-->
बिमल गुरुङ अङ्कित झण्डा झर्‍यो पार्टी अफिसबाट...स्थापना दिवस पालन

बिमल गुरुङ अङ्कित झण्डा झर्‍यो पार्टी अफिसबाट...स्थापना दिवस पालन

पार्टी कार्यालयमा पुरानो झण्डा हटाएर नयाँ झण्डा उत्त्तोलन 
डी.के. वाइबा, कालिमन्युज, कालेबुङ, 7 अक्टोबर। गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरुङको फोटो अङ्कित पार्टीको झण्डा आज मोर्चाको पार्टी कार्यालयबाट झरेको छ। पार्टीको 11 औँ स्थापना दिवसको अवसरमा गोजमुमो कालेबुङ जिल्ला समितिको कार्यालयमा अघिबाटै उत्तोलन गरिएको बिमल गुरुङको फोटो अङ्कित झण्डालाई आज एकाएक मोर्चाकै कार्यकर्ताहरूले झारेर सर्वप्रथम पार्टी गठन हुँदाको झण्डा उत्तोलन गरिएको छ।
यसका साथै पार्टी कार्यालयभित्रै रहेको बिमल गुरुङको फोटो अङ्कित ब्यानर पनि हटाउने कार्य भएको छ। विशेषगरेर आज गोर्खा जनमुक्ति मोर्चाको 11औँ स्थापना दिवस कालेबुङमा बिमल गुरुङ अथवा बिनय तामङ समुहले पालन गर्ने भन्ने प्रश्न चलिरहेको अवस्थामा पार्टी कार्यलयमा स्थापना दिवस पालन गर्नका निम्ति दुवै समुहका समर्थकहरू भेला भएका थिए। यसै अवधी एकाएक एकहुल युवाहरूले बिमल गुरुङको फोटो अङ्कित पार्टी कार्यलयमा फहराएको झण्डा झार्नका साथै बिमल गुरुङको फोटो अङ्कित ब्यानर समेत हटाउने कार्य गरे ।
एक गोजमुमो  कार्यकर्ताद्वारा पहिलेको झण्डा  हटाइन्दैछ 
एकाएक बिमल गुरुङको फोटो अङ्कित पार्टीको झण्डा अनि ब्यानर हटाउने कार्य भएपछि पार्टी कार्यलयभित्र केहिक्षणको निम्ति तनाव समेत सिर्जना भएको थियो। यद्यपी पछिबाट बिमल गुरुङ अनि बिनय तामङ समुहले आफुहरूले कुनै समुहमा बिभाजन नभएको दाबी गर्दै केवल गोर्खा जनमुक्ति मोर्चाको कार्यकर्ता भएको कारण पार्टीको स्थापना दिवस पालन गरेको दाबी गरेका छन्। दुई समुहमा आपसी सुझबुझ पछि पालन गरिएको स्थापना दिवसमा सर्वप्रथम राष्ट्रपिता महात्मा गान्धीको तस्वीर अघि धुप जलाएर माल्यार्पण गर्ने कार्य सम्पन्न भएको थियो।
त्यसपछि भने गोजमुमो पार्टीको स्थापना कालमा बनाइएको हिमाल, खुकुरी र झुल्के घाम अङ्कित रहेको तीनरङ्गको झण्डा फहराउने कार्य गरिएको छ। दुवै समुहका मानिसहरूले आपसी सुझबुझमा एकै ठाउँ स्थापना दिवस पालन गरेपछि दुवै समुहलाई समन्वय गराउँदै कालेबुङ नगरपालिका अध्यक्ष एवम् गोजमुमो केन्द्रिय समिति सदस्य शुभ प्रधानले समन्वय बनाएर नै सम्बोधन समेत गरेका थिए।
पार्टी कार्यालयभित्र फोटो भएको पोस्टर हटाइन्दैछ् 
