
जाप विद्यार्थी प्रकोष्टका विजयी प्रार्थीलाई विधायकीको फोनमा ‘अफर’ स्वतन्त्र उम्मेद्वार सम्झेर फोनमा राम्रै पोष्ट दिन्छु भनेकी थिएँ – सरिता राई
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 15 दिसम्बर। कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावमा विजयी बनेका जन आन्दोलन विद्यार्थी प्रकोष्ठका प्रार्थीहरूलाई कालेबुङकी विधायिका सरिता राईले विभिन्न पदको प्रलोभन देखाउँदै फोन गरेको घट्नाले सनसनी छाएको छ।
विधायिका सरिता राईले फोन गरेर दिएको अफरको रेकर्ड जाप विद्यार्थी प्रकोष्ठले सार्बजनिक गरेको छ । गोर्खा जनमुक्ति मोर्चाको टिकटमा बिजयी बनेकी विधायिका राईले यसरी महाविद्यालयको छात्र सङ्गठनको चुनावमा विजयी बनेका जाप विद्यार्थी प्रकोष्ठका मनिषा नामक छात्रालाई फोन गरेर ‘राम्रो पदको अफर’ दिएको कुरा फोन रेकर्डमा स्पष्ट सुनिएको छ।
उनले जाप प्रकोष्ठका छात्रा मनिषा राईलाई छात्र सङ्गठनको चुनावमा बिजयी बनेकोमा पहिला ‘बधाई’ दिएकी छन् भने पछिबाट गोजमुमो पार्टीको छात्र सङ्गठनलाई सघाउने अनुरोध गर्दै ‘राम्रो पदको अफर दिन्छौँ’ भनेकी छन्। यसरी फोन गरेर विधायिका सरिता राईले जाप विद्यार्थी प्रकोष्ठका प्रार्थीहरूलाई सोझै ‘अफर’ दिएको घटनाले कालेबुङको राजनीतिमा सनसनी छाएको छ। फोन गरेर ‘अफर’ दिएको घट्ना पछि आज कालेबुङ महाविद्यालयमा विजयी बनेका जाप विद्यार्थी प्रकोष्ठका सम्पूर्ण 12 जना प्रार्थीहरू एकैठाउँ उभिएर पत्रकार सम्मेलन समेत गरे।
जाप पार्टी कार्यलयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै छात्र सङ्गठनको चुनावमा विजयी बनेकी ज्योति छेत्रीले ‘सरिता राई राम्रा शिक्षिका हुन्। उनीबाट हामीले यसरी अफर दिने कुराको अपेक्षा गरेका थिएनौँ। उनलाई हामीले गोर्खाल्याण्डको कुरा उठाओस् भनि भोट दिएका हौँ तर आज हामीलाई यसरी अफर दिएर अत्यन्तै दुर्भाग्यजनक काम गरेका छन्।’
उनले कालेबुङ महाविद्यालयमा छात्र सङ्गठनको चुनावमा बाहिरका तत्वहरूलाई पस्न दिन नचाहे पनि अन्य अनावश्यक तत्वहरू प्रवेश गरेर चुनाव लड्नेहरूलाई प्रताड्ना दिएको आरोप लगाइन्। ‘हामीले चुनाव लडेर जित्यौँ। चुनाव जितेपछि हामीलाई किन्ने निर्णय गर्दैछन्। हामीलाई अफर आउन थालेको छ’ ज्योति छेत्रीले अझ भनिन्।
आफुहरूले चुनाव जितेर कलेजमा रहेका समस्याहरू समाधान गर्न खोजे पनि त्यस समाधानका निम्ति काम गर्न अघि नै विजयी प्रार्थीहरूलाई किन्ने प्रयार गरेको तिनले आरोप लगाइन्।
‘बिधायिका सरिता राईले हामीलाई फोन गर्ने आवश्यक्ता छैन। हामीले कलेजका चुनाव लडेका हौँ। हामी कलेजमा शिक्षाको क्षेत्रमा उन्नती गर्न चाहन्छौँ। हामीलाई राजनीति गर्न होइन पढ्न दिनुहोस’ जाप विद्यार्थी प्रकोष्ठबाट चुनाव जितेकी ज्योति छेत्रीले अझ भनिन्।
यता बिधायिका सरिता राईले फोन मार्फत जाप प्रकोष्ठका प्रार्थीहरूलाई ‘अफर’ दिएको सन्दर्भमा फोन मार्फत सम्पर्क गरेर जान्न चाहँदा यसबारे केहि स्पष्टिकरण दिन चाहिनन्। ‘मलाई केहि स्पष्टिकरण दिनु छैन’ – विधायिका सरिता राईले भनिन्। यद्यपी उनलाई पदको अफर दिएको बारे प्रश्न गर्दा ‘मैले राम्रो मनले फोन गरेको थिएँ अनि बधाई समेत दिए। एकजना निर्दलीय प्रार्थी हो भन्ने थाह पाएपछि मैले फोन गरेकी हूँ। मसँग बात गर्छु भनेको थाह पाएपछि मैले उनलाई स्वतन्त्र उम्मेद्वार हो निर्णय लिन गाह्रो भएको होला भन्ने लागेर फोनमा बात गरेकी हूँ’ विधायिका सरिता राईले स्पष्ट भनिन्।
‘तिमी स्वतन्त्र उम्मेद्वार रहेछौँ अनि राम्रो काम गर्न चाहँद रहेछौँ यसकारण राम्रै पोष्टमा बसेर काम गर भनेकी थिएँ। त्यसलाई भिन्दै तरिकाले प्रस्तुत गरे त्यो उनीहरूको समस्या हो मेरो समस्या होइन’ विधायिका सरिता राईले फोन मार्फत नै भनिन्। यसक्रममा उनले आफुले गरेको फोनलाई लिएर राजनीतिकरण गर्न खोजेको आरोप समेत लगाएकी छन्।
स्मरण रहोस, गत 14 दिसम्बरको दिन सम्पन्न भएको कालेबुङ महाविद्यालयको छात्र सङ्गठनको चुनावमा जन आन्दोलन विद्यार्थी प्रकोष्ठले 22 वटा आसनमध्ये 12 वटा आसनमा विजयी बनेर बहुमत प्राप्त गरेपछि विजयी प्रार्थीहरूलाई गोजमुमो नेताहरूले फोन गरेर विभिन्न पदको प्रलोभन देखाउने कार्य गरेको गम्भिर आरोप लागेको हो। विशेष गरेर कालेबुङ महाविद्यायालयमा विजयी बहुमतमा आएका जाप प्रार्थीहरूले आगामी 19 दिसम्बरको दिन बोर्ड गठनको दाबी लिएर सभा बस्न अघि मोर्चा नेताहरूले जाप प्रार्थीहरूलाई आफ्नो पक्षमा तानेर बोर्ड गठन गर्नका निम्ति यसरी प्रलोभन देखाएको आरोप सँगै विधायिकाको फोन रेकर्डले सनसनी मच्चिएको छ।
0 Response to "जाप विद्यार्थी प्रकोष्टका विजयी प्रार्थीलाई विधायकीको फोनमा ‘अफर’ स्वतन्त्र उम्मेद्वार सम्झेर फोनमा राम्रै पोष्ट दिन्छु भनेकी थिएँ – सरिता राई"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.