
गोर्खाल्याण्डको माग गर्दा जाप कार्यकर्ता हरू दिल्लीमा पक्राउ .....जापको दिल्लीको कार्यक्रमले मोर्चाको ढाँट उदाँगो भएको छ – बिसाल राई
कालिमन्युज, नयाँ दिल्ली, 16 दिसम्बर। जन आन्दोलन युवा एकाईले आज तेस्रो दिन दिल्लीमा सांसाद एस एस आहलुवालियाको सरकारी आवास अघि गोर्खाल्याण्डको मागमा धर्ना प्रदर्शन गर्यो। विभिन्न प्लाकार्ड अनि पार्टीको झण्डा बोकेर बसेका कार्यकर्ताहरूलाई पुलिस प्रशासनले उक्त ठाँउमा 144 धारा लगाएको बताउँदै खेदाउँन खोज्दा केही समय तनाउ पूर्ण बनेको थियो। पछिबाट शीतकालिन शत्रमा उपस्थिति दिन पुगेका सांसदले आफ्नो संसदको निजि कार्यलयमा जापका प्रतिनिधि टोलीलाई भेट्न बोलाए अनि त्यहाँ सांसदसित लगभग 45 मिनट सौहार्दपूर्ण रूपमा भेटघाट भएको थियो।
युवा प्रकोष्ठ अध्यक्ष बिसाल राईले प्रतिनिधित्व गरेको प्रतिनिधि टोलीमा उपाध्यक्ष अर्पण गुरूङ, निति समिति चेयरमेन पंकज छेत्री, प्रवक्ता सन्दिप कुलुङ, सहसचिव भुपेन्द्र राई अनि दार्जीलिङ युवा अध्यक्ष दिनेश खडका उपस्थित थिए। प्रतिनिधि टोलीले सांसदलाई आज जन आन्दोलन पार्टीको पक्षबाट 5 बुँदे ज्ञापन पनि बुझाए। जसमा हालसम्म केन्द्रमा रहेको भारतिय जनता पार्टीले गोर्खाल्याण्ड राज्य निर्माणको निम्ति के कति कार्य गरिरहेको छ सो सार्वजनिक गर्न पर्ने, सांसद एस एस आहलुवालियाले गोर्खाल्याण्डको निम्ति आफ्नो दल भित्र साथै संसदभित्र के कस्तो पहल गरिरहेको छ सो पनि सार्वजनिक गरिनु पर्छ, इमान्दारी पुर्वक गोर्खाल्याण्डको कुरा संसदमा उठाउन पर्छ भन्ने माग राख्दा, सांसदले आफ्नो दललाई राजनैतिक दवाव एवं विश्वासमा लिएर गोर्खाल्याण्डको विधेयक संसदमा पेश गर्न पर्छ, सांसदको गोर्खाल्याण्ड गठनको कुरामा कति चासो छ अनि कति सहयोग छ ?, प्रश्न राखे।
यसै समय सांसदले आफ्नो पक्षबाट हुने सहयोग गर्ने आश्वासन दिएको पनि आज एक विज्ञप्ती मार्फत जाप युवा केन्द्रिय प्रवक्ता सन्दिप कुलुङले जानकारी गराएका छन्। आफुहरूले जिताएर पठाएको सांसदलाई आफ्नो माग राख्न जाँदा पुलिस प्रशासनले यसरी रोक लगाउनु जाप कार्यकर्ताहरूको निंम्ति मात्र होइन सम्पुर्ण भारतभरीका गोर्खाहरूको माग गोर्खाल्याण्डलाई रोक लगाउन सरह रहेको पनि कुलुङले बताएका छन्।