तिनले भने "11औँ स्थापना दिवसको अवसरमा अहिले पहाडमा आ-आफ्नै स्तरमा बेग्ला बेग्लै चर्चा छ। केहि कालको निम्ति टाडा भएका साथीहरू पनि आज आएर एकसाथमा यो स्थापना दिवस पालन गरेका छौँ। व्यक्ति र व्यक्तिसँग जोडिएका आफ्ना स-साना सुविधाहरूभन्दा माथि उठेर गोर्खाल्याण्ड र जातिले दिएको बलिदानलाई निष्कर्षलाई पुर्‍याउने मार्गमा यतिबेला एउटै परिवार भएर कहिले जेठादाजुलाई समर्थन गर्ने, कहिले बाबुको समर्थन गर्ने र कहिले कान्छभाइको सुझावलाई पनि सिरोपर गरेर अघि बडेको कुरालाई सकारात्मक लिनुपर्छ।"
प्रत्येकचोटि यो आन्दोलनले निष्कर्ष निकाल्न नसक्नुमा हामी आफै आफुमाझ लडेका छौँ अथवा लडाउने कार्य भएको छ त्यो मतभेदभन्दा माथि उठेर हामी अघि बड्नुपर्छ। यहीँ मतभेदलाई भुलेर लक्ष्यप्राप्तिको निम्ति आज हामी एकबद्ध भएर एकार्काको कमजोरीहरू कोटाउनको साटो मिलेर स्थापना दिवस पालन गरेका छौँ’ पार्टीको झण्डा उत्तोलन पछि कालेबुङ नगरपालिका अध्यक्ष शुभ प्रधानले सम्बोधन गर्दै भने।
अर्कोतर्फ उक्त स्थापना दिवसमा पार्टीको झण्डा उत्तोलन पछि यता पत्रकारहरूले सोधेको एक प्रश्नको उत्तर दिने क्रममा बिनय तामङ समुहमा सक्रिय रूपले देखा परेका बिनय घिसिङले भने -‘जुन सादा झण्डा आज हामीले उत्तोलन गरेका छौंएउटै सङ्केत र सन्देस दिन चाहन्छौं, झण्डा पार्टीको सिद्धान्त अनि लक्ष्यलाई बोकेर हिँडेको छ हामी त्यसलाई मात्र मान्छौं। व्यक्ति पूजा र व्यक्ति विशेषको कुरा आउँदैन। व्यक्ति पूजा नगर्ने सङ्केत दिँदै सादा झण्डा फहराएका हौं। यसक्रममा उनले आजको स्थापना दिवस बिनय तामङ समर्थकहरूले पालन गरेको दाबी पनि गरेका छन्।
यता बिनय घिसिङले बिनय तामङ समर्थकहरूले स्थापना दिवस पालन गरेको बयान दिएपछि गोजमुमो महासचिव सामुएल गुरुङले भने उक्त स्थापना दिवस गोजमुमो कालेबुङ जिल्ला समितिले पालन गरेको स्पष्टिकरण दिएका छन्।
‘आज स्थापना दिवस गोजमुमो कालेबुङ जिल्ला समितिले पालन गरेको हो। यहाँ बिमल बिनय समर्थकहरूले स्थापना दिवस पालन नगरेर जिल्ला समितिले पालन गरेको हो’ सामुएल गुरुङले भने। अर्कोतर्फ यहाँ पार्टी कार्यलयबाट गोजमुमो अध्यक्ष बिमल गुरुङको फोटो अङ्कित पार्टीको झण्डा अनि ब्यानर स्थापना दिवसमा सफाई गर्दा हटाएर नयाँ लगाउने कार्य गरेको स्पष्टिकरण दिएका छन्।

0 Response to "बिमल गुरुङ अङ्कित झण्डा झर्‍यो पार्टी अफिसबाट...स्थापना दिवस पालन"

Post a Comment

Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.

Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.

Note: only a member of this blog may post a comment.