28 ता राष्ट्रिय राजमार्ग 10 पनि बन्द हुनेछ – विमल गुरूङ
27 Sept 2016
Comment
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 26 सितम्बर 2016। गोजमुमो पार्टीले डाकेको आगामी 28 सितम्बरको पहाड बन्दको समय राष्ट्रिय राजमार्ग 10 पनि बन्द हुने जीटीए प्रमुख विमल गुरूङले घोषणा गरेका छन्।
"बन्दलाई प्रशासनले विफल पार्न बल प्रयोग गरे पनि बन्द हुनेनै छ अनि यस पछि केही भए यसको जिम्मेवार गोजमुमो हुनेछैन" भनि विमल गुरूङले अझ भनेका छन्। बन्दलाई सफल पार्नका निम्ति त्यस दिन उनी कालेबुङमा नै बस्ने आशय पनि प्रकट गरेका छन्।
उनले पत्रकारहरूसँग कुराकानी गर्दै सकेसम्म बन्द अवधि कालेबुङमा नै रहने बताउँदै राष्ट्रिय राजमार्ग 10 बन्द हुने अनि यसको निम्ति सिक्किम सरकारसित आह्वान गरिसकेको तिनले जानकारी गराएका छन्। सिक्किमको परिवहन मन्त्रीसित यसबारे अनुरोध गरिसकेको बताउदै गुरुङले यहाँका व्यवसायी, पुलिस-प्रशासन अनि जनसाधारणलाई पनि श्रमिकवर्गको हित अनि जातिमाथि भएको अतिक्रमणको विरूद्धमा डाकिएको बन्दलाई समर्थन जनाइदिने अपील गरेका छन्।
आइतबार राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीले जीटीएलाई 4 हजार करोड दिएको झूटो आरोप लगाएको भन्दै 28 सितम्बर त्यहीँ झूटो आरोपको विरूद्धमा बन्दको घोषणा गर्ने विमल गुरूङले आज पुन: आफ्नो वयानमा पछि हटेका छन्। उनले उक्त 28 सितम्बरको बन्द डाक्नुको कारण राज्यकी मुख्यमन्त्रीले लगाएको आरोप मात्र नभएर चिया बगानका श्रमिकहरूले चाढ आइसक्दा पनि बोनस नपाएकोले उनीहरूको हितार्थ साथै तृणमूल काङ्ग्रेस अनि राज्य सरकारले पहाडलाई जात-जातमा टुक्राउने नीति चलाइरहेको दाबी गर्दै त्यसैको विरोधमा उक्त बन्द डाकेको बताएका छन्।
यता गोजमुमोले डाकेको बन्दलाई तृणमूल काङ्ग्रेस समर्थकहरूले सडकमा ओर्लिएर विरोध गर्ने स्थिति रहेकोबारे प्रश्न गर्दा - “सडकमा त मेरो पनि हजारौं युवाहरू उत्रिनेछन्। सडकमा निस्किएर कसैले विरोध गर्छ भने उनीहरूले सोच्नुपर्छ मैले के गल्ती गर्दैछु भनेर। भोलिको दिनमा यस्ता कुराहरूले क-कसलाई असर पार्छ त्यो पनि सोच्नु पर्छ’विमल गुरूङले भने।
यसक्रममा उनले पुलिस प्रशासनले कुनै पनि अशान्ति हुन नदिन हस्तक्षप नगरिदिने आह्वान गर्दै गणतान्त्रिक ढङ्गमा बन्दलाई अघि बडाउन सहयोग गरिदिने अपिल पनि गरे। “हामी अशान्ति भएको चाँहदैनौं। जीटीए नै भएपनि हामी एउटा सरकार हौं, हामी यहाँ शान्तिको माहौल बनाउन चाहन्छौं। यसर्थ पुलिस प्रशासनले पनि अनावश्यक काम नगरिदिने हामी आह्वान गर्छौ” गुरूङले अझ भने।
उनले उक्त बन्द गर्ने पक्षमा आफु नरहे पनि वाध्य भएर यस्तो कार्यक्रम गर्नुपरेको स्पष्टिकरण पनि दिएका छन्। उनले बन्दलाई सफल पार्नका निम्ति व्यवसायी, चालक, प्रसासन आदिलाई सहयोगको अपिल गरेका छन्। यसक्रममा उनले आज यहाँको वार्लिङ गोलाइस्थित फरेस्ट बङ्गलोमा व्यापारी सङ्गठन, होटल पक्ष, चालक महासङ्घका प्रतिनिधीवर्गसँग पनि वैठक गरेका थिए। उक्त बैठकमा सबैलाई बन्द सफल पारिदिने गुरूङले अपिल गरेको जानकारी प्राप्त भएको छ।

0 Response to "28 ता राष्ट्रिय राजमार्ग 10 पनि बन्द हुनेछ – विमल गुरूङ"
Post a Comment
Disclaimer Note:
The views expressed in the articles published here are solely those of the author and do not necessarily reflect the official policy, position, or perspective of Kalimpong News or KalimNews. Kalimpong News and KalimNews disclaim all liability for the published or posted articles, news, and information and assume no responsibility for the accuracy or validity of the content.
Kalimpong News is a non-profit online news platform managed by KalimNews and operated under the Kalimpong Press Club.
Comment Policy:
We encourage respectful and constructive discussions. Please ensure decency while commenting and register with your email ID to participate.
Note: only a member of this blog may post a comment.