कुलुङले भने, हामी यहाँ कुनै तनाउ मच्चाउन आएका होइनौ, हिजो बसेर हाम्रो गोर्खाल्याण्डको माग बारे सुन्छु भनेको काऱण हामीले धरना कार्यक्रमलाई स्तगित गरेका थियौं तर आज बिहानसम्म कुनै प्रकारको खबर नआउँदा हामी हाम्रो सांसदको घर जान बाध्य बनेका हौं। हामीले भन्दै आएका छौं अनि भनि रहने छौं कि हामीले एक मात्र मुद्दा गोर्खाल्याण्डको निम्ति सांसद बनाएर पठाएको कारणले हामी उनलाई जिम्मेवारी व्यक्ति ठान्छौ अनि गोर्खाल्याण्डको कुरा संसदमा उठाएर राष्ट्रिय स्तरमा बहस भएको माग्छौ। जब हामी सांसद भेट्न गयौं त्यस समय हाम्रा समर्थकहरूलाई पुलिसले पक्राउ गरि सुरक्षालाई ध्यानमा राखेको बताउँदै स्थानिय एभिनिउ थाना लगे। जाप कार्यकर्ताहरूले वी वान्ट गोर्खाल्याण्ड जस्ता नाराबाजी पक्राउ अवधि पनि गरेका थिए। पछिबाट सबै सुरक्षाहरूलाई केन्द्र गर्दै थानामा ल्याइको बताउँदै कार्यकर्ताहरूलाई हस्ताक्षर गराएर छोडे।
यता पत्रकारहरूलाई सम्बोधन गर्दै जाप युवा अध्यक्ष बिसाल राईले जापको कार्यक्रमले मोर्चाको क्रियाकलाप उदांगो भएको आरोप लगाए। उनले भने, गोर्खाल्याण्ड भनेर संसदिय चुनाउ, विधानसभा चुनाउ, नगरपालिका चुनाउ अनि पञ्चायत चुनाउमा लडने गोर्खा जनमुक्ति मोर्चाले गोर्खाल्याण्डको निम्ति केही नगरेको कुरा जापको कार्यक्रमले सार्वजनिक भइसकेको छ। अब जनता सचेत हुने समय आएको छ। सांसदले स्पष्ट रूपमा संसदमा विधेयक पेश गर्न नसकिने, आफु र आफ्नो पार्टीको असक्षमता जाहेर गरे पछि अब मोर्चाले सांसदलाई राजिनामा दिन लगाउन बाहेक अरू उपाय छैन। सासंद पछिको भेट पछि सरकार सांसद र मोर्चा गोर्खाल्याण्डको माग अनि भारतिय गोर्खा जातिको राष्ट्रिय सुरक्षा र अस्मिताको प्रश्नसंग इमान्दार नरहेको स्पष्ट भएको उनले बताए।
आफ्नो सांसदलाई जुन मुद्दाको निम्ति जिताएर संसद पठायो उही सांसदलाई प्रयोग गर्न नसक्ने मोर्चाको राजनैतिक असक्षमता रहेको उनले आरोप लगाए। अब दार्जीलिङ पहाडको जनताले सही राजनैतिक दल र नेतृत्वको चुनाउ गर्न पर्ने आजको आवश्यक्ता रहेको उनले दावी गरे। अब मोर्चाले गोर्खाल्याण्डको नाममा धरना जुलुस अनसन गर्नुको साटो जनता सामु आफ्नो ढाँटको निम्ति क्षमा माग्नु पर्ने बताए।
धरना कार्यक्रममा केन्द्रिय युवा सदस्य प्रेम छिरिङ लेप्चा, नरेश कुमार राई, बिरेन सुब्बा, कृष्ण कर्माकर, बिसाल सुब्बा, नर्बट लेप्चा आदि उपस्थित थिए भने चेली एकाईलाई अर्मिना कार्की अनि सरीता प्रधानले प्रतिनिधित्व गरेका थिए यसरी नै खर्साङ, मिरिक, बिजनबारी, दार्जीलिङ आदि ठाँउका युवा प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।
0 Response to "गोर्खाल्याण्डको माग गर्दा जाप कार्यकर्ता हरू दिल्लीमा पक्राउ .....जापको दिल्लीको कार्यक्रमले मोर्चाको ढाँट उदाँगो भएको छ – बिसाल राई"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.