले पनि उनलाई नगर प्रशासनले व्यवस्थित पक्रिया नअप्नाएसम्म मैला फ्याँक्न नदिने अडान राखेका थिए।
‘हेर्नोस मैले यहाँको भ्रमण गरेर जानकारी लिएको छु। गाउँलेहरूको समस्यालाई आफैले हेरेर अनुभूती गरेको कारण समस्या समाधानको निम्ति आवश्यक पहल गर्नेछौँ। यसका निम्ति तपाईँहरूले समय दिने अनुरोध गर्दछु’ महकुमा अधिकारी निर्मलया घरामीले भने।
सोहिक्रममा उनले आफुले नगरपालिकाले पदभार ग्रहण गरेको हप्तादिन मात्र भएको कारण यस समस्याको समाधान गर्न केहि समय लाग्ने बताएका छन् भने गाउँलेहरूले भने उचित पहल नगरेसम्म मैला फ्याँक्न नदिने विचार बनाएर बसेका छन्। यद्यपी समस्याको समाधान सुत्र निकाल्न भोलि पुन: नगर प्रशासन अनि गाउँलेहरूमाझ बैठक हुने सुत्रले जानकारी दिएको छ।
0 Response to "मैलाको समस्याले सताएपछि महकुमा अधिकारीले दौडाह गरे डम्पिङ ग्राउण्ड"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.