बन्द सफल पार्न युवा मोर्चा सडकमा ओर्लने
फाइल फोटो |
डी के वाइबा, कालिमन्युज, कालेबुङ 26 सितम्बर। गोजमुमो पार्टीको डाकेको बन्दलाई सफल पार्न युवा मोर्चा सडकमा ओर्लिएर पिकेटिङ गर्ने भएको छ। बन्दलाई सफल पार्न युवा कार्यकर्ताहरूले पिकेटिङ गर्ने गोजयुमो महकुमा समितिका अध्यक्ष बारूद थापा अनि सचिव विनय घिसिङले एक पत्रकार सम्मेलन आयोजना गरेर जानकारी दिएका हुन्।
यसक्रममा उनीहरूले उक्त बन्दलाई सफल पार्न पहाडभरिका मानिसहरूले एकता देखाउनुपर्ने आह्वान गरेका छन्। युवा मोर्चा अध्यक्ष बारूद थापाले जनाए अनुसार उक्त दिन सम्पूर्ण दोकानपाट, शैक्षिक संस्थान, कार्यालय एवं यातायात सेवा पूर्ण रुपमा बन्द रहेपनि विवाह अनि मलामीको गाडीलाई छुट दिइनेछ। यद्यपि बन्दको दिन दूधको गाडी अनि गाडीलाई पनि चलाचल गर्न नदिने उनले बताए। यो बन्द जाति र अस्मिताको निमित्त रहेकाले सम्पूर्ण पहाडवासीले यसलाई सफल बनाउन सहयोग गरिदिने अपिल उनले गरे।
युवा मोर्चाको महकुमा सचिव विनय घिसिङले पनि 28 सितम्बरको बन्दअवधि गोर्खा जातिको एकताको परिचय दिने मौका रहेको बताउँदै गोर्खा जातिप्रति बङ्गाल सरकारले गरिरहेको अन्याय र अत्याचार विरूद्ध जवाब दिन बन्द सफल बनाउन आवश्यक रहेको बताए। यसको निम्ति जनताले अघि आएर सहयोग पुऱ्याइदिने आह्वान पनि उनले गरे।
गोजमुमो अनि यसको भातृ सङ्गठनहरूको कार्यक्रमहरूलाई अघिदेखिनै राज्य सरकार अनि तृणमूल काङ्ग्रेसले सफल हुन बाधा दिने कार्य गर्दै आइरहेकाले बन्दलाई असफल बनाउन पनि सरकारी तन्त्रहरू प्रयोग गर्नसक्ने आशङ्का व्यक्त गरे। यसको निम्ति जनता सचेत बन्नुपर्ने बताउँदै यदि राज्यले बन्दलाई विफल तुत्याउन कुनै प्रकारको बाधा उत्पन्न गरेर कुनै अप्रिय घटना भए गोजमुमो अनि गोजयुमो जिम्मेवार नरहने बताए ।
0 Response to "बन्द सफल पार्न युवा मोर्चा सडकमा ओर्लने"
Post a Comment
Kalimpong News is a non-profit online News of Kalimpong Press Club managed by KalimNews.
Please be decent while commenting and register yourself with your email id.
Note: only a member of this blog may post a comment.