एनजीसीले गर्यो कालेबुङमा अन्तरक्रिया कार्यक्रम ..... राष्ट्रिय स्तरमा समन्वय बनाएर गोर्खाल्याण्डको निम्ति काम गर्नुपर्छ – मुनिष तामङ
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ 7 अक्टोबर। नेशनल गोर्खाल्याण्ड कमिटिले सर्वप्रथम छुट्टै राज्य गोर्खाल्याण्ड सम्बन्धि आज कालेबुङका मानिसहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ। युनाइटेड सोसियल अर्गनाइजेसनको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रममा एनजीसीका राष्ट्रिय संयोजक मुनिष तामङ मुख्य रूपले उपस्थित रहेका थिए।
यस अवसरमा कार्यक्रममा बिभिन्न सामाजिक सङ्गठन लगायत व्यक्ति विषेशहरूको उपस्थिति रहेको थियो। यहाँको दुख निवारक सम्मेलन भवनमा आयोजित कार्यक्रम पछि पत्रकारहरूसाँग कुराकानी गर्दै एनजीसीका राष्ट्रिय संयोजक मुनिष तामङले छुट्टै राज्यको आन्दोलन दिल्लीमुखी हुनपर्ने भए पनि विभिन्न क्षेत्रका मानिसहरूसँग अन्तरक्रिया गर्दै राष्ट्भरीका मानिसहरूलाई एकबद्ध बनाउनका निम्ति एनजीसीले कार्य गरेको बताएका छन्।
‘अहिले हामी विभिन्न ठाउँहरूमा गएर जनसम्पर्क गर्दै उनीहरूको विचार बुझ्नका साथै सुझाउहरू पनि लिइरहेका छौँ। पहिले राजनीतिलाई मात्र लिएर आन्दोलन हुने गर्थ्यौ, अब हामी राजनैतिक, सामाजिक सबै आयामहरूलाई लिएर आन्दोलन खडा गर्नेछौँ। जसले सम्पूर्ण पक्षहरूलाई समेटेर गोर्खाल्याण्डको आन्दोलनलाई तिव्रता दिन सक्नेछ’ मुनिष तामङले भने।
अहिलेसम्मका आन्दोलनहरू केवल राजनैतिक दलहरूद्वारा मात्र गरिँदै आएका कारण सफल हुन नसकेको बताउँदै अब सम्पूर्ण पक्षहरूलाई राष्ट्रिय स्तरमा समेट्नु आवश्यक रहेको कारण एनजीसीले पहल गरेको उनले बताएका छन्।
कमिटीले विभिन्न सामाजिक संस्था लगायत राजनैतिक दलहरूसँग समन्वय राखेर कार्य गर्ने बताउँदै यसले सिमित भौगोलिक क्षेत्रलाई मात्र नहेर राष्ट्रिय स्तरका मानिसहरूसँग तालमेल बनाएर कार्य गर्ने पनि उनले स्पष्ट पारेका छन्। उनले पत्रकारहरूले सोधेको एक प्रश्नको उत्तर दिने क्रममा जीटीए गोर्खाल्याण्डको निम्ति बाधा रहेको दाबी गर्दै यसलाई कानुनी प्रक्रिया अनुरूप खारेज नगरेको कारण नै अहिले पुन: बोर्ड अफ् एडमिनिस्ट्रेसन बनाएर सञ्चालनमा आएको दाबी गरे। यसक्रममा उनले गोर्खाल्याण्ड प्राप्तिको निम्ति जीटीएलाई कानुनी प्रक्रिया अनुरूप खारेज गरेर अघि बड्न सके राज्य प्राप्तिको बाटो फराकिलो बनिने पनि बताएका छन्।

0 Response to "एनजीसीले गर्यो कालेबुङमा अन्तरक्रिया कार्यक्रम ..... राष्ट्रिय स्तरमा समन्वय बनाएर गोर्खाल्याण्डको निम्ति काम गर्नुपर्छ – मुनिष तामङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